चौतारा, १३ असार । अविरल वर्षासँगै भोटेकोशी नदीमा आज बिहान आएको बाढीले निर्माण कार्यमा प्रयोग भइरहेको करीब रु ९० लाख मूल्यबराबरका मेशिनरी औजार बगाएको छ ।

Advertisement

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित नौ किलोमा ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको बाँधको पुनःनिर्माण कार्यमा प्रयोग भइरहेका मेशिनरी सामान बगाएको सशस्त्र सीमा सुरक्षा बल तातोपानीका सशस्त्र प्रहरी नायब उपरीक्षक हजारीलाल जैसवालले जानकारी दिए ।

आज बिहान ३ बजे आएको बाढीले कम्प्रेशन मेशिन, ड्रिल मेशिन, जेनेरेटर, ट्रिपर तथा सामानसहितको कन्टेनर बगाएको हो । चीनबाट बग्दै आएको सो नदीको बाढीले विगतका वर्षहरुमा पनि नेपालले ठूलो भौतिक तथा मानवीय क्षति व्यहोर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!