दश मिनेटमै थप सुरक्षा बल उपलब्ध गराउने विशेष सुरक्षा तयारी
खजुरा, ९ मंसिर । मंसिर २१ गते हुने दोस्रो चरणअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बाँके जिल्लामा थप सुरक्षा बल उपलब्ध गराउने योजनाका साथ विशेष तयारी गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले सबै मतदान केन्द्रमा आवश्यक परे १० मिनेटमै थप सुरक्षा बल उपलब्ध गराउने भएको छ । बाँके जिल्लामा १३६ मतदानस्थलमा ३२७ मतदान केन्द्र निर्धारित गरिएको क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले बताए।
...
























