नेपाली सेनाले तराई-काठमाडौं जोड्ने द्रुत मार्ग ९फास्ट ट्रयाक० को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) खरिदका विषयमा भारतीय पक्षसँग सहमति नभए आफैं तयार गर्ने जनाएको छ ।

Advertisement

सकेसम्म तयार डीपीआर नै खरिद गर्ने तर शुल्क अधिक भए नयाँ प्रक्रियामा अघि बढ्ने सैन्य स्रोतले जनाएको छ । सेनाले फास्ट ट्रयाकको कामसँगै डीपीआरसमेत बनाउने तयारी गरेको हो ।

भारतीय कम्पनीले आफ्नो डीपीआरका लागि अस्वाभाविक रकम माग गरेएको भन्दै सेनाले आन्तरिक तयारी थालेको हो ।

सेनाको प्राविधिक टोलीले भारतीय कम्पनीको डीपीआर अध्ययन प्रतिवेदन उच्चस्तरीय समन्वय समितिलाई पेस गर्ने क्रममा त्यस्तो सुझावसमेत दिएको स्रोतले बतायो ।, आजको कान्तिपुरमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!