दाङ, २८ पुस। स्कुल बसको ठक्करबाट दाङमा एक बालकको मृत्यु भएको छ ।

Advertisement

लमही नगरपालिका–५ चौलाहीमा आज बसको ठक्करबाट स्थानीय रामजान अदलीका एक वर्षीय छोरा अब्दुल अनसारीको मृत्यु भएको लमही वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।

आज बिहान साधना मन्टेश्वरी स्कुलको लु १ क १३५३ नंको बसले बालकलाई अनसारीलाई ठक्कर दिएपछि गम्भीर घाइते भएका उनकोे लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!