काठमाडौँ, ११ चैत। संस्कार समाज नेपालले सामाखुशीदेखि माछापोखरी चोकसम्म ट्राफिक जनचेतनामूलक बोर्ड निर्माण गरेको छ ।

‘असल संस्कार सिकौँ, सिकाऔँ, आफ्नो देश आफँै बनाऔँ’ भन्ने मूल नाराका साथ एक वर्षदेखि सामाजिक काम गर्दै आएको समाजले आज लाइनमा बसेर बस चढौँ, ट्राफिक नियमको पालना गरौँलगायत सामग्री लेखिएका जनचेतनामूलक बोर्ड निर्माण गरेको हो ।

Advertisement

समाजले महानगरीय प्रहरी प्रभाग गोँगबुको सहकार्यमा १३ स्थानमा जनचेतनामूलक बोर्ड निर्माण गरेको हो । सकारात्मक सोचमा विकास भएमात्र समाज विकास हुने भन्दै सामाजिक कामका लागि बोर्ड निर्माण गरिएको समाजका अध्यक्ष पशुपति गुरुङले जानकारी दिनुभयो । “उक्त कार्यले मानिसको व्यवहारमा परिवर्तन आउनुका साथै सकारात्मक सोचको निर्माण हुनेछ,”– अध्यक्ष गुरुङले भन्नुभयो ।

प्रभागका प्रमुख प्रताप पौडेलले गोँगबु क्षेत्रलाई नमूना क्षेत्रको रुपमा निर्माण गर्नका लागि प्रभागले विभिन्न संघ संस्थासँग सहकार्य गरेर विभिन्न काम गरिरहेको बताउनुभयो ।

समाजले प्रत्येक शनिबार सरसफाइ गर्ने, ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, सकारात्मक परिवर्तनका लागि नैतिक शिक्षा प्रदान गर्नेलगायत सामाजिक काम गर्दै आइरहेको समाजकी सचिव चन्दा पाठकले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!