सोल, १४ असार । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिस चीन, दक्षिण कोरिया र जापानको भ्रमणको क्रममा बिहीबार सोल पुग्नुभएको छ ।

Advertisement

उहाँ बिहीबार दक्षिण कोरियाको राजधानी सोल पुग्नुभएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आजै राति अबेरतिर उहाँ जापानको राजधानी टोकियोका लागि उड्नुहुने समाचरमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार उहाँले दक्षिण कोरियामा रहँदा आफ्ना समकक्षीका साथै दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँग पनि भेटवार्ता गर्नुहुने छ ।

संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिङ्गापुरमा भएको भेटवार्तापछि उहाँ पहिलो पटक यी दुई देशको भ्रमणका लागि नस्किनुभएको हो ।

दक्षिण कोरिया र जापान अमेरिकाका एसियाली साझेदार हुन् । यी दुई देशले अमेरिकासँग निकै नजिकको सम्बन्ध राखेर काम गर्ने गरेका छन् ।

उता दक्षिण कोरिया र जापान उत्तर कोरियाका पनि छिमेकी हुन् । यी देश उत्तर कोरियाले आणविक परीक्षण गर्दा बढी र प्रत्यक्ष प्रभावित हुने देशमा पर्दछन् ।

उहाँ यसअघि चीनको भ्रमणमा जानुभएको थियो । चीनको दुई दिने भ्रमण सकेर बिहीबारै रक्षामन्त्री म्याटिस दक्षिण कोरियाको राजधानी सोल अवतरण गर्नुभएको हो ।

उहाँ चीनमा रहँदा उत्तर कोरियाली नेता किमको निकै प्रसंशा गर्नुभएको थियो । उहाँले उत्तर कोरियाली नेता किम जोङ उनलाई एक प्रतिभाशाली व्यक्ति भन्नुभएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!