रासस

डडेल्धुरा, २८ पुस । चिसो बढेसँगै उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा निमोनियाबाट प्रभावित बिरामीको संख्या बढिरहेका छन् । अस्पतालका अनुसार अहिले दैनिक १ सय २० जनाभन्दा बढीको संख्यामा निमोनियाका बिरामी अस्पतालमा उपचार गर्न आउन थालेको पछिल्लो तथ्यांकले देखाएको छ ।

Advertisement

५० शैयाको अस्पतालमा बिरामीको चाप बढेपछि बेडबाहिरै राखेर उपचार गर्नुपरेकोे जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन प्रमुख ड.जितेन्द्र कँडेलले बताए ।

निमोनिया हुनेमा प्रायः नवजात शिशु र पाँच बर्षभन्दा साना बालबालिका रहेको सुपरिटेन्डेन्ट कँडेलले बताए । उनका अनुसार दैनिक ३ सयदेखि ३ सय ५० सम्म बिरामी अस्पतालमा उपचार गर्न आउने गरेका छन् ।

जसमध्ये ४० प्रतिशत चिसोबाट हुने संक्रमणका बिरामी हुने गरेका छन् । बिरामीले सम्पूर्ण बेड भरिएपछि उपचारका लागि आउनेलाई बेड व्यवस्थापन गर्न समस्या भइरहेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण सिंहले बताए ।

जिल्लाका विभिन्न क्षेत्र र सुदूरपश्चिमका ७ पहाडी जिल्लाबाट समेत निमोनिया र भाईरल ज्वरोका बिरामीहरु डडेल्धुरास्थित उप–क्षेत्रीय अस्पतालमा आउने गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!