काठमाडौं– सरकारले प्रदेशको राजधानी नतोकिएको जनाएको छ । मंगलबारका केही संचारमाध्यमले सरकारले प्रदेशको राजधानी तोकिसकेको भनेर समाचार प्रकाशन तथा प्रसारण गरेका थिए ।

Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयले बुधबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता समाचारप्रति ध्यानाकर्षण भएको भन्दै संविधानको धारा २८८ को उपधारा ३ बमोजिम प्रदेशको कार्यसञ्चालन गर्ने स्थान तोक्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयका प्रवक्ता हरिप्रसाद पन्थीले त्यस्ता समाचारको भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!