आजको पत्रिकाः जिशिका नहुँदा समन्वयमै समस्या, कठिन बन्दै एसईई परीक्षा
काठमाडौं,२७ पुस । राजधानीबाट आज प्रकाशित भएका सबै राष्ट्रिय दैनिक पत्रिकाहरुले अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसी रिहा भएको विषयलाई मुख्य समाचार बनाएर छापेका छन् । पत्रपत्रिकाहरुले केसी पक्राउ प्रकरणपछि स्वयं प्रधानन्यायाधीश नै छानबिनको घेरमा तानिएको लेखेका छन् ।
केसी गत सोमबार अदालतलको अवहेलना गरेको आरोपमा पक्राउ परेका थिए । त्यसको ३ दिनपछि रिहा भएका केसीले पुनः अस्पतालमा ...

























