मुख्य मन्त्री गुरुङद्वारा विश्वासको मत प्राप्त

मुख्य मन्त्री गुरुङद्वारा विश्वासको मत प्राप्त

पोखरा, २५ फागुन ।  प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतका लागि गर्नुभएको प्रस्तावमा ४१ जनाले उहाँको पक्षमा मतदान गर्नुभयो भने १७ जनाले विपक्षमा मतदान गर्नुभएको थियो । साठी सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ३१ मत प्राप्त गर्नुपर्नेमा यस प्रदेशमा वाम गठबन्धनका तर्फबाट नेक...
दोहोरो सुविधा लिने भूकम्पपीडितबाट अनुदान फिर्ता गरिने

दोहोरो सुविधा लिने भूकम्पपीडितबाट अनुदान फिर्ता गरिने

काठमाडौँ, २५ फागुन।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दोहोरो सुविधा लिने भूकम्पपीडितसँग अनुदान रकम फिर्ता गर्ने भएको छ । गैरसरकारी संस्थाबाट रकम प्राप्त गर्ने र कोष तथा लेखा नियन्त्रण कार्यालयबाट सरकारी अनुदानप्राप्त लाभग्राहीको अलग अलग विवरण तयार पार्न जिल्ला समन्वय समितिको सचिवालयलाई पत्राचार गरिएको प्राधिकरणका सहायक प्रवक्ता डा भीष्मकुमार भुसालले राससलाई जानकारी दिनुभयो । “दुवै सूची आएपछ...
बुद्धको जन्मस्थल घुमेर हेर्दा जे देखियो

बुद्धको जन्मस्थल घुमेर हेर्दा जे देखियो

कपिलवस्तु २५ फागुन । पुरातात्विक एवं धार्मिक महत्वको प्रसिद्ध लुम्बिनी ग्राम भगवान शाक्यमुनि गौतमबुद्धको जन्मस्थलको रुपमा संसारभर परिचित छ । बुद्धको जन्मस्थल मायादेवी मन्दिर र बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबारको भग्नावशेष हेर्न हजारांै संख्यामा स्वदेशी तथा विदेशी बुद्ध धर्मका अनुयायी तथा अन्य हिन्दू लुम्बिनी पुग्छन् । तर, नजिकको तीर्थ हेला भने झैं शाक्यमुनि बुद्धजत्तिकै महत्वका अन्य दुई बु...
दक्षिण कोरियाली राष्ट्रपति भन्नुहुन्छ– अमेरिका कोरिया वार्ता ऐतिहासिक

दक्षिण कोरियाली राष्ट्रपति भन्नुहुन्छ– अमेरिका कोरिया वार्ता ऐतिहासिक

सोल, २५ फागुन।  दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीच हुने भनिएको वार्ता एक ऐतिहासिक उपलब्धि हो भन्नुभएको छ । उहाँले भन्नुभयो– यो एक वास्तविक उपलब्धि हो र यसबाट कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि ठूलो सघाउ पुग्नेछ । मैले भर्खरै सुनेँ कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता उन आगामी मे महिनाभित्...
गोरखापत्रका पूर्वमहाप्रबन्धक शर्माको निधन

गोरखापत्रका पूर्वमहाप्रबन्धक शर्माको निधन

काठमाडौँ २५ फागुन ।  गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक नगेन्द्र शर्माको ८६ वर्षको उमेरमा आज निधन भएको छ । मृर्गौला रोगबाट पीडित शर्माको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँको परिवारले जनाएको छ । विसं २०४१ मा शर्मा संस्थानको महाप्रबन्धक बन्नुभएको थियो । उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ ।
नदीमा मानवीय चाप घटाउन माछापालन

नदीमा मानवीय चाप घटाउन माछापालन

रत्ननगर, चितवन, २५ फागुन । राप्ती र नारायणी नदीमा मानवीय चाप घटाउन चितवन राष्ट्रिय निकुञ्ज आसपासको मध्यवर्ती क्षेत्रमा माछापालन कार्यक्रम शुरु भएको छ । ‘जिओलोजिकल सोसाइटी अफ लण्डन’को आर्थिक सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोष र हिमालयन नेचरको सहकार्यमा कार्यक्रम शुरु भएको हो । राप्ती र नारायणी नदीमा माछा मार्ने क्रम घटाइ स्थानीयवासीलाई स्वरोजगार बनाउने अभियानअन्तर्गत निकुञ्जको मध्यवर्ती क्...
पहिलो पटक बस पुगेपछि स्थानीयवासी हर्षित

पहिलो पटक बस पुगेपछि स्थानीयवासी हर्षित

अर्घाखाँची, २५ फागुन । सम्भवतः नेपालकै सबैभन्दा ठूलो नगरपालिका अर्घाखाँची शितगंगा नगरपालिका–९ को सिस्ने खोलामा पहिलो पटक बस पुगेपछि स्थानीयबासिन्दा हर्षित भएका छन् । पहिलो पटक आफ्नो गाउँमा बस पुग्दा स्थानीयवासी नाच्दै गाउँदै बस चालक, सहचालक तथा वडा अध्यक्ष भीम केसीलाई फूलमाला लगाएर भव्य स्वागत गरेका थिए । चुनावको बेला विकास निमार्णको कामलाई तीव्रता दिने प्रतिवद्धता जनाएका वडाअध्यक्ष केसीले आ...
राष्ट्रपति ट्रम्प उत्तर कोरियाली नेतासँग वार्तागर्न तयार

राष्ट्रपति ट्रम्प उत्तर कोरियाली नेतासँग वार्तागर्न तयार

वासिङ्टन, २५ फागुन ।  पछिल्लो समयमा अणुअस्त्रको जथाभावी परीक्षण र दक्षिण कोरियासँगको सत्रुताका कारण निकै विवादमा रहेको उत्तर कोरिया संयुक्तराज्य अमेरिकासँग पनि शान्तिवार्ता लागि इच्छुक रहेको पाइएको छ । उत्तर कोरियाली नेता किम जङ उनको सो इच्छा अनुरुप नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि उत्तर कोरियाका नेतासँग भेटवार्ता गर्न सहमत भएको खुलेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोर...
महरा सभामुखमा निर्विरोध

महरा सभामुखमा निर्विरोध

काठमाडौँ, २५ फागुन । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा निर्विरोध हुनुभएको छ । सभामुख पदका लागि आज भएको उम्मेदवारी मनोनयनमा उहाँको मात्र उम्मेदवारी परेपछि निर्विरोध हुनुभएको संघीय संसद् सचिवालयले जनाएको छ । यद्यपि उहाँ निर्वाचित भएको औपचारिक घोषणा भने शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा गरिनेछ । नेकपा(एमाले)का नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको ...
तीन सदस्यद्वारा शपथ ग्रहण, राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने

तीन सदस्यद्वारा शपथ ग्रहण, राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने

काठमाडौँ, २५ फागुन। राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभा सदस्यमा मनोनीत तीन सदस्यले पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले आज संघीय संसद् भवन, नयाँ बानेश्वरमा सदस्य डा युवराज खतिवडा, रामनारायण विडारी र डा विमला पौड्याललाई शपथ गराउनुभएको हो । नेपालको संविधानअनुसार ज्येष्ठ सदस्यले शपथ गराउने व्यवस्था छ । यसअघि सर्वाेच्च अदालतले अन्तरिम आदेशमार्फत...
खानी उत्खननका लागि भौगर्भिक अध्ययन गर्ने

खानी उत्खननका लागि भौगर्भिक अध्ययन गर्ने

काठमाडौँ, २५ फागुन ।  खानी तथा भूगर्व विभागले मुलुकका विभिन्न सात क्षेत्रमा खानीको भौगर्भिक अध्ययन गर्नेभएको छ । लामो समयदेखि खानीको अध्ययन र उत्खनन गर्दै आएको विभागले मुलुकको विभिन्न क्षेत्र गरी सात चरणमा गरिने उक्त भौगर्भिक अध्ययनका लागि रु तीन करोड ९० लाख बजेट विनियोजन गरिएको छ । पहिलो चरणमा अछाम, बझाङ, कालिकोट र बाजुरा, दोस्रोमा रुकुम, रोल्पा, प्यूठान र बागलुङ, तेस्रोमा सल्यान र रोल्पा, ...
सभामुखमा नेपाली काँग्रेसले उम्मेदवारी नदिने

सभामुखमा नेपाली काँग्रेसले उम्मेदवारी नदिने

काठमाडौँ, २५ फागुन।  नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । सभामुखको सालिन व्यक्तित्व र सन्तुतित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा अभिवृद्धि हुने विश्वाससहित आफ्नो पार्टीले उम्मेदवारी नदिने भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाँले सिंगो संसद्को नायक निर्विवाद ढंगले चयन गर्न प्रतिपक्षी दलको समेत फरक नरहोस् भन्ने मनसायमा साथ उम्मेद...
साउदीमा महिलाहरूको ऐतिहासिक पदयात्रा

साउदीमा महिलाहरूको ऐतिहासिक पदयात्रा

रियाद, २५ फागुन । साउदी अरबका महिलाहरूले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिहीबार ऐतिहासिक पदयात्रा निकालेका छन् । देशको जेद्दाहमा निकालिएको पदयात्रामा २५ सयभन्दा बढी महिला सहभागी भएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । यति ठूलो संख्यामा महिलाको सहभागीतामा पदयात्रा निकालिएको पहिलो पटक भएकाले यसलाई अधिकारवादीहरूले ऐतिहासिक भएको बताएका छन् । महिलाको स्वास्थ्य, जीवन शैली र वातावरणीय उत्...
नेता महराद्वारा सभामुखको उम्मेद्वारी दर्ता

नेता महराद्वारा सभामुखको उम्मेद्वारी दर्ता

काठमाडौँ, २५ फागुन । नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । केहीबेरअघि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उपस्थित भएर उहाँले सभामुखको उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको उम्मेदवारीलाई नेकपा(एमाले)का नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको छ भने माओवादी केन्द्रका नेता देव गुरुङले समर्थन गर्नुभए...
अन्तर्राष्ट्रिय केमिकल वैज्ञानिक सम्मेलन शुरु

अन्तर्राष्ट्रिय केमिकल वैज्ञानिक सम्मेलन शुरु

चितवन, २५ फागुन । अन्तर्राष्ट्रिय केमिकल वैज्ञानिक सम्मेलन सौराहामा बिहीबार साँझदेखि शुरु भएको छ । सम्मेलनको उद्घाटन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का उपकुलपति जीवराज पोख्रेलले गर्नुभएको हो । सम्मेलनमा देश तथा विदेशका वैज्ञानिकले आआफ्नो देशमा भएका खोज, अनुसन्धान, उपलब्धिसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने संस्थाका सदस्य मनोज विष्टले जानकारी दिनुभयो । सम्मेलन उद्घाटनका अवस...
प्रदेश ४ का मुख्यमन्त्री गुरूङले आज विश्वासको मत लिने

प्रदेश ४ का मुख्यमन्त्री गुरूङले आज विश्वासको मत लिने

पोखरा, २५ फागुन ।  प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिनुभयो । संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । गत माघ...
एक खुट्टाले नाचेर प्रख्याती कमाएकी कलाकार रोमा न्यौपाने ३६ लाख ठगी आरोपमा पक्राउ

एक खुट्टाले नाचेर प्रख्याती कमाएकी कलाकार रोमा न्यौपाने ३६ लाख ठगी आरोपमा पक्राउ

काठमाडाैं, २५ फागुन।  एक खुट्टा गुमाएपनि एकै खुट्टाको भरमा नाचेर प्रख्याती कमाएकी कलाकार रोमा न्यौपाने ठगीको आरोपमा पक्राउ परेकी छन् । उनलाई प्रहरी परिसर काठमाडौंले बिहीबार साँझ पक्राउ गरेको हो । रोमा र उनका पति चिरञ्जीवी न्यौपानेले ३६ लाख ठगी गरेको भन्दै एक वर्षअघि उजुरी परेको थियो । चिरञ्जीवी पक्राउ परेपनि रोमा फरार थिइन् । भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज (भीएडी) नामक संस्था खोलेर ‘भीएडी ने...
सभामुखका लागि आज मनोनयन दर्ता हुँदै

सभामुखका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौँ, २५ फागुन।  प्रतिनिधिसभाको सभामुख पदका लागि आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार शनिबार हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि उम्मेदवारीको सूचना दर्ता हुनेछ । सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सभामुखको उम्मेदवारी दर्ता गराइनेछ । सत्तारुढ वाम गठबन्धनका तर्फबाट नेकपा ...
डोल्पाको जुफालमा नगरको केन्द्र उद्घाटन

डोल्पाको जुफालमा नगरको केन्द्र उद्घाटन

दुनै, डोल्पा, २५ फागुन ।  डोल्पाको जुफालमा नगरपालिकाको केन्द्र उद्घाटन गरिएको छ । बिहीबार ठूलीभेरी नगरपालिकाको स्थायी केन्द्रको रुपमा जुफालमा उद्घाटन गरिएको हो । उक्त नगरपालिकाको पहिलो नगरसभाको असार ३१ को निर्णयअनुसार बहुमतले नगरको केन्द्र दुनैबाट जुफाल सार्ने निर्णयअनुसार बिहीबार औपचारिक रुपमै नगरको केन्द्र उद्घाटन गरिएको नगर प्रमुख गणेशबहादुर शाहीले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को माघ ...
महिला हिंसासँगै बढ्यो पुरुष हिंसा पनि…

महिला हिंसासँगै बढ्यो पुरुष हिंसा पनि…

भक्तपुर, २५ फागुन । महिला हिंसासँगै पुरुष हिंसा पनि बढ्दै गएको आयोजित कार्यक्रममा सरोकारवालाले बताएका छन् । १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जिल्ला समन्वय समिति भक्तपुर, महिला विकास कार्यालय, भक्तपुर र नेपाल रेडक्रस सोसाइटी, भक्तपुरले आयोजना गरेको लैंगिक तथा समावेशीकरणसम्बन्धी जिल्लास्तरीय अन्तक्र्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमु...
नेपाली र चिनियाँ महिलाबीच सम्बन्ध स्थापना गरिने

नेपाली र चिनियाँ महिलाबीच सम्बन्ध स्थापना गरिने

काठमाडौँ, २४ फागुन । एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपालका लागि चीनका राजदूत यु होङले आज विशेष शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्नुभएको छ । सो अवसरमा श्रम, रोजगारी, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले नेपालको संविधानले व्यवस्था गरेअनुसार राजनीतिक क्षेत्रमा महिलाको सहभागिता राम्रो देखिए तापनि आर्थिक, सामाजिक रुपमा अझै अघि बढ्न नसकेको बताउँदै बालवि...
पुरुषलाई प्याड वितरण

पुरुषलाई प्याड वितरण

काठमाडौं, २४ फागुन । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पुरुष हुनु भनेको महिला हिंसा गर्नु नभएको बताउनुभएको छ । एक सय आठौँ ‘अन्तर्राष्ट्रिय महिला दिवस २०१८’ का अवसरमा आज यहाँ ‘महिला हिंसाविरुद्ध पुरुष पदयात्रा’को उद्घाटन गर्दै उहाँले महिलामाथि हिंसा गर्ने पुरुष नै नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्रजातन्त्र गणतन्त्र पायौंँ, प्रविधिका पछिल्ला सबै सामग्री प्रयोग गरिरहेका छौंँ तर महि...
प्रादेशिक कानून निर्माणका लागि समिति गठन

प्रादेशिक कानून निर्माणका लागि समिति गठन

पोखरा, २४ फागुन । प्रदेश नं ४ को आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रादेशिक कानून निर्माण र मन्त्रिपरिषद्लाई विभिन्न रायसुझाव दिन विभिन्न समिति गठन गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बैठकले राजनीतिक, प्रशासन तथा विधेयक र आर्थिक, सामाजिक तथा पूर्वाधार समिति गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार मुख्यमन्त्रीको संयोजकत्वमा रहने राजनीतिक समितिमा आन्तरिक मामिला...
बन्दको प्रचार गर्दै हिँडेका पूर्वलडाकु गुरुङ न्युरोडबाट पक्राउ

बन्दको प्रचार गर्दै हिँडेका पूर्वलडाकु गुरुङ न्युरोडबाट पक्राउ

काठमाडौं, २४ फागुन।  फागुन २५ र २६ गते बन्द आव्हान गर्ने ‘पुर्व जनमुक्ति सेना रञ्जित गुरुङ समुह’का अध्यक्ष रञ्जित गुरुङ पक्राउ परेका छन् । गुरुङलाई काठमाडौको न्युरोडबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले गुरुङ पक्राउ परेका पुष्टि गर्दै गुरुङले धाक र धम्की दिएर चन्दा असुल्ने काम समेत गरेको पाइएको बताए । गुरुङको समुहले केही दिनअघि चार बुँदे मा...
कर्णाली प्रदेशसभा नियमावली, २०७४ हस्तान्तरण

कर्णाली प्रदेशसभा नियमावली, २०७४ हस्तान्तरण

सुर्खेत, २४ फागुन । कर्णाली प्रदेशसभा नियामवली, २०७४ मस्यौदा समितिले आज सभामुख राजबहादुर शाहीलाई प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रदेशसभा सदस्य सीता नेपालीको संयोजकत्वमा गठित आठ सदस्यीय मस्यौदा समितिले सभामुख शाहीलाई बुधबार साँझ प्रतिवेदन बुझाएको हो । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र सामाजिक विकासमन्त्री दल रावलसहितको उक्त समितिले चारवटा समिति र तिनको कार्य क्षेत्रसमेत तोकिएको ...
एक हजार विद्यालयमा स्रोत व्यक्तिको दरबन्दी खारेज हुँदै

एक हजार विद्यालयमा स्रोत व्यक्तिको दरबन्दी खारेज हुँदै

काठमाडौँ, २४ फागुन । संघीयता लागू भएसँगै विद्यालय स्रोत केन्द्रहरु स्वतः निष्क्रिय हुँदा स्रोत व्यक्तिका रुपमा कार्यरत करिब एक हजार शिक्षकको जागिर अन्योलमा परेको छ । संविधानतः विद्यालय शिक्षा स्थानीय तहको मातहतमा रहेको सन्दर्भमा विगतमा जिल्ला शिक्षा कार्यालयको मातहतमा रहेको संयन्त्र मानिने स्रोत केन्द्र निष्क्रिय हुन पुगेको हो । आगामी चैतभित्र जिल्ला शिक्षा कार्यालयसमेत खारेज हुँदैछन् । संघी...
अंश र वंशमा समान अधिकार आवश्यक: मन्त्री पोखरेल

अंश र वंशमा समान अधिकार आवश्यक: मन्त्री पोखरेल

काठमाडौँ, २४ फागुन । रक्षामन्त्री ईश्वर पोखरेलले अंश र वंशमा पुरुषसरह समान अधिकार प्राप्त नभएसम्म महिला माथिको विभेद अन्त्य नहुने बताउनुभएको छ । संकृति सङ्ग्रहालय नेपालले आज यहाँ एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरेको नेपालका विशिष्ट महिलाको फोटो प्रदर्शनी कार्यक्रममा मन्त्री पोखरेलले उक्त कुरा बताउनुभएको हो । महिलाको विकास र उत्थान आंशिकभन्दा समग्रतामा हुनुपर्ने भन्दै उहाँ...
‘अध्यागमन बारेका नकारात्मक टिप्पणी अब सुन्न नपरोस्’: गृहमन्त्री थापा

‘अध्यागमन बारेका नकारात्मक टिप्पणी अब सुन्न नपरोस्’: गृहमन्त्री थापा

काठमाडौँ, २४ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अध्यागमन विभाग र सो अन्तर्गतका कार्यालयका कमी कमजोरी हटाई तत्काल सुधारको काम अघि बढाउन निर्देशन दिनुभएको छ । आज यहाँ अध्यागन विभागको निरीक्षणपछि गृहमन्त्री थापाले अध्यागमनका केही कर्मचारीको मिलेमतोमा अवैध काम हुने गरेको भनिआएका नकारात्मक टिप्पणीहरु अन्त्य हुने गरी काम गर्न निर्देशन दिनुभयो । अध्यागमनकोे छविमा केही दिनभित्रै सुधार देखि...
अन्तराष्ट्रिय महिला दिवसमा पदयात्रा

अन्तराष्ट्रिय महिला दिवसमा पदयात्रा

काठमाडौँ, २४ फागुन।  एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा आज पदयात्रा गरिएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, रक्षा नेपाल लगायतका संघसंस्थाद्वारा आयोजित भृकुटीमण्डपबाट शुरु भएको पदयात्रा भद्रकाली मन्दिर, शहीद ढोका, नयाँ बाटो हुँदै रत्नपार्कस्थित शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको हो । ¥यालीमा सहभागीले ‘महिला हिंसा अन्त्य गरौँ’, ‘मानव बेचबिखनरहित समाज निर...
‘सरसफाइ सरकारको उच्च प्राथमिकतामा’: प्रधानमन्त्री ओली

‘सरसफाइ सरकारको उच्च प्राथमिकतामा’: प्रधानमन्त्री ओली

काठमाडौँ, २४ फागुन।  विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार माग पत्र बुझाइएको छ । वाग्मती सफाइ महाअभियान र गैरआवासीय नेपाली संघ सरसफाइसम्बन्धी अन्तर्राष्ट्रिय युवा समितिले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै १७६ विशिष्ट व्यक्तिले गरेको हस्ताक्षर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन् । ज्ञापनपत्र बुझ्नुहँदै प्रधान...
लायन्स क्लबले चार करोड ५० लाखमा विद्यालय भवन बनाउने

लायन्स क्लबले चार करोड ५० लाखमा विद्यालय भवन बनाउने

बेनी, म्याग्दी, २४ फागुन । मानवीय सेवामा संलग्न विश्वमै ठूलो सामाजिक संस्थामा पर्ने लायन्स क्लब इन्टरनेशनलले म्याग्दीका दुई सामुदायिक विद्यालयलाई रु चार करोड ५० लाखमा भवन बनाइदिने भएको छ । जिल्लामा नेतृत्व, व्यक्तित्व विकास सँगै सामाजिक तथा परोपकारी कार्यमा सक्रिय रहेको लायन्सले बेनी नगरपालिका–९ तोरीपानीमा अवस्थित गलेश्वर मावि र मालिका गाउँपालिका–७ विमको किसानी माविमा आठ कोठे भवन निर्माणका लागि...
error: Content is protected !!