- रासस

काठमाडौं, २८ पुस। सरकारले २०३६ सालमा धनकुटाको छिन्ताङमा राज्यपक्षबाट मारिएका १६ जनालाई शहिद घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले घटनाको ३८ बर्ष पछि मृतकलाई शहिद घोषणा गर्ने निर्णय गरेको हो ।

२०३६ साल कात्तिक २७ गते धनकुटाको खोकु छिन्ताङमा तात्कालिन भूमिगत विद्रोही समुहले गरेको कार्र्यक्रममा राज्य पक्षका सुरक्षाकर्मीद्धारा चलाईएको गोली लागि १६ जनाको मृत्यु भएको थियो ।

Advertisement

तीनै मृतकलाई शहीद घोषणा गरिएको हो । त्यसैगरी बैठकले २०७५ साल बैशाख १ गते देखि राष्ट्रिय आर्थिक गणना गर्ने निर्णय गरेको छ । बैठकले लाइभस्टक सेन्टर इन्नोभेसन आयोजनाका लागि विश्व बैंकबाट झण्डै ८ अर्ब रुपैयाको श्रृण स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी नेपाल न्यायसेवाको विशिष्ठ श्रेणीमा महेन्द्रनाथ उपाध्यायलाई बढुवा गर्ने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।

बैठकले पुनरावेदन समितिको अध्यक्षमा हेमराज पन्तलाई तोक्ने लगायत केही बढुवाका निर्णयहरु पनि गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!