दक्षिण कोरियामा कामदारको तलब वृद्धि
काठमाडौं–दक्षिण कोरियामा कामदारको तलब वृद्धि भएको छ । सन् २०१८ का लागि सरकारले तलबमा १६.४ प्रतिशतले वृद्धि गरेको छ ।जुलाईको अन्तिममा ज्याला निर्धारण समितिको बैठकले तलब बढाउने निर्णय गरेको थियो । गत अगस्टमा मन्त्रीपरिषदले अनुमोदन गरेको ज्यालादर नयाँ वर्षसँगै लागु हुनेछ ।
निर्धारित नयाँ पारिश्रमिक अनुसार कामदारको तलब प्रतिघण्टा ७५३० कोरियन वन भएको छ । दैनिक आठ घण्टाको न्यूनतम तलब १५ लाख ७३ हज...























