नयाँ दिल्ली, १३ असार । पूर्वी भारतीय राज्य झारखण्डमा प्रहरीको एक समूह चढेको सवारी साधन बारुदी सुरुङ्ग विस्फोटमा परेको छ ।

Advertisement

विस्फोटमा परी छ प्रहरीको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ ।

यस क्षेत्रमा वामपन्थी विद्रोहीहरु सक्रिय रहेकाले उनीहरुले नै वारुदी सुरुङ्ग विस्फोट गराएको हुनसक्ने प्रहरी अधिकारीहरुले अनुमान गरेका छन् ।

आक्रमणमा परी झारखण्ड जागुर बलका छ प्रहरी मारिनुका साथै अन्य चार जना घाइते भएको जनाइएको छ ।

एक भ्रमणको क्रममा यात्रामा रहेका ती प्रहरी अधिकारीहरु आक्रमणमा परेको प्रहरी अधिकारीहरुले बताएका छन् । घाइतेहरुलाई तत्काल अस्पताल लगिएको बताइएको छ ।

एक जना वरिष्ठ प्रहरी अधिकारी विपुल सुक्लाले गर्वा जिल्लाको चिन्जो क्षेत्रमा वामपन्थी विद्रोहीहरुको उपस्थिति रहेको जानकारी दिनुभएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!