काठमाडौं, १८ पुष। – महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद तथा पूर्व डिआइजी नवराज सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र पठाएको छ।

Advertisement

आइजीपी बढुवामा कार्य सम्पादन मूल्याङकन फारममा किर्ते गरेको आरोप उनीमाथी छ। अनुसन्धानको सिलसिलामा बुझ्नुपर्ने भएकोले पक्राउको लागि पत्र काटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रविन्द्र धानुकले बताए। ‘अनुसन्धानको सिलसिलामा बुझ्नुपर्ने भएको र सिलवालको स्थायी ठेगाना ललितपुरमा भएकोले पक्राउ गरी बुझाउन महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र पठाएका हौं’, धानुकले भने।

सिलवालले दायर गरेको रिट खारेज गर्दै सर्वोच्च अदालतले प्रकाश अर्याललाई आईजीपी बनाउने सरकारी निर्णय अनुमोदन गरेपनि फैसलाको पूर्णपाठ सार्वजनिक गरेको थिएन। सर्वोच्चले अदालतमा सिलवालले रिटसँगै पेस गरेको कार्यसम्पादन मूल्याङकन फारम किर्ते गरेको उल्लेख गर्दै किर्तेमा संलग्नको खोजी गरी कारबाहीको दायरामा ल्याउन सरकारको नाममा आदेश जारी गरेपछि काठमाडौं परिसरले पुस ५ गते जाहेरी दर्ता गरेको थियो। सर्वोच्चको आदेश अनुसार प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालय आएको पत्र आयुक्त कार्यालय हुँदै काठमाडौं परिसर पुगेपछि आरोपी किटान नगरी जाहेरी दर्ता गरेको थियो।

 परिसरले सिलवालको नाममा पत्र काटेकाले उनी किर्ते प्रकरणमा औपचारिकरुपमै तानिएका छन्। यस अगाडि गृहको निर्देशनमा प्रहरी प्रधान कार्यालयले डिआइजीको नेतृत्वमा गठन गरेको छनविन समितिले पहिले कार्यसम्पादन मूल्याङकन फारम किर्ते भएको निष्कर्ष निकाल्दै सिलवाललाई दोषी देखाएको थियो। यसको अनुसन्धानको लागि समितिले सिलवाललाई दिनभर नियन्त्रणमा लिएर बयानपछि मुक्त गरेको थियो।

सिलवाल नेकपा एमालेको तर्फबाट ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए।

– महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद तथा पूर्व डिआइजी नवराज सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र पठाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!