एमालेद्वारा निर्वाचन आयुक्त ईला शर्मामाथि कार्वाहीको माग
काठमाडौं, १७ मंसिर । मतदाता शिक्षा कार्यक्रमका नाममा निर्वाचन आयोगले खुलेआम सत्तारुढ नेपाली कांग्रेसका उम्मेदवारहरुको पक्षमा प्रचार गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले) ले आपत्ति जनाएको छ।
अभिनेता राजेश हमालद्वारा सञ्चालित इलेक्सन क्विज कार्यक्रममार्फत् सत्तारुढ दलका उम्मेदवारहरुको पक्षमा प्रचार गरिएको आरोप लगाउँदै एमालेले यस्तो कार्यमा संलग्न निर्वाचन आयुक्तमाथि कार्वाहीको माग गरेको हो।
...
























