संगालोखबर संवाददाता

स्मार्टफोन उत्पादनको क्षेत्रमा नयाँ प्रविधि भित्रिएको छ । हालसम्म स्मार्टफोनको मुनी वा पछाडिपट्टी फिंगरप्रिन्ट स्क्यानर राखिँदै आइएकोमा अब भने यस्तो फिंगरप्रिन्ट मोबाइलको स्क्रीनमै हुने भएको छ । विश्वकै पहिलो स्क्रीनमै फिंगरप्रिन्ट भएको मोबाइल सार्वजनिक गरेको छ चिनीयाँ कम्पनी भिभोले ।
वनप्लस कम्पनीको अब आउने स्मार्टफोनमा स्क्रीनमै फिंगरप्रिन्ट हुने चर्चा चलिरहँदा चीनकै कम्पनी भिभोले अमेरिकामा चलिरहेको कन्जुमर इलेक्ट्रोनिक्स शो (सीइएस) मा डिस्प्लेमुनी फिंगरप्रिन्टले काम गर्ने पहिलो स्मार्टफोन सार्वजनिक गरेको हो । ‘भिभो एस २० प्लस’ नामले सार्वजनिक गरिएको यो फोनले आइफोन र सामसङजस्ता अग्रणि टेक कम्पनीलाई पनि पछि पारेको छ । यस्तो प्रविधि यसअघि आइफोन एक्स र सामसङ एस एटमा पनि उपलब्ध हुने चर्चा थियो । हाल बजारमा आएका यी दुवैमा यो प्रविधि छैन ।

Advertisement

कम्पनीले यथासक्य छिटो बजारमा ल्याउने बताएको यो स्मार्टफोनसँगै भीभोको चर्चा पनि चुलिएको छ । कम्पनीले छिट्टै यो स्मार्टफोन बजारमा ल्याउने अनुमान गरिएको छ । यसअघि नै डिसेम्बर २०१७ मा विश्वको पहिलो डिस्प्लेको मुनि फिंगरप्रिन्ट स्क्यानर भएको स्मार्टफोन आउने बताइएको थियो । भीभो एक्स २० प्लस यूडीमा ६.४३ इन्चको फूल स्क्रीन हुनेछ भने फोनमा स्न्यापड्रागन ६६० चीपसेट रहेको छ । अगाडि र पछाडि १२-१२ मेगापिक्सेलको ड्यूल रियर क्यामरा र फास्ट चार्जिङ सपोर्टलगाएतका विशेषता फोनमा छन् । भिभोले विभिन्न रेन्जका स्मार्टफोनहरु विश्व बजारमा ल्याइसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement