फोरम नेपालको नेतृत्वमा ‘मधेश सरकार’, मुख्यमन्त्री पनि तय !

फोरम नेपालको नेतृत्वमा ‘मधेश सरकार’, मुख्यमन्त्री पनि तय !

काठमाडौँ, २८ मंसिर । प्रदेशसभाको मतगणना सम्पन्न भएसँगै कुन प्रदेशमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने यतिबेला चर्चा शुरु भएको छ । ७ मध्ये ६ वटा प्रदेशमा बाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने भएको छ । प्रदेश दुईमा भने संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयुक्त सरकार बन्ने निश्चित भएको छ । प्रतिनिधि र प्रदेशसभाको चुनावमा मधेशी दलको नेतृत्वमा मधेश सरकार बनाउने नारा दिएर...
चाइनिज ‘डेर्डइभिल क्लाइम्बर’को खतरनाक स्टन्टका क्रममा मृत्यु !

चाइनिज ‘डेर्डइभिल क्लाइम्बर’को खतरनाक स्टन्टका क्रममा मृत्यु !

एजेन्सी, २८ मंसिर । संसारमा मानिसहरु विभिन्न कारणले चर्चामा आउने गर्छन् । यस्तो चर्चाको विषयमा ‘खतरनाक स्टन्ट’ गर्ने पनि पर्छ र संसारमा हाल खतरनाक स्टन्ट गर्नेहरुको संख्या बढ्दो क्रममा रहेको छ । ज्यानको बाजी लागाएर गर्ने यस्ता खतरनाक स्टन्टको क्रममा हालैमात्र चीनका चर्चित डेर्डइभिल क्लाईम्बर(Daredevil climber) ‘वू योन्गिंग’ को मृत्यु भएको छ । चीनको सामाजिक सञ्जाल विबोका स्टार रहेका २६ वर्षीय वू...
डेजाभु तोडफोड : मार्सेमेलो द्वारिकामा सिकिस्त, आयोजक पक्राउ, मालिक फरार

डेजाभु तोडफोड : मार्सेमेलो द्वारिकामा सिकिस्त, आयोजक पक्राउ, मालिक फरार

काठमाडौँ, २८ मंसिर । बुधबार राती काठमाडौँको चर्चित क्लब डेजाभुमा तोडफोडको मामिलामा कार्यक्रमका आयोजकहरुलाई प्रहरीले पक्राउ गरेको छ । अमेरिकन डिजे मार्समेलोले प्रस्तुति दिने भनिएको कार्यक्रममा उनी उपस्थित नभएपछि आक्रोशित बनेका दर्शकहरुले तोडफोड गरेका थिए । तोडफोडका कारण क्लबमा क्षति पुगेको छ । प्रहरीले कार्यक्रमका आयोजक रितेश मारवाडी र राजीव महर्जनलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठम...
देशभर बाघ गणना शुरु

देशभर बाघ गणना शुरु

काठमाडौँ, २८ मंसिर । नेपालमा ३७ वटा हात्तीको प्रयोग गरेर बाघ गणना भइरहेको छ । प्रत्येक पाँच वर्षमा गरिने बाघ गणना यो वर्ष गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३७ हात्तीको प्रयोग गरेर बाघ गणना गर्न लागेको हो । जसमध्ये चितवन १५, पर्सा सात, ब...
लागुऔषधसहित दुईजना पक्राउ

लागुऔषधसहित दुईजना पक्राउ

धादिङ्ग, २८ मंसिर । धादिङ्गमा गाँजा ओसारपसारमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । ट्रकमा लुकाएर काठमाडौबाट वीरगन्ज पुर्याउन लागिएको ३८ किलो गाँजासमेत उनीहरूका साथबाट बरामद भएको छ । ना २ ख ७३११ नम्बरको ट्रकको चेकजाँच गर्ने क्रममा इलाका प्रहरी कार्यालय गजुरीको गस्ती टोलीले बिहीबार बिहान ट्रकका चालक पर्साको कल्याणपुर बस्ने हृदयानन्दप्रसाद यादव र वीरगन्ज बस्ने आकाश सुनारलाई पक्राउ गरेको हो ...
प्रदेशको राजधानी सोमबार तोकिने

प्रदेशको राजधानी सोमबार तोकिने

  काठमाडौं, २८ मंसिर । सरकारले आगामी सोमबार मात्रै प्रदेशको अस्थायी मुकाम तोक्ने भएको छ । मन्त्रिपरिषद बैठक बसेर सात प्रदेशको अस्थायी मुकाम आजै तोक्ने चर्चा यसअघि भएपनि आज क्याबिनेट बैठक नै नराखिएकाले मुकाम तोक्न अरु तीन दिनपछि धकेलिएको हो । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार बिहीबार क्याविनेट बैठक बोलइएको छैन । परियारले नियमित बैठक सातामा एक दिनमात्र हुने र गत सोमबार ...
एम्बुलेन्सले ठक्कर दिँदा तीन घाइते

एम्बुलेन्सले ठक्कर दिँदा तीन घाइते

तनहुँ, २८ मंसिर । दमौली बजार नजिक व्यास नगरपालिका वडानम्बर ४ बागबजारमा एम्वुलेन्सले मोटरसाईकललाई ठक्कर दिँदा तिन जना घाइते भएका छन् । सुत्केरी लिएर बोकेको ग २ च १८३० नम्बरको एम्बुलेन्सले ग ७ प ४४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा यात्रारत दुईजना घाइते भएक हुन् । घाइते हुनेमा पोखरा लेखनाथ महानगरपालिका १३ का २० बर्षिय मोटरसाइकल चालक खेम गुरुङ र बर्ष २५ का रिदान गुरुङ छन् । त्यस्तै द...
यस्ताे छ अाजकाे सुनचाँदी मुल्य

यस्ताे छ अाजकाे सुनचाँदी मुल्य

काठमाडौं, २८ मंसिर । अाज बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला चार सय रुपैयाँले बढेको छ भने चाँदी पाँच रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महसांघका अनुसार सुन आज ५४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन ५४ हजार एक सय रुपैयाँ थियो । त्यस्तै आज चाँदी ७२० प्रतितोला कारोबार भइरहेको छ ।
नेपाली सेनालाई संयुक्त राष्ट्रसंघीय पदक

नेपाली सेनालाई संयुक्त राष्ट्रसंघीय पदक

काठमाडौँ, २८ मंसिर । दक्षिणी सुडानको रोम्बेकमा खटिएको नेपालको शान्ति सेनालाई उत्कृष्ट कार्य गरेबापत संयुक्त राष्ट्रसंघीय पदक प्राप्त भएको छ । रोम्बेकमा हालै आयोजित एक समारोहमा दक्षिण सुडानका राष्ट्रसंघीय फोर्स कमाण्डर लेफ्टिनेन्ट जनरल फ्र्याङ्क मुसायो कामानाजीले नेपाली सेनालाई उक्त पदक हस्तान्तरण गरेकाे ललितपुरस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले आज जनाएको छ । सन् १९५८ देखि नेपालले संयुक्त रा...
अन्तर कलेज केस एनालाइसिस प्रतियोगितामा एपेक्स कलेज प्रथम

अन्तर कलेज केस एनालाइसिस प्रतियोगितामा एपेक्स कलेज प्रथम

काठमाडौँ, २८ मंसिर । काठमाडौँ युनिभसिर्टी स्कूल अफ म्यानेजमेन्ट (कुसोम) ले आयोजना गरेको केस एनलाइसीस प्रतियोगितामा एपेक्स कलेज विजेता बनेको छ । कुसोमको वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा कुसोम दोस्रो तथा युनिग्लोब कलेज क्रमशः दोस्रो र तेस्रो बनेको थियो । ‘अटो लोनको बिक्री’ विषयमा गरिएको समिक्षा प्रतियोगितामा ८ कजेजका ९ टोली सहभागी थिए । यसमा विजेता एपेक्स कलेज र आयोजक कुसोमसहित ...
म्यादी प्रहरीको भीरबाट लडेर मृत्यु

म्यादी प्रहरीको भीरबाट लडेर मृत्यु

दार्चुला, २८ मंसिर । भीरबाट लडेर दार्चुलामा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ । नौगाढ गाउँपालिका–२ का १९ वर्षीय रवीन्द्र ठगुन्नाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाले दल्लेख प्रहरी चौकीका प्रहरी हवल्दारको नेतृत्वमा बुधबार गस्ती गएका ठगुन्नाको भीरबाट लडेर मृत्यु भएको जनाएको छ । ठगुन्नाको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
आज राति आकाशमा मिथुन उल्का वर्षा हुने

आज राति आकाशमा मिथुन उल्का वर्षा हुने

धनकुटा, २८ मंसिर । आज राति आकाशमा तपाईले अनौठो दृश्य नियाल्न सक्नु हुने छ । आकाशमा खुला आँखाले नियाल्न सकिने उक्त दृश्य मिथुन उल्का वर्षा हो । प्रतिघन्टा १२० वटासम्म उल्का नियाल्न सकिने छ । विगत दश दिनदेखि नै सक्रिय रहेको उल्का वर्षा आज विहिवार राति भने अत्यधिक सक्रिय हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । उल्का वर्षा हेर्न चाहनु हुन्छ भने तपाईले प्रकाश प्रदुषण कम भएको स्थानबाट सहजै अवल...
म्याग्दीमा अभिभावक शिक्षा प्रभावकारीः अभिभावक नै शिक्षक

म्याग्दीमा अभिभावक शिक्षा प्रभावकारीः अभिभावक नै शिक्षक

बेनी, म्याग्दी, २८ मंसिर । आफ्ना बालबालिकालाई प्रारम्भिक सिकाइ तथा पढाइप्रति आकर्षित गराउने र उनीहरुलाई सहजरुपले पढ्ने वातावरण मिलाउन सघाउ पु¥याउने उद्देश्यले म्याग्दीमा सञ्चालित अभिभावक शिक्षा प्रभावकारी बन्दै गएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा जिल्ला शिक्षा कार्यालय म्याग्दीसँगको समन्वयमा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनद्वारा जिल्लामा प्रारम्भिक सिकाइ तथा पढाइ परियोजनाअन्तर्गत...
राष्ट्रियसभा गठनकोे निर्वाचन प्रणालीमा किन ढिलाई ? के हो राष्ट्रियसभा ?

राष्ट्रियसभा गठनकोे निर्वाचन प्रणालीमा किन ढिलाई ? के हो राष्ट्रियसभा ?

काठमाडौँ, २८ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई नयाँ जनादेश आइसक्दा पनि राष्ट्रियसभा गठन गर्न दलहरुबीच सहमति हुन नसक्दा कानून निर्माण गर्ने प्रक्रियामा ढिलाइ भइरहेको छ । दलहरुबीच राष्ट्रियसभा गठन गर्नका लागि निर्वाचन प्रणालीमा बहुमतीय वा एकल संक्रमणीय प्रणालीमा गर्ने भन्ने विवादका कारण कानून बनाउने प्रक्रिया समेत ढिलाइ हुँदै गइरहेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र का ...
डिजे नआउँदा क्लब डेजाभुमा तोडफोड

डिजे नआउँदा क्लब डेजाभुमा तोडफोड

काठमाडौँ, २८ मंसिर । नेपालको चर्चित क्लब डेजाभुमा बुधबार राती तोडफोड भएको छ । क्लबमा अमेरिकन डिजे मार्समेल्लोले कार्यक्रम तय थियो । तर, अन्तिम समयमा डिजेले स्वास्थ्यको कारण देखाउँदै कार्यक्रममा उपस्थित नभएपछि त्यहाँ उपस्थित दर्शकहरुले क्लबमा तोडफोड गरेका हुन् । महानगरीय प्रहरी परिसर दरबारमार्गका डिएसपी तिलक भारतीका अनुसार तोडफोडपछि क्लबमा सामान्य क्षति भएको छ । प्रहरीले समयमानै स्थिति नियन्त्र...
बैंकमा किन थुप्रिदै छ पैसा ?

बैंकमा किन थुप्रिदै छ पैसा ?

काठमाडौं, २८ मंसिर । लगानी गर्न नसक्दा बैंक तथा वित्तीय क्षेत्रमा पैसा थुप्रिन थालेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।  चालू आवको पहिलो महिनासम्म लगानीयोग्य पैसाको अभाव भएको बैंकिङ क्षेत्रमा पछिल्लो चार महिनामा ३४ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ। गत वर्ष यसै समयमा बैंकमा लगानीयोग्य पुँजीको चरम अभाव थियो। बैंक तथा वित्तीय संस्थामा हाल ३४ अर्ब तरलता देखिएको नेपाल र...
बारामा फोरमको विजय जुलुस र स्थानीयबीच झडप, गोली चल्यो, चार प्रहरी घाइते

बारामा फोरमको विजय जुलुस र स्थानीयबीच झडप, गोली चल्यो, चार प्रहरी घाइते

बारा, २७ मंसिर ।  बाराको क्षेत्र नम्बर २ अन्तर्गत पचरौता नगरपालिका २ बेल्दारीमा संघीय समाजवादी फोरमले विजय जुलुस मनाउने क्रममा झडप भएपछि प्रहरीले ४ राउण्ड हवाई फायर गरेको छ। संघीय समाजबादी फोरमका कार्यकर्ताले निकालेको विजय जुलुसका क्रममा स्थानीय समूहले अवरोध गरेपछि फोरम कार्यकर्ता र स्थानीयबीच झडप भएको हो। झडपपछि स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि समेत ढुंगामुढा भएपछि प्रहरीले हवाई फायर ...
एक वर्षमा बैदेशिक रोजगारीमा गएका ९ सय ५० को मृत्यु

एक वर्षमा बैदेशिक रोजगारीमा गएका ९ सय ५० को मृत्यु

कैलाली, २७ मंसिर । सन् २०१६ मा बैदेशीक रोजगारीमा गएका ९ सय ५० जनाको मृत्यु भएको एक तथ्यांकले देखाएको छ । नेपालबाट बिभिन्न देशमा बैदेशिक रोजगारीमा गएकामध्ये ९ सय ५० जना उच्च रक्तचाप,सडक दुर्घटना, आत्महत्या, बिभिन्न रोग, हत्या जस्ता कारणबाट मृत्यु भएको सामी परियोजनाको तथ्यांकले देखाएको हो । आप्रवासन सप्ताह २०१७ को अवसरमा संचार प्रतिष्ठान नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा २०१४ फेब्रुवरी देखि ...
८० सिट जित्दै एमाले बन्यो पहिलो दल

८० सिट जित्दै एमाले बन्यो पहिलो दल

काठमाण्डौ, २७ मंसिर । मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना सकिएको छ । प्रतिनिधिसभाको सुनसरी निर्वाचन क्षेत्र नं. ३ को मतगणना बुधबार बिहान सकिएपछि प्रतिनिधिसभाको सबै १६५ वटै निर्वाचन क्षेत्रको मतगणना कार्य सम्पन्न भएको हो । प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३३० वटै निर्वाचन क्षेत्रको मत...
संघीय व्यवस्थापिका बैठकको तयारी तीव्र

संघीय व्यवस्थापिका बैठकको तयारी तीव्र

काठमाण्डौ, २७ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै व्यवस्थापिका–संसद् सचिवालयले संघीय व्यवस्थापिकाका दुवै सदनका बैठक सञ्चालनको तयारी तीव्र पारेको छ । यही मंसिर १० र २१ गते दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन भई प्रत्यक्षतर्फको मतपरिणाम आइसकेको छ । समानुपातिकतर्फको मत परिणाम मंसिर २९ गतेसम्म आइसक्ने निर्वाचन आयोगले जनाएको छ ।
साफ च्यापियनसिप फुटबल बंगलादेशमा

साफ च्यापियनसिप फुटबल बंगलादेशमा

काठमाडौं, २७ मंसिर ।  दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने साफ च्याम्पियनसिप फुटबल आगामी वर्ष बंगलादेशमा सञ्चालन हुने भएको छ। दक्षिण एसियाली राष्ट्रबीच हुने उक्त च्याम्प्पियनसिप प्रतियोगिता बंगालादेशको ढाकामा आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। हरेक दुई-दुई वर्षमा आयोजना हुने भनिएको उक्त प्रतियोगिता यसै महिनामा सञ्चालन गर्ने सन् २०१...
जनताको अभिमत पाएको मलाई निर्वाचन आयोगले अन्याय गर्दैछ : रेशम चौधरी

जनताको अभिमत पाएको मलाई निर्वाचन आयोगले अन्याय गर्दैछ : रेशम चौधरी

काठमाडौं, २७ मंसिर । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाम निर्वाचित राजपाका उम्मेदवार रेशम चौधरीले निर्वाचन आयोगले आफूमाथि अन्याय गरेको बताएका छन्। रेडियो नागरिकको 'नागरिक मञ्च'मा कुरा गर्दै उनले जनताको अभिमत पाएर आफू माननीय भएको बताउँदै तुरुन्तै आफ्ना वारेनामालाई प्रमाणपत्र दिन आग्रह गरे। 'म संसदमा हाजिर हुन्छु। किनकि मलाई यहाँका जनताले जनमत दिएर पठाउनुभएको छ। म त्यो जिम्मेवारी पूरा गर्न अ...
३ नम्बर प्रदेशको राजधानी भक्तपुर बनाउन महेश बस्नेतको प्रस्ताव

३ नम्बर प्रदेशको राजधानी भक्तपुर बनाउन महेश बस्नेतको प्रस्ताव

नगरकोट, २७ मंसिर । भक्तपुरबाट प्रतिनिधि र प्रदेशसभामा निर्वाचित भएका नेकपा एमालेका सांसदहरुले भक्तपुरमा प्रदेशसभाको राजधानी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  रफ्त सञ्चार क्लबले गरेको साक्षात्कार कार्यक्रममा उनीहरुले भक्तपुर ३ नं प्रदेशका केन्द्र पर्ने र यहाँ पर्याप्त सार्वजनिक स्थल भएकाले भक्तपुरमा प्रदेशसभाको राजधानी निर्माणको पहल गर्ने दाबी गरेका हुन् । भक्तपुर २ नं को प्रतिनिधिसभा निर्व...
अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु भएपछि कालिकोटमा विरोध प्रदर्शन

अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु भएपछि कालिकोटमा विरोध प्रदर्शन

कालिकोट, २७ मंसिर । जिल्ला अस्पताल कालिकोटमा सुत्केरी भएर अत्यधिक रक्तश्राव भएपछि थप उपचारका लागि मंगलबार बिहान हेलिकप्टरमार्फत काठमाडौं लगिएकी खाँडाचक्र नगरपालिका– १ की चन्द्रा शाहीको चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै उनका आफन्त र स्थानीय आन्दोलिन भएका छन्। शाहीको अप्रेसन गर्ने डाक्टरलाई कारबाहीको माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका हुन्। सोमबार राति अप्रेसन गरेर छोरा जन्मिएपछि...
प्रतिनिधिसभा र ६ वटा प्रदेशमा प्रत्यक्षतर्फ वाम गठबन्धनलाई दुई तिहाइ

प्रतिनिधिसभा र ६ वटा प्रदेशमा प्रत्यक्षतर्फ वाम गठबन्धनलाई दुई तिहाइ

काठमाडौं, २७ मंसिर ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ वाम गठबन्धनले दुई तिहाइ बढी स्थानमा जित हात पारेको छ। यही मंसिर १० र २१ गते भएको निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम प्राप्त भएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनका उम्मेदवारहरुले दुई तिहाईभन्दा बढी स्थानमा विजय हासिल गरेका हुन्। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कुल १ सय ६५ स्थानको लागि भएको ...
उत्तर कोरियासँग निसर्त वार्ता गर्न अमेरिका तयार

उत्तर कोरियासँग निसर्त वार्ता गर्न अमेरिका तयार

एजेन्सी, २७ मंसिर । पछिल्लो समय उत्तर कोरियाको आणविक परीक्षणका कारण बिग्रेको अमेरिका र उत्तर कोरियाको सम्बन्धबारे यी दुई देशबीच वार्ता हुने संकेत देखिएको छ। अमेरिकी सरकार उत्तर कोरियासँग निशर्त वार्ता गर्न तयार भएकोले यी दुईदेशबीच लामो समयदेखिको सम्बन्धमा सुधार हुने संकेत देखिएको हो। अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तर कोरियासँग वार्ता हुने जानकारी दिएका छन्। वासिङ्टनस्थित केही ‘थिंक ट्य...
जाडोमा तुलसीलाई यसरी सेवन गरौं, रुँघा-ज्वरोमा लाभदायक

जाडोमा तुलसीलाई यसरी सेवन गरौं, रुँघा-ज्वरोमा लाभदायक

तुलसी औषधिय गुणले भरिपूर्ण बनस्पति । धेरैको घर आँगनमा त तुलसी रोपिएकै हुन्छ । आर्युवेदमा यसको खास महत्व छ । त्यसैले तुलसीलाई पूज्ने गर्छौ, जो मानव स्वास्थ्यका लागि अति लाभदायक मानिन्छ । तुलसी जाडो याममा निकै उपयोगी हुन्छ । किनभने जाडोमा रुँघा, ज्वरो, निमोनिया, ब्रोन्काइटिस, गलाको समस्या, फोक्सोको समस्या हुनेगर्छ । यस्तो अवस्थामा तुलसीले औषधीको काम गर्छ । दिनहुँ तुलसी सेवन गर्ने निरोगी भनि...
‘कान्छी’ औँलाबाट यसरी थाहा पाउनुहाेस् मान्छेको स्वभाव

‘कान्छी’ औँलाबाट यसरी थाहा पाउनुहाेस् मान्छेको स्वभाव

प्राचिन पढाई प्रविधीअनुसार हातको सानो औंलाले हाम्रो चरित्रबारे धेरै भन्न सक्ने कुरा सुन्दा हामीलाई अनौठो लाग्न सक्छ । आज हामी तपाइँलाई दक्षिण कोरीयाली विधिबारे जानकारी दिन्छौं । जस्ले गर्दा तपाइँले मानिसको सानो औंला हेरी त्यस मानिसको बारेमा धेरै कुरा थाहा पाउन सक्नुहुन्छ । औंलाको पढाईका लागि प्रमुख कारक आकार र लम्बाइ हुन् । प्रत्येक औंलामा तीन भाग हुन्छन् । यी भागका आधारमा व्यक्तित्वको जाँचपरख ...
प्रदेश प्रमुख तोक्ने तयारीबाट पछि हट्यो सरकार, प्रदेशको अस्थायी राजधानी भोलि तोक्ने तयारी

प्रदेश प्रमुख तोक्ने तयारीबाट पछि हट्यो सरकार, प्रदेशको अस्थायी राजधानी भोलि तोक्ने तयारी

काठमाडौं, २७ मंसिर ।  प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा गर्नुअघि नै सरकारले गर्नुपर्ने केही महत्वपुर्ण कामहरु नगरी अहिले गर्न लाग्दा सरकारका काम कारवाहीप्रति विवाद बढेको छ । सरकारले निर्वाचन मिति अगावै सात प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्नुपर्ने भएपनि निर्वाचन परिणाम सार्वजनिक भएपछिमात्रै त्यसको गृहकार्य गर्न थालेपछि बर्तमान सरकार र नयाँ सरकार बनाउने तयारीमा रहेका द...
बर्दियामा समानुपातिकतर्फ काँग्रेस पहिलो, प्रतिनिधिसभातर्फ १९ हजार ८११ मत बदर

बर्दियामा समानुपातिकतर्फ काँग्रेस पहिलो, प्रतिनिधिसभातर्फ १९ हजार ८११ मत बदर

बर्दिया, २७ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक मतगणना सकिएको छ । समानुपातिकतर्फ बर्दियामा नेपाली काँगे्रसले सबैभन्दी बढी मत प्राप्त गरेर पहिलो बनेको छ । दुई लाख ७२ हजार ४७७ कूल मतदातामध्ये एक लाख ९० हजार ८१२ मत खसेको मतगणना हुँदा समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएर काँग्रेस पहिलो बनेको हो । समानुपातिकको प्रतिनिधिसभातर्फ एमालेभन्दा १९ हजार ३६१ मतले काँग्रेस अघि छ । प्रतिनिधि...
लोकसेवाले एकैपटक माग्यो ३९० शाखा अधिकृत

लोकसेवाले एकैपटक माग्यो ३९० शाखा अधिकृत

काठमाडौं, २७ मंसिर । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक (खुला एवम् समावेशी) शाखा अधिकृतको विभिन्न सेवाका लागि दरखास्त अह्वान गरेको छ । आयोगले बुधबार सूचना प्रकाशित गर्दै खुला तथा समावेशी गरेर जम्मा ३९० पदको लागि दरखास्त खुला गरेको हो । व्यवस्थापिका न्याय, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाको लागि दरखास्त आहृवान गरेकामा खुला तर्फ २०६ पद र महिलाका ५९ पदमा दरखास्त खुला गरेको छ...
error: Content is protected !!