भक्तपुर, १३ असार । बसमा पाकेटमारालाई समातेर लिएको पर्स सहितको रकम पत्रकार सञ्जीव दाहालले फिर्ता गरेका छन् ।

पत्रकार दाहालले आज ठिमी शंखधर चोकमा पत्रकार सम्मेलन आयोजना गरी सिन्धुपाल्चोक–२ बाह्रबिसेका जितबहादुर बस्नेतलाई पाकेटमारासँग खोसेका नगद रु २८ हजार १३० र विभिन्न दुई वटा बैंकका १२ लाख ८७ हजारको चेक, एटिएम तथा पर्स फिर्ता गरेका हुन।

मंगलबार साँझ मध्य उपत्यका बस व्यवसायी संघद्वारा सञ्चालित बसमा मध्यपुर थिमिमा पाकेटमाराले बस्नेतको पाइन्टबाट पकेट मारेर फरार हुने क्रममा पत्रकार दाहालले पाकेटमारासँग झगडा गर्ने क्रममा पकेट मारेको पर्स फ्याँकेर फरार भएको दाहालले जानकारी दिए।

रकम बुझ्दै बस्नेतले पकेट मारेपछि आफू तनावमा भएको बेलामा दाहालले फोन गरेर आज रकम फिर्ता गर्ने जानकारी गराएको बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!