निजी विद्यालयले पनि पढाउन थाले संस्कृत
काठमाडौं – अंग्रेजी माध्यमलाई प्राथमिकता दिँदै आएका निजी विद्यालयले पछिल्लो समयमा संस्कृत विषय र भाषा पनि पढाउन थालेका छन्। विद्यार्थीलाई बहुआयामिक बनाउन तथा नेपालको वैभब मानिने संस्कृत विषयको प्रवर्द्धन गर्न ती विद्यालयले संस्कृत पढाउन थालेका हुन्।
व्यावसायिकरुपमा संस्कृत विषय पढाउँदा प्रत्यक्ष लाभ नभए पनि निजी (संस्थागत) विद्यालयले गुरुकुलीय पद्धति हुँदै विकसित नेपाली शिक्षामा आफ्नो मूल्यवा...



























