२४ लाखको लागतमा विद्यालय निमार्ण गरी समुदायलाई हस्तान्तरण
लमजुङ, २७ पुस । पूर्वि लमजुङको दुधपोखरा गाउँपालिका वडा नम्बर ४ स्थित ईलम पोखरीको मुगोमा निमार्ण गरिएको चम्पावती प्राथमिक विद्यालय विहिबार एक कार्यक्रमका बीच समुदायलाई हस्तान्तरण गरिएको छ ।
एडेट एक्सन र वेल्ड फाउन्डेशनको आर्थिक तथा प्राविधिक सहयोगमा दलित सेवा संघ लमजुङद्धारा उक्त विद्यालय निमार्ण गरिएको हो । २४ लाखको लागतमा सिद्धिविनायक निमार्ण सेवाले निमार्ण गरेको उक्त विद्यालय प्रदेश नम्बर ४ ...

























