बाँकेका दुई युवक तुल्सीपुरमा लुटिए, लुटपाटको आरोपमा ११ पक्राउ

बाँकेका दुई युवक तुल्सीपुरमा लुटिए, लुटपाटको आरोपमा ११ पक्राउ

दाङ, ८ मंसिर । बाँकेका दुईजना व्यक्तिमाथि तुलसीपुरको राम्रीमा लुटपाट भएको छ। तुलसीपुर–सल्यान सडक खड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं ३ मा बिहीबार बेलुका पौने ८ बजेतिर अपरिचित समूहले उनीहरुमाथि लुटपाट गरेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए। तुलसीपुर हुँदै भे ५ प ३४६५ नम्बरको मोटरसाइकलबाट सल्यान जाँदै गरेका नेपालगञ्ज उपमहानगरपालिका ३ का सुदीपकुमार पटह...
गुल्मीमा ३ आँखा, २ मुख भएको अनौठो गाई हेर्नेको घूइँचो

गुल्मीमा ३ आँखा, २ मुख भएको अनौठो गाई हेर्नेको घूइँचो

गुल्मी, ८ मंसिर । गुल्मीमा ल्याइएको अनौठो प्रकारको गाई हेर्न सर्वसाधारणको घुइँचो लागेको छ । मकवानपुर हेटौडा उपमहानगरपालिका १८ मा रहेको त्रिनेत्र गौरी माता मन्दिरको टोलीले गुल्मी ल्याएको ३ आँखा र २ मुख भएको गाई हेर्न वामीटक्सार बजार र कुर्घा लगायतका स्थानका मानिसहरुको घुइँचो लागेको  हो । मन्दिरको सहयोगार्थ यो अनौठो प्रकारको गाई लिएर गाउ र शहरमा घुमाइने गरेको मन्दिर समितिका सदस्यहरुले बताएका छन् ...
नेपाली बजारमा आज सुनको भाउ

नेपाली बजारमा आज सुनको भाउ

काठमाडौं, ८ मंसिर । नेपाली बजारमा सुनको भाउ आज प्रति तोला एक सय कम रहेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघले दिएको जानकारी अनुसार आज छापावाला सुन ५६ हजार १ सय र तेजावी सुन ५५ हजार ८ सयमा कारोबार भईरहेको छ छ । यस्तै चादी तोलामा ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । हिजोको तुलनामा आज छापावाला र तेजावी सुन तोलामा एक सय कम रहेको छ ।
कम्प्युटर र मोवाइल धेरै चलाउनुहुन्छ, कतै कम्प्युटर भिजन सिन्ड्रोम त भएको छैन ?

कम्प्युटर र मोवाइल धेरै चलाउनुहुन्छ, कतै कम्प्युटर भिजन सिन्ड्रोम त भएको छैन ?

काठमाडौं, ८ मंसिर ।  कार्यालयमा होस् वा घरमा हिजोआज मानिसहरुले धेरै समय कम्प्युटर र ल्यापटपमा काम गर्छन्। कम्प्युटर र ल्यापटप नचलाउनेले पनि टिभी हेर्ने र नियमित मोवाइल चलाउने गर्छन्। यी प्रविधियुक्त सामानहरुले मानिसको दैनिकीलाई त धेरै सजिलो बनाइरहेको छ। तर यसले मानवस्वास्थ्यमा पनि उत्तिकै हानि पुर्‍याइरहेको छ। त्यसैले यी सामानहरुको प्रयोग गर्दा ध्यान पुर्‍याउन नसकेमा आँखा कमजोर हुँदै जान्छ। धेर...
देउवाको गृहजिल्ला पुगेर ओलीले भनेः ‘विकास गर्न चार चार पटक प्रधानमन्त्री हुनुपर्दैन’

देउवाको गृहजिल्ला पुगेर ओलीले भनेः ‘विकास गर्न चार चार पटक प्रधानमन्त्री हुनुपर्दैन’

डडेल्धुरा, ८ मंसिर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिताविरुद्ध काम नगर्न सरकारलाई चेतावनी दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा वाम गठबन्धनले आयोजना गरेको जनसभालाई बिहीबार साँझ सम्बोधन गर्दै ओलीले निष्पक्ष भएर काम गर्न सुरक्षा निकायका प्रमुखहरूलाई समेत आग्रह गरेका छन्। विकास गर्नका लागि पटक–पटक प्रधानमन्त्री हुन नपर्ने भन्दै भिजन...
लोपोन्मुख पेसा-चर्खाबाट ऊन कातेर आम्दानी बढाउँदै महिला

लोपोन्मुख पेसा-चर्खाबाट ऊन कातेर आम्दानी बढाउँदै महिला

चितवन, ८ मंसिर । पूर्वी चितवनको पदमपुरस्थित थाङगखोला सामुदायिक वन क्षेत्रका महिलाहरुलाई लोपोन्मुख पेसा ‘चर्खाबाट ऊन कात्ने’ सीप सिकेर आम्दानी बढाउँदै छन्। पछिल्लो समयमा उनका थप ६५ जना महिलाले तालिम पाएका छन्। उक्त वनका उपोभोक्ताहरुले सञ्चालन गरेको चेतना चेली बहुउद्देश्यीय सहकारी संस्थाले जिल्ला वन कार्यालय चितवनको अगुवाइमा राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत ऊन कात्ने काम सिकाएको हो। पेसा नहरा...
वडा अध्यक्षकी श्रीमती कुटपिट गर्ने कांग्रेस कार्यकर्ता पक्राउ

वडा अध्यक्षकी श्रीमती कुटपिट गर्ने कांग्रेस कार्यकर्ता पक्राउ

रुकुम, ८ मंसिर । नेपाली कांग्रेस सम्बद्ध तरुणदलका कार्यकर्ताहरुले रुकुमको सानीभेरी गाँउपालिका वडा नं. ७ का अध्यक्ष कुलवहादुर बुढाकी श्रीमती कल्पना वुढालाई कुटपीट गरेका छन् । सदरमुकाम खलंगामा आयोजीत चुनावी सभावाट घर फर्कदै गरेका तरुण दलका कार्यकर्ताहरुले घरमै वसेकी कल्पनालाई कुटपीट गरेको सानीभेरी गाँउपालिका अध्यक्ष नरवहादुर पुनले बताए । वडाअध्यक्ष कुलवहादुर वुढालाई कुटपीट गर्ने उद्धेश्यले त्यहाँ प...
जोखिमयुक्त स्थानका पीडितले शुरु गरे एकीकृत बस्ती निर्माण

जोखिमयुक्त स्थानका पीडितले शुरु गरे एकीकृत बस्ती निर्माण

काठमाडौँ, ८ मंसिर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको निर्णयबमोजिम रु दुई लाख अनुदान लिएर नुवाकोट उर्लेनीका २४ घरपरिवारले सुरक्षित स्थानमा घडेरी खरिद गरेका छन् । भौगर्भिक अध्ययनअनुसार नुवाकोटको विकट उर्लेनीमा रहेका ७१ घर परिवार जोखिमयुक्त बस्तीमा बस्दै आएका थिए । यसमध्ये २४ लाभग्राहीले नुवाकोटस्थित ताँदी गाउँपालिका ९साविक खरानीटार गाविस० मा घर निर्माणका लागि जग्गा खरिद गरेका छन् । जग्गाधनी र ल...
टी-२० विश्वकप महिला छनोट प्रतियोगिता: नेपालको पहिलो जित

टी-२० विश्वकप महिला छनोट प्रतियोगिता: नेपालको पहिलो जित

काठमाडौं, ८ मंसिर । थाइल्याण्डको बैंककमा जारी आइसिसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो जित हात पारेको छ। शुक्रबार भएको खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गरेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १ सय ८ रन बनाएको थियो। नेपालले पुरा २० ओभर खेल्दै ६ विकेटको क्षतिमा मध्यम स्कोर तयार गरेको थियो। १सय ९ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेटको क्षतिमा ७५ र...
युट्युबका हिट गीतमा नेपालीपन कति ?

युट्युबका हिट गीतमा नेपालीपन कति ?

नेपाली संगीतको खास धुन कुन हो भन्नेबारे बेलाबेलामा बहस हुने गर्छ । एकाथरी संगीत अन्वेषकहरू नेपाली जनजीवनको ठेट भाका मित्रसेन थापा र मेलवादेवीपछि टुटेको बताउँछन् । मेलवादेवीको शास्त्रीय संगीत नेपाली संगीत हो वा अम्बर गुरुङले भित्याएको रवीन्द्र संगीत ? नातिकाजीले हाँकेको आधुनिक संगीत हो वा झलकमान गन्धर्व र धर्मराज थापाले गाउने लोक गीत ? कुनचाहिँ नेपाली संगीत हो भन्नेबारे आज पनि मतभिन्नता छ। ...
मतदाता परिचयपत्र वितरण सुरु, ७७ वटै जिल्लाका सञ्चारमाध्यमलाई आचारसंहिता लाग्ने

मतदाता परिचयपत्र वितरण सुरु, ७७ वटै जिल्लाका सञ्चारमाध्यमलाई आचारसंहिता लाग्ने

काठमाडौँ, ८ मंसिर । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका लागि गएरातिबाटै मौनअवधि सुरु भएको छ । यो अवधिमा पहिलो चरणमा निर्वाचन हुने जिल्लामा कुनैपनि राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्न पाउने छैनन् । पहिलो चरणमा निर्वाचन हुने जिल्लाबाहेक अन्य जिल्लामा भने दलहरुको प्रचार प्रसार नरोकिने निार्वचन आयोगले जनाएको छ ।  यस्तै,सञ्चार माध्यमलाई भने ७७ वटै जिल्लामा निर्वाचन आचारसंहिता लागु...
प्रजातन्त्र सेनानी सापकोटाको निधन

प्रजातन्त्र सेनानी सापकोटाको निधन

चितवन, ८ मंसिर । पञ्चायत विरोधी आन्दोलनमा सक्रिय प्रजातन्त्र सेनानी दधीराम सापकोटाको आज बिहान आफ्नै निवास भरतपुर महानगरपालिका वडा नं ४ लंकूमा निधन भएको छ । विसं १९८२ मा बागलुङको गल्कोटमा जन्मिनुभएका सापकोटा २०१८ सालमा चितवन आउनुभएको हो । स्वतन्त्रताका लागि धेरै पटक कारावास जीवन बिताउनुभएका सापकोटा २०२९ सालमा जनपक्षीय उम्मेदवारका रुपमा नारायण गाउँ पञ्चायतको उपप्रधानपञ्चमा निर्वाचित हुनुभएको थियो ।...
७२ घण्टाका लागि हुम्लाको हिल्सा नाका बन्द

७२ घण्टाका लागि हुम्लाको हिल्सा नाका बन्द

हुम्ला, ८ मंसिर । आगामी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि हिल्सा नाका बन्द गरिएको छ । बिहीबार राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्मका लागि हुम्लाको उत्तरी हिल्सा नाका बन्द भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए । नाका बन्द भएपछि हिल्सा नाकाबाट आउने सवारीसाधन तथा मानिसहरु रोकिएका छन् । जिल्लाका सबै मतदान केन्द्रमा सुरक्षाकर्मीहरु मतपेटिकाहरु र मतपत्रसह...
आयोगले फेर्यो बोली : ‘सरकारले सबै काम हाम्रै सहमतिमा गरेको छ, आचारसंहिताको पूर्ण पालना भएको छ ‘

आयोगले फेर्यो बोली : ‘सरकारले सबै काम हाम्रै सहमतिमा गरेको छ, आचारसंहिताको पूर्ण पालना भएको छ ‘

काठमाडौँ, ८ मंसिर । निर्वाचन आचारसंहिता लागू भएको अवधिमा आयोगको सहमति नलिई सरुवा गर्न वा काज खटाउन नमिल्ने भन्दै सरकारसँग २४ घण्टाभित्र काज सरुवा गर्ने निर्णयसम्बन्धी सक्कलै फाइल मगाएको निर्वाचन आयोगले बोली फेर्दै सरकारले अहिलेसम्म आचारसंहिता उल्लंघन नगरेको बताएको छ । सरकारले छजना उपसचिवको काज सरुवा गर्ने निर्णय गरेकोमा निर्वाचन आयोगले अस्वीकार गरेको थियो। गृह मन्त्रालयले यही मंसिर ५ गते काज सर...
करेन्ट लागेर चालक र सहचालकको मृत्यु

करेन्ट लागेर चालक र सहचालकको मृत्यु

दाङ, ८ मंसिर । दाङको देउखुरीको राप्ती खोलामा टिपर सफा गर्ने क्रममा बिहीबार बेलुकी करेन्ट लागेर टिपरका चालक र सहचालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मकवानपुर जिल्ला वडीगाउँ नगरपालिका निवासी चालक २८ वर्षीय चन्द्रबहादुर वाइबा र सहचालक १७ वर्षीय कुमार थिङको मृत्यु भएको हो । अर्घाखाँची सिमेन्ट उद्योगमा समान झारेर नजिकै रहेको खोलामा टिपरको पछिल्लो भाग उठाएर सफा गर्ने ...
माओवादी र काँग्रेसका कार्यकर्ताबीच झडप

माओवादी र काँग्रेसका कार्यकर्ताबीच झडप

रुकुम, ८ मंसिर । नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा एकजना गम्भीर घाइते भएका छन् । झडपमा परी सानीभेरी गाउँपालिका–७ का वडाध्यक्ष कुलबहादुर बुढाकी श्रीमती कल्पना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार साँझ मुसिकोटमा भएको चुनावी सभामा सहभागी भएर घर फर्कंदै गर्दा माओवादी केन्द्रका कार्यकर्ताले काँग्रेस कार्यकर्ता चढेको गाडीमा ढुंगामुडा गरेपछि दोहोरो झडप...
बंगलादेशमा मेडिकल शिक्षा पढ्न जान रोक

बंगलादेशमा मेडिकल शिक्षा पढ्न जान रोक

काठमाडौं, ८ मंसिर । बंगलादेशका अवैधानिक कलेजहरुमा नेपाली विद्यार्थीहरुले एमबीबीएस र बीडीएस पढिरहेको खुलासा भएको छ । यसको जानकारी पाएलगत्तै नेपाल सरकारले बंगलादेशमा मेडिकल शिक्षा पढ्न जान रोक लगाएको छ । करिब २ सय जना नेपाली विद्यार्थीहरु बंगलादेशका अवैधानिक कलेजमा पढिरहेको जानकारी बंगलादेशस्थित नेपाली दूतावासले काउन्सीललाई गराएको छ । दू्तावासका अनुसार बीडीएस र एमबीबीएस पढाउने केही कलेजहर...
वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता पाउँदा ज्येष्ठ नागरिक खुशी

वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता पाउँदा ज्येष्ठ नागरिक खुशी

कञ्चनपुर, ८ मंसिर । शुक्लाफाँटा नगरपालिका– ६ का ज्येष्ठ नागरिक लबरु राना वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ताको रकम पाउँदा निकै खुशी भए । घरभन्दा टाढाको बैंकमा लामबद्ध भई भत्ताको रकम बुझन जाँदा निकै सास्ती खेप्नुपर्ने विगत सम्झँदै उनले भने, “घरदैलोमै आएर बैंकका कर्मचारीले भत्ताको रकम उपलब्ध गराउँदा निकै सहज भएको छ ।” “लाइनमा बस्नुपरेको छैन यहाँ आइपुग्नेबित्तिकै रकम हात परेको छ, जनप्रतिनिधि आएक...
चुनावको मुखमा बाहिरिनु पर्ने बाध्यता

चुनावको मुखमा बाहिरिनु पर्ने बाध्यता

डोटी, ८ मंसिर । गाउँघरमा चुनावी माहोल छ । नेता तथा कार्यकर्ता मतदाता रिझाउन दिनदिनै घरआँगन धाइरहेका छन् । गाउँले पनि विभिन्न दलका पक्षमा विभाजन हुँदैछन् तर केही मतदाता भने रोजगारीका लागि भारततर्फ लाग्ने तर्खरमा छन् । बोगटान गाउँपालिका– ७ उमडीका काले दमाईं बिहीबार भारत जाँदै गर्दा दीपायलमा भेटिए ।  निर्वाचनबारे जानकार उहाँ मतदान गर्ने इच्छै नभएर भारत जान लागेको बताउँछन् । विगत २२ वर्षदेखि भारतको ...
किसानलाई निर्वाचनले छोएन

किसानलाई निर्वाचनले छोएन

रामपुर, पाल्पा, ८ मंसिर । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा पाल्पाका विभिन्न राजनीतिक दलले आफ्नो चुनावी अभियानलाई गाउँ केन्द्रित गरेका छन् । मंसिर महिना खेतीपाती स्याहार्ने र नयाँ बाली लगाउने समय भएकाले विभिन्न पार्टीका उम्मेदवारले खेतबारीमै पुगेर मतदातासँग मत मागिरहेका छन् । यहाँका किसान खेतीपाती भित्र्याउनमै व्यस्त भएकाले उनीहरूलाई निर्वाचनले त्यति प्रभाव नपरेको हो ।...
धर्मको आवरणमा महिलाहरुमाथि यौनशोषण गर्ने धर्म गुरु काठमाडौँबाट पक्राउ

धर्मको आवरणमा महिलाहरुमाथि यौनशोषण गर्ने धर्म गुरु काठमाडौँबाट पक्राउ

काठमाडौँ, ८ मंसिर । धर्मको आवरणमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक धर्म गुरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा औतारी लामा भनिने गुरु रिम्पोछे छोल्ठिम दोर्जे योन्तान टोल्कु लामा रहेका छन् । सिन्धुलीको दुम्जा घर भएका ५५ वर्षीय लामालाई प्रहरीको कन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले दक्षिण्कालीबाट पक्राउ गरेको हो । लामाले बिरामी महिलाहरुलाई उपचार गर्ने भन्दै जबर्जस्ती करणी गर्नुका ...
विप्लवसहितका ठूला नेता पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

विप्लवसहितका ठूला नेता पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

निर्वाचनको मिति नजिकिएसँगै गृह मन्त्रालयले सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ । गृह मन्त्रालयले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ठूला नेता पक्राउ गर्न निर्देशन दिएको छ । शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि मन्त्रालयले यस्तो निर्देशन दिएको हो । पार्टीका प्रमुख नेताहरुलाई पहिचान र गीरफ्तारी गर्न मन्त्रालयले निर्देशन दिएको खबर आजको काठमाडौं पोस्टमा छ । सो पार...
भारतीय मन्त्रीले सार्वजनिक ठाउँमा बडिगार्ड राखेर पिशाव गरेको भिडियो भाइरल

भारतीय मन्त्रीले सार्वजनिक ठाउँमा बडिगार्ड राखेर पिशाव गरेको भिडियो भाइरल

नयाँ दिल्ली, ६ मंसिर । भारतीय सत्तारूढ पाटीका एक मन्त्रीले खुल्ला ठाँउमा पिसाब गरेपछि उनी विश्वव्यापी रूपमा आलोचित भएका छन्। मन्त्री  राम शिन्दीले खुल्ला ठाँउमा शौच गरेको भिडियो विश्व ट्वाइलेट दिवसको दिन सामाजिक सञ्जालमा हजारौंले शेयर गरेपछि विश्वभर नै उक्त विषयले चर्चा पाएको हो। मन्त्रीको यस गतिविधि पश्चात नरेन्द्र मोदी सरकारको घर घरमा शौचालय अभियान असफल भएको दाबी प्रतिपक्षले गरेको छ। उनी भार...
डिटोनेटरसहित एक पक्राउ

डिटोनेटरसहित एक पक्राउ

धादिङ,६ मंसिर । नेपाल प्रहरीले नेकपा ९विप्लव०का एक कार्यकर्तालाई आज बिहान सकेट बम बनाउन लागेको अवस्थामा डिटोनेटरसहित पक्राउ गरेको छ । थाक्रे गाउँपालिकाको धार्केमा वाम गठबन्धनले आयोजना गर्ने चुनावीसभा बिथोल्ने उद्देश्यले सकेट बम बनाउन लागिरहेका भन्ने सुराकीका आधारमा उनलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका धादिङका प्रहरी नायब उपरीक्षक राबहादुर केसीले जानकारी दिनुभयो । ...
चुनावी सेटिङ् मिलाउँदै सरकार !

चुनावी सेटिङ् मिलाउँदै सरकार !

धनकुटा, ६ मंसिर । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मुखैमा गृह मन्त्रालयले धमाधम सीडीओ सरुवा गर्न थालेपछि निश्पक्ष निर्वाचनप्रति आशंका चुलिएको छ । सरकारले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । सीडीयो सरुवा प्रकरणको मुख्य कारण निर्वाचनमा सरकारको नेतृत्व गर्ने दलले आफ्नो अनुकूलका व्यक्ति चयन गर्नु रहेको स्रोतको दावी छ । तर गृह स्रोतका अ...
चुनावतिर ध्यान तानिएको मौकामा नक्कली नोट र कागजात बनाउने गिरोह सक्रिय

चुनावतिर ध्यान तानिएको मौकामा नक्कली नोट र कागजात बनाउने गिरोह सक्रिय

   धनकुटा, ६ मंसिर । प्रतिनिधि र प्रदेश सभा निर्वाचनतर्फ सबैको ध्यान तानिएको मैाका पारेर नक्कली नोट र नक्कली कागजात बनाउने गिरोह सक्रिय रहेका हुन थालेका छन्। यसक्रममा मुगुमा एक हजार र पाँच सय दरका नक्कली नोट भेटिएका छन् । उम्मेदवारहरुले मतदाता प्रभावित पार्न पैसा बाँड्ने गरेको चर्चासँगै सदरमुकाम बेनीका बैंक तथा सहकारीहरुमा नक्कली नोट फेला परेपछि एक प्रकारको तरंग छाएको छ । बैंकहरुका अनुसार ...
नाइजेरियामा आत्मघाती बम विस्फोट, ५० को मृत्यु

नाइजेरियामा आत्मघाती बम विस्फोट, ५० को मृत्यु

उत्तरपूर्वी नाइजेरियाली शहर मुवीमा रहेको एक मस्जीदमा गरिएको आत्मघाती आक्रमणमा ५० जनाको मृत्यु भएको छ। मंगलबार एक किशोरले उत्तरी राज्य आदामावामा विस्फोट गराएको प्रहरी प्रवक्ता ओथमान अबुवाकरले बताए। अबुवाकरले भने, “मङ्गलबार साँझसम्मको रिपोर्ट अनुसार आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ भने घटनामा घाइतेहरूको सङ्ख्याको पनि एकीन विवरण लिने प्रयास भइरहेको छ।” बिहानको प्रार्थनाको...
नेपाली चेली कञ्चन पूर्व अमेरिकी राष्ट्रपति क्लिन्टनद्वारा सम्मानित

नेपाली चेली कञ्चन पूर्व अमेरिकी राष्ट्रपति क्लिन्टनद्वारा सम्मानित

काठमाडौँ, ६ मंसिर । अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनद्वारा सञ्चालित क्लिन्टन फाउन्डेसनले नेपाली चेली कञ्चन अमात्यलाई प्रेसिडेनसिएल क्लिन्टन ग्लोबल इनिसीएटिव अनर रोल अवार्ड २०१७ द्वारा सम्मान गरेको छ । फाउन्डेसनको १० औ बार्षिक उत्सवको अवसरमा  अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा आयोजित एक कार्यक्रबीच अमात्य सम्मानित भएकी हुन् । उक्त कार्यक्रममा पूर्व राष्ट्रपति बिल क्लिन्टन, उनकी छोर...
एसियाली विकास बैकको सहायता स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

एसियाली विकास बैकको सहायता स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडाैं, ६ मंसिर । सरकारले शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैकको सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल सरकारको अनुरोध अनुसार शहरी विकास तथा आधुनिकीकरणका लागि एसियालि विकास बैकले सहायता वापत दिने भनिएको १ सय ५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने निर्णय गरेको हो । बैठकले सरकारका नियममित प्रशासनिक केही निर्णय पनि गरेको मन्त्री ज्ञानेन्द्र...
जौलजिवी मेला : जुम्लाको घोडा दार्चुलामा

जौलजिवी मेला : जुम्लाको घोडा दार्चुलामा

दार्चुला, ६ मंसिर । हरेक वर्ष दार्चुला र धारचुलामा नोभेम्बर महिनामा लाग्ने ऐतिहासिक जौलजीवि मेलाको एक हप्तामै करोडौको ब्यापार हुने गरेको छ । धार्मिक, सांस्कृतिकसंगै व्यापारिक रुपमा महत्वपुर्ण मानिने मेलामा नेपाल भारत र चीनको सामान र संस्कृति देख्न पाइन्छ । स्थानीय बजारको तुलनामा केहि सुपथ मुल्यमा समानहरु पाइने भएकाले पनि दार्चुला, बैतडी लगायत सुदुर नेपालका केहि जिल्लाहरु, भारतको उत्तराखन्डका ब्...
युनिटीका सञ्चालकलाई ठगीमा सफाइ, करको मुद्दा जिल्लामै फिर्ता

युनिटीका सञ्चालकलाई ठगीमा सफाइ, करको मुद्दा जिल्लामै फिर्ता

काठमाडौं, ६ मंसिर । सर्वसाधारणबाट ६ अर्बभन्दा बढी रुपैयाँ असुल गरी ठगी गरेको आरोपमा चार वर्षअघि ललितपुर जिल्ला अदालतबाट सजाय पाएका युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका सञ्चालकलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । उच्च अदालतले कर छलीको विषयमा भने पुनः मुद्दाको कारबाही जिल्ला अदालतबाटै अघि बढाउन आदेश दिएको छ । उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश दुर्गादत्त भट्ट र न्यायाधीश शेखर पौडेलको संयुक्त इजल...
error: Content is protected !!