पोखरा, १४ असार ।  जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका ४३ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा कर्तव्य ज्यान, लुटपाट, चेक अनादर, चोरी, लागूऔषध, लिखित गाली बेइजती, सरकारी छाप कीर्ते, जालसाजीलगायतका मुद्दामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार अदालतबाट न्यूनतम दुई दिनदेखि २० वर्षसम्म कैद सजाय र रु ५०० देखि रु पाँचलाख ६६ हजार सम्म जरिवाना तोकिएर पनि लामो समयदेखि फरार रहेका पक्राउ परेका हुन् ।

अदालतमा पेश गरिएकामध्ये तीनजना रिहा भएका छन् भने बाँकीलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!