डडेल्धुरामा निमोनियाका बिरामीको संख्या बढ्दै
डडेल्धुरा, २८ पुस । चिसो बढेसँगै उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा निमोनियाबाट प्रभावित बिरामीको संख्या बढिरहेका छन् । अस्पतालका अनुसार अहिले दैनिक १ सय २० जनाभन्दा बढीको संख्यामा निमोनियाका बिरामी अस्पतालमा उपचार गर्न आउन थालेको पछिल्लो तथ्यांकले देखाएको छ ।
५० शैयाको अस्पतालमा बिरामीको चाप बढेपछि बेडबाहिरै राखेर उपचार गर्नुपरेकोे जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन प्रमुख ड.जितेन्द्र कँडेलल...




























