सोल, ९ चैत ।  दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति ली म्युङ बाकलाई पक्राउ गर्न आदेश दिएपछि उनी पक्राउ पर्नसक्ने सम्भावना बढेको बताइएको छ ।  उनी आफ्नो पदमा रहँदा गरेको भनिएका विभिन्न भ्रष्टाचारको आरोपमा अनुसन्धानका लागि पक्राउ गर्न बिहीबार सोलस्थित एक अदालतले आदेश दिएको बिहीबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

सन् २०१३ सम्म उनी आफ्नो पाँचबर्षे राष्ट्रपतीय कार्यकालमा रहँदा उनले गरेका कार्यहरुमा भ्रष्टाचारजन्य कामकारबाही भएको भन्दै लीलाई पक्राउ गरी हिरासतमा राख्न आदेश गरेको हो ।  तर आफूमाथि लागेका ती भ्रष्टाचार आरोपहरूमा भने आफ्नो कुनै संलग्नता नरहेको उनको दाबी छ । अदालतले भने प्रारम्भिक रुपमा केही प्रमाणहरु पाइएकोले उक्त आदेश दिएको जनाएको छ ।

अदालतले भनेको छ– लीमाथि लागेका आरोपमध्ये केहीमा बलिया प्रमाण पाइएकाले जेलबाहिर रहँदा ती तथ्य नस्ट गर्नसक्ने सम्भावना देखिन्छ । अदालतले यो पक्राउ आदेश जारी गरेपछि उहाँलाई प्रहरीले नियन्त्रणमा लिने सम्भावना बढेको बताइएको छ ।  दक्षिण कोरियामा केही समययता उच्च पदस्थहरुमा भ्रष्टाचारका विरुद्धमा खोजी अभियान निकै बढेको पाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!