काठमाडौं, १९ पुस ।  खाद्यान्न र तरकारीखेतीमा प्रयोग गर्न वार्षिक ७० करोड रुपैयाँको विषादी आयात हुने गरेको छ। सरकारले कृषि पाठशालामार्फत बर्सेनि करोडौं रकम खर्चेर मानव स्वास्थ्यलाई हानि गर्ने विषादीको प्रयोग घटाउँदै लैजान अभियान चलाइरेकै समयमा आयात बढिरहेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

Advertisement

खाद्यान्न र तरकारीमा अनियन्त्रित रूपमा प्रयोग हुने विषादीको परिमाण घटाउन करिब १५ वर्षदेखि ठूलो लगानीमा सरकारले राष्ट्रिय एकीकृत शत्रुजीव व्यवस्थापन कार्यक्रम (आईपीएम) सञ्चालन गर्दै आएको छ। तर, कार्यक्रम सञ्चालन भएपछि विषादीको आयात घट्नुभन्दा बढ्दै गएको पाइएको छ। यसरी बर्सेनि आयात र प्रयोग बढ्दै जानुले विषादी नियन्त्रण गर्ने कार्यक्रम असफल भएको पुष्टि हुन्छ।

विषादी तरकारीखेतीसँगै खाद्यान्नबाली, नगदेबाली, दालखेती र फलफूलखेतीमा किसानले अनियन्त्रित रूपमा प्रयोग गर्दै आएका छन्। यस्ता विषादीयुक्त खाद्यान्न र तरकारीको नियमित उपभोगले बाँझोपन, क्यान्सर, ट्युमर, मृगौलालगायत रोग लाग्न सक्छन्।

यस्तै आँखाको ज्योति गुम्ने, अपांग बच्चा जन्मिने, हृदयघात हुने, प्यारालाइसिसलगायय अन्य गम्भीर प्रकृतिका दीर्घकालीन रोग लाग्ने सम्भावना पनि हुन्छ। विषादीको सम्पर्कमा आउँदा तत्कालै रिंगटा लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, छाला चिलाउनेलगायत समस्या देखा पर्छन्। विषादीको अवशेषले माटो, खानेपानीको मुहान, हावा पनि विषाक्त बनेर जलचर, उभयचर र अकाशमा उडने पशुपन्छिसमेत खतरामा परेका छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!