लहान, ९ चैत । नगरपालिका ७ मा बम विस्फोट भएको छ। विकास ट्रेडर्स, सुनचाँदी पसलमा अपरिचित समूहले राखेको बम बिस्फोट हुँदा ६ जना घाइते भएका छन्।

शुक्रबार लहानमा हाट बजार लाग्ने गर्छ। हाटबजारको दिन सुनचाँदी पसलमा भिड रहेको थियो। त्यहि भिडमा एक अपरिचित आएर शंकास्पद  झोला राखेका थिए।

Advertisement

उनले झोला राखेको केही बेरमै विस्फोट भएको पसल सञ्चालक विकास सारडाले बताए। यो ठाउँमा प्राय सुनचाँचदीका पसलहरु रहेका छन्।

घटनास्थलबाट करिब ५ सय मिटर उत्तरमा शसस्त्र प्रहरी प्रहरी र त्यतिकै दूरी दक्षिणमा इलाका प्रहरी कार्यालय रहेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!