ईयूको निर्वाचन पर्यवेक्षण प्रतिवेदनप्रति मञ्चको गम्भीर ध्यानाकर्षण
काठमाडौँ, ९ फागुन । पूर्वसांसद मञ्च, नेपालले गत मंसिरमा सम्पन्न संघीय र प्रदेशको निर्वाचन पर्यवेक्षण प्रतिवेदनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मञ्चले आज यहाँ एक प्रेस विज्ञप्ति जारी गर्दै २०७४ मंसिरमा सम्पन्न संघीय र प्रदेशको निर्वाचनको प्रतिवेदन अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण आचारसंहिताविपरीत, भ्रामक तथा तथ्यहीन भएको पूर्वसांसद मञ्च, नेपालले ठहर गरेको छ ।
युरोपियन युनियन (इयू) ...





























