काठमाडौँ, १३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्रालयबाट मर्सिडिज गाडी मगाएका छन्। जब कि उनीसँग टोयोटाका दुई वटा बुलेटप्रुफ ल्याडक्रुजर प्राडो गाडी पहिल्यै छन्। नेपाली बजारमा ल्यान्डक्रुजर प्राडाको मूल्य दुई करोड ७० लाख छ।

Advertisement

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग दुई करोड रुपैयाँ मूल्यको टोयाटा ल्यान्डक्रुजर, ६३ लाखको स्कार्पियो र थप एउटा कार चढ्छन्। यस्तै, अर्का उपप्रधानमन्त्री उपेन्द्र यादव टोयोटा ल्यान्डक्रुजर चढ्छन्।

त्यसको मूल्य दुई करोड रुपैयाँ रहेको छ। गृहमन्त्री रामबहादुर थापा एक करोड ५५ लाख रुपैयाँको मित्सुबिसी पजेरो, ऊर्जा मन्त्री वर्षमान पुन ९३ लाखको हुन्डाईको टक्सन, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल ७८ लाख रुपैयाँको महिन्द्राको एक्युभी ५००, उद्योगमन्त्री मातृकाप्रसाद यादव ६० लाख रुपैयाँ पर्ने टाटाको स्ट्रोम चढ्छन्।

यस्तै, वनमन्त्ती शक्ति बस्नेत दुई करोडभन्दा बढी मूल्यको ल्यान्डक्रुजर प्राडो, सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई एक करोड छ लाखको फोर्डको इन्डेभर, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित एक करोडको फोर्डको इन्डेभर, अर्थ मन्त्री डा. युवराज खतिवडा सवा करोडको निसान एक्सट्रेल, खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा ६२ लाख ५६ हजार मूल्यको हुन्डाईको क्रेटा गाडी चढ्छन्।

कानुन मन्त्री शेरबहादुर तामाङ दुई करोडभन्दा बढी मूल्यको ल्यान्डक्रुजर प्राडो, कृषि मन्त्री चक्रपााणि खनाल एक करोड २९ लाख रुपैयाँको फोर्ड इन्डभर, खानेपानी मन्त्री बिना मगर टोयोटाको ल्यान्डक्रुजर र सञ्चारमन्त्री गोकुल बास्कोटा दुई करोडभन्दा बढी मूल्यको टोयोटाको ल्यान्डक्रुजर गाडी चढ्छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!