१५ वर्षीया किशोरीलाई बलात्कार गर्ने ३ बलात्कारीलाई मृत्युदण्डकाे सजाय
एजेन्सी, १५ मंसिर । भारतको एक अदालतले गत वर्ष एक पन्ध्र वर्षीया किशोरीको सामूहिक बलात्कार र हत्या गरेको अभियोगमा दोषी ठहर गरिएका तीन पुरुषलाई मृत्युदण्डको सजाय सुनाएको छ।
तीन पुरुषहरुले ती किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए र यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो।
ती किशोरी मराठा समुदायको उपल्लो भनिने जातकी थिइन् भने ती पुरुषहरु सबै अछुत भनिने समुदायका थिए...
























