प्रधानमन्त्रीले चीन भ्रमणको बारेमा आज संसदमा जानकारी दिँदै

प्रधानमन्त्रीले चीन भ्रमणको बारेमा आज संसदमा जानकारी दिँदै

काठमाडौँ, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी गराउँदै छन् । अपराह्न ४ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्दै ओलीले चीन भ्रमणबारे जानकारी दिनेछन् । ओली मंगलबार जम्बो प्रतिनिधिमण्डलसहित चीनको ६ दिने औपचारिक भ्रमणमा जाँदैछन् । स्रोतका अनुसार भ्रमण टोलीमा एक सय २० सदस्य रहनेछन् ।ओलीले चीन भ्रमणका एजेण्डा र नेपालको तयारीबारे संसदमा जानकारी गराउने छन् । चीनसँग ऊ...
महानिरीक्षक खनाल अमेरिका प्रस्थान

महानिरीक्षक खनाल अमेरिका प्रस्थान

काठमाडौँ, ४ असार । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल अमेरिका प्रस्थान गर्नुभएको छ । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आयोजना हुने दुई दिवसीय संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखको द्धितीय सम्मेलन–२०१८ मा भाग लिन आइतबार राति उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । असार ६ गते शुरु हुने उक्त सम्मेलनमा विश्व शान्ति तथा सुरक्षामा देखिएका चुनौतीको रोकथाममा सदस्य रा...
नाइजेरियामा आत्मघाती बम विष्फोट, कम्तीमा ३१ जनाको मृत्यु

नाइजेरियामा आत्मघाती बम विष्फोट, कम्तीमा ३१ जनाको मृत्यु

नाइजेरिया, ४ असार । शङ्कास्पद बोकोहराम जिहादी समूहले उत्तरपूर्वी नाइजेरियाको एक बजारी क्षेत्रमा गराएको दुई विष्फोटमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको स्थानीय अधिकारी तथा लडाकू नेताले एएफपीलाई आइतबार बताएका छन् । बु्रनो राज्यको डोम्बोवा शहरमा इद उल–फित्र मनाएर फर्किरहेका नागरिकलाई लक्षित गरी दुई आत्मघाती विष्फोट गराइँदा शनिबार साँझ उनीहरूको मृत्यु भएको हो । बोकोहराम समूहको पहिरनमा देखिएका आक्रमण...
गुडिरहेको ट्रकमाथि ढुंगा खस्दा चालकको मृत्यु

गुडिरहेको ट्रकमाथि ढुंगा खस्दा चालकको मृत्यु

चितवन, ४ असार । नारायणगढ मुग्लिन सडकखण्डको कालीखोलाको पुलमा आइतबार राति ९ः३० बजे ढुंगा खसेर ट्रकमा लाग्दा ट्रक चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ८२२८ नम्बरको ट्रकका चालक तनहुँ सुक्लागण्डकी नगरपालिका बस्ने ३६ वर्षीय कृष्ण ढुंगाना रहेका छन् । ढुंगा ट्रकको चालकतर्फ झरेपछि गम्भीर घाइते भएका उनको उपचारका...
स्थानीय तहमा अझै एक वर्ष कर्मचारी अभाव हुने

स्थानीय तहमा अझै एक वर्ष कर्मचारी अभाव हुने

  काठमाडौँ, ४ असार । स्थानीय सरकारले अझै एक वर्ष कर्मचारी अभाव झेल्नुपर्ने भएको छ । संघीय सरकारको सुस्त कार्यशैलीका कारण स्थानीय सरकारले आवश्यक संख्यामा कर्मचारी नपाउने भएका हुन् । सरकारले आवश्यक कर्मचारी खटाउन पनि नसक्ने र स्थानीय तह आफैँलाई कर्मचारी भर्ना गर्न पनि नदिँदा कर्मचारी अभाव लम्बिने भएको हो । कर्मचारी समायोजन, ऐनहरू निर्माण, प्रादेशिक लोकसेवा आयोग गठन गरेर कर्मचारी पूर्ति ग...
कांग्रेस सभापति देउवालाई भेटेर पूर्वी पहाडका नेता, कार्यकर्ताले दिए यस्तो सुझाव

कांग्रेस सभापति देउवालाई भेटेर पूर्वी पहाडका नेता, कार्यकर्ताले दिए यस्तो सुझाव

काठमाण्डौ, ३ असार । पूर्वी पहाडी जिल्लाका कांग्रेस नेता तथा कार्यकर्ताले आईतवार पार्टी सभापति शेर वहादुर देउवासँग राजधानीमा भेट गरी कांग्रेसलाई सशक्त बनाउँनका लागि विधान र सांगठनिक संरचनामा परिवर्तन गर्न सुझाव दिएका छन् । पार्टीलाई सशक्त बनाउँनुपर्ने आवश्यकता खड्किएको बताउँदै उनीहरुले सवैलाई एकताबद्ध बनाएर पार्टीलाई अझ क्रियाशिल बनाउँन सुझाव दिएका हुन् । सत्तामा रहेका पार्टीले पूर्वी पहाडी जिल...
अवकाशको दुईवर्षसम्म काम गर्न नपाइनेः मन्त्री पण्डित

अवकाशको दुईवर्षसम्म काम गर्न नपाइनेः मन्त्री पण्डित

पोखरा, ३ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उच्च पदस्थ सरकारी कर्मचारीले अवकाश लिएको दुई वर्षसम्म कुनैपनि एनजिओ, आइएनजिओमा काम गर्न नपाउने बताउनुभएको छ । पत्रकार महासंघ कास्की शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारी अवकाश पाउने बित्तिकै एनजिओ, आइएनजिओमा काम गर्दा राष्ट्रको गोपनियता भङ्ग हुने बताउनुभयो । राष्ट्र सेवक कर्मचारीलाई ...
राष्ट्रियसभा सदस्यले आफ्नो अवधि आफैँ निर्धारण गर्दै

राष्ट्रियसभा सदस्यले आफ्नो अवधि आफैँ निर्धारण गर्दै

काठमाडौँ, ३ असार । राष्ट्रियसभाका सदस्यले आफ्नो कार्यकाल कति वर्ष रहने भन्ने यकिन स्वयंले गर्नुहुने भएको छ । नेपालको संविधानको धारा ८६ अनुसार सो सभाका ५९सदस्यले गोलाविधिद्वारा आफ्नो कार्यावधि दुई, चार र छ कति वर्ष हुने भन्ने टुङ्गो सोमबार पहिलो पटक लगाउनुहुनेछ । अर्थमन्त्री डा युवराज खतिवडा र गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभाको सदस्य हुनुहुन्छ । निर्वाचनको अङ्गकै रुपमा गोलाविधिद्वारा समयाव...
एति एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगियो

एति एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगियो

पोखरा, ३ असार । एति एयरलाइन्सको जहाज आज पोखरा विमान स्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौँबाट पोखरा आएको एएचयु ६८१ को जहाज पोखरा विमानस्थलमा अवतरका क्रममा हाइड्लिक फेल हुँदा धावन मार्ग छोडेर अचानक लुक एरियातर्फ गएको विमानस्थलका सुरक्षा गार्ड प्रहरी नायब निरीक्षक राजेश भट्टराईले जानकारी दिए । पोखरा विमानस्थलमा अवतरण हुने क्रममा रहेको सो जहाजमा चालक सहित ३३ यात्रु सवार थिए...
त्रिविका पाँच क्याम्पसमा अनलाइनमार्फत परीक्षा फाराम भराइने

त्रिविका पाँच क्याम्पसमा अनलाइनमार्फत परीक्षा फाराम भराइने

काठमाडौँ, ३ असार ।  त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातक प्रथम वर्षको परीक्षा फाराम अनलाइनमार्फत भराउने भएको छ । त्रिविले पाँच क्याम्पसका विद्यार्थीलाई परीक्षा फाराम अनलाइनमार्फत भराउने त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए । उनका अनुसार सूचना प्रविधिको विकाससँगै त्रिविलाई पनि सूचनाप्रविधिमैत्री बनाउनका लागि सो व्यवस्था गर्न थालिएको हो । उ...
‘निर्माणमा कमजोरी देखिए प्राविधिक पनि दोषी’

‘निर्माणमा कमजोरी देखिए प्राविधिक पनि दोषी’

काठमाडौँ, ३ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीलाई अब कुनै किसिमको धरपकड नगरिने प्रतिबद्धता जनाउनुभएको छ । निर्माण व्यवसाय विकास परिषद्को आज  भएको बैठकमा उहाँले व्यवसायीलाई विगतमा जस्तो व्यवहार नगरिने स्पष्ट गर्नुभयो । सो अवसरमा नेपाल निर्माण व्यवसायी महासंघ प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै मन्त्री महासेठले निर्माण व्यवसायीलाई धरपकड भएमा तुरुन्त आफूलाई ख...
गर्मी बढेसँगै विषालु सर्पको बिगबिगी, ४२ को उपचार

गर्मी बढेसँगै विषालु सर्पको बिगबिगी, ४२ को उपचार

बर्दिवास, ३ असार । प्रचण्ड गर्मीबीच पानी पर्न थालेपछि महोत्तरी जिल्लामा सर्पदंशको घटना ह्वात्तै बढेको छ । गर्मी बढिरहेकाले जेठको अन्तिम सातामा एक दुई पटक परेको पानीले दुला भरिएर सर्प बाहिर निस्कन थालेपछि सर्पदंशका घटना बढेको बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रले जनाएको हो । जेठ महिनामा मात्र उपचार केन्द्रमा २० महिलासहित ४२ सर्पदंशका बिरामी उपचारमा आएकामा अन्यत्र उपचारमा जान सिफारिस ...
एसईईको नतिजा असार १० भित्रै सार्वजनिक गर्ने तयारी

एसईईको नतिजा असार १० भित्रै सार्वजनिक गर्ने तयारी

काठमाडौं, ३ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसईई परीक्षाको नतिजा एक साताभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । अहिले एसईई परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने र रुजु गर्ने काम भइरहेको छ । असार १० गतेभित्रै  नतिजा सार्वजनिक गर्ने तयारीमा जुटिरहेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए । प्राविधिकतर्फको नतिजा पनि सँगै प्रकाशित गर्ने योजना बनाइरहेको रे...
‘भद्र’ र ‘रुपसी’लाई चीन पठाइने

‘भद्र’ र ‘रुपसी’लाई चीन पठाइने

चितवन, ३ असार । नेपालले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडीमा भद्र र रुपसी छन् । वन तथा भूसंरक्षण मन्त्रालयले भाले र पोथी गैँडाको नामकरण गरी राष्ट्रिय निकुञ्ज विभाग हुँदै चितवन राष्ट्रिय निकुञ्ज पठाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार ती गैँडा एक वर्ष नौ महिनादेखि दुई वर्षभित्रका छन् । भालेलाई निकुञ्जको खोरियामुहान र पोथीलाई सुखिभार क्षेत्रबाट नियन्त्र...
मूल्यवृद्धिविरुद्ध नेविसंघको राँके जुलुस

मूल्यवृद्धिविरुद्ध नेविसंघको राँके जुलुस

हेटौंडा, ३ असार । नेपाली कांग्रेसआवद्ध नेपाल तरुण दल र नेवि संघले हेटौंडामा मूल्यवृद्धिविरुद्ध राँके जुलुस प्रदर्शन गरेका छन् । राँके जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले ठाउँठाउँमा प्रदर्शनकारीमाथि हस्तक्षेप गरेको थियो । मसाल खोस्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच तानातान भएको थियो । तरुण दलका जिल्ला अध्यक्ष ईश्वर पाठक, नगर सभापति सुनिल गिरी, नेवि संघ अध्यक्ष राजु खतिवडासहित नेता कार्यकर्ताले...
राष्ट्रकवि घिमिरे अस्पतालबाट घरफिर्ता

राष्ट्रकवि घिमिरे अस्पतालबाट घरफिर्ता

काठमाडौँ, २ असार । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट फिर्ता गरिएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराएपछि पूर्णतया स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट फिर्ता गरिएको उहाँका छोरा इन्दीवरले जानकारी दिनुभयो । राष्ट्रकवि घिमिरे बिहीबार अस्पतालबाट डिस्चार्ज हुनु भएको हो । “उहाँको सानो आन्द्राबाट भएको रक्तश्राव रोकिनुको साथै निमोनिया पनि पूर्णरुपमा ...
नेपाल–चीनबीच पारवहन सन्धिमा हस्ताक्षर हुन्छः परराष्ट्रविद्

नेपाल–चीनबीच पारवहन सन्धिमा हस्ताक्षर हुन्छः परराष्ट्रविद्

काठमाडौँ, २ असार । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा नेपाल–चीनबीच पारवहन तथा यातायातसम्बन्धी सन्धिमा हस्ताक्षर हुनसक्ने प्रवल सम्भावना रहेको परराष्ट्र मामिलाका जानकारहरुले संकेत गर्नुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा नेकपाका नेता एवं परराष्ट्र मामिलाका जानकार डा राजन भट्टराईले आगामी मंगलबारबाट हुने प्रधानमन्त्रीको चीन भ्रमणको अवसरमा पारवहन र यातायात क्षेत्रमा सहयोग आदानप्रदान सन्धि...
जग्गा कारोबारीको सम्पत्ति छानबिन हुने

जग्गा कारोबारीको सम्पत्ति छानबिन हुने

काठमाडौँ, २ असार । सरकारले वैज्ञानिक भू–उपयोग नीति र नयाँ ऐनको मस्यौदा तयारी गर्न पहिलोपटक राजधानीमा केही विज्ञसँग गोप्य र सरोकारवालासँग खुल्ला परामर्श शुरु गरेको छ । खेतीयोग्य जमिनलाई भू–माफियाले टुक्रा टुक्रामा विभाजन गर्ने र चर्को मूल्यमा घडेरीका नाममा पल्टिङ गरी बिक्री वितरण गरेका कारण जग्गाको वर्गिकरण गरी जमिनलाई बाँझो रहन र खण्डीकरण हुनबाट रोक्न गोप्य परामर्श गर्नुपरेको अधिकारीहरु बताउँछन...
थप हवाई मार्ग उपलब्ध गराउन भारत सहमत

थप हवाई मार्ग उपलब्ध गराउन भारत सहमत

काठमाडौँ, २ असार । भारतले उडान सुरक्षाको अध्ययनपछि नेपाललाई थप चार हवाई मार्ग उपलब्ध गराउन सहमत भएको छ । नेपाल र भारतका हवाई अधिकारीबीच भएको तीन दिने छलफलका क्रममा सो सहमति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नेपाल र भारतबीच थप हवाई मार्ग उपलब्ध गराउने विषयमा भएको द्विपक्षीय छलफलमा सहमति भए पनि केही विषयमा भने अध्ययन जरुरी देखिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । प्राधिकरणका प्...
आज मुसलमान समु्दायले इद उल फित्र पर्व मनाउँदै

आज मुसलमान समु्दायले इद उल फित्र पर्व मनाउँदै

काठमाडौँ, २ असार । अरबी पात्रो हिजरी सम्वत्अनुसार दशौं महिनाको पहिलो दिन शनिबार देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन्। शनिबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ। खुशीपूर्वक गरीबलाई दान गरिने भएकाल...
सप्तरीमा ४ महिनाकी गर्भवती महिलाको हत्या, ट्वाइलेटमा भेटियो शव

सप्तरीमा ४ महिनाकी गर्भवती महिलाको हत्या, ट्वाइलेटमा भेटियो शव

राजविराज, १ असार । सप्तरीको राजविराज नगरपालिका १५ मा एक जना गर्भवतीको हत्या भएको छ । राजविराज वडा नम्बर १५ मुसहर्नियाकी ४ महिने गर्भवती १७ वर्षीया वेचनकुमारी शाहलाई हत्या गरी ट्वाइलेटको रिङमा हालेको अवस्थामा शुक्रवार शव फेला परेको प्रहरी नायब उपरीक्षक भोवेश रिमालले बताए । गर्भवती रहेकी बेचनी कुमारीको करीब ४ र ५ दिनअघि नै हत्या भएको प्रहरीले जनाएको छ । हत्या गरी फालिएको अवस्थामा शव कुहिएर दुर्ग...
इस्लाम धर्मावलम्बीहरुले भोलि इदुल फित्र मनाउँदै

इस्लाम धर्मावलम्बीहरुले भोलि इदुल फित्र मनाउँदै

विराटनगर, १ असार । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुल फित्र मुस्लिमहरुले भोलि मनाउने भएका छन् । एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमानहरुले जेठ ३ गतेदेखि रोजा (व्रत) शुरु गरेका थिए । यसलाई रमजान पनि भनिन्छ । पर्व धुमधामसँग मनाउन इस्लाम धर्मावलम्बीहरुले सम्पूर्ण तयारी गरिसकेका छन् । रमजान महिनामा मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएकाले यस महिनालाई पवित्र महिनाका रुपमा पनि लिने ग...
विजुली चोर्दा चोर्दै दुई वडाअध्यक्ष पक्राउ

विजुली चोर्दा चोर्दै दुई वडाअध्यक्ष पक्राउ

काठमाडौँ, १ असार । पछिल्लो समय सरकारले विद्धुत चुहावट र चोरी गर्ने माथि कडाई गरिरहेका बेला विजुली चोरीमा संलग्न दुई वडाध्यक्षहरु पक्राउ परेका छन् । चोरी नियन्त्रणका लागि बिहीबार खटिएको नेपाल विद्युत प्राधिकरणको टोलीले काभ्रेको मण्डनदेउपुर नगरपालिका ७ का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका ५ का वडाध्यक्ष रामानन्द चौधरीलाई पक्राउ गरेको हो । गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्र...
बालीनालीलाई किराबाट बचाउने सेक्सी वनस्पती

बालीनालीलाई किराबाट बचाउने सेक्सी वनस्पती

काठमाडौँ, १ असार । जनावरहरुमा यौन आकर्षण पैदा भई भाले पोथीबीच समागम हुनु त नियम नै हो । तर वैज्ञानिकहरुले यस्तो बिरुवा तयार गरेका छन् जसले यौन आकर्षण पैदा गरी किराहरुलाई आफूतर्फ आकर्षित गर्दछ र आफ्नो जालमा पारिसकेपछि त्यस्ता किराहरुको हत्या गर्दछ । स्पेनका वैज्ञानिकहरुले वनस्पतीमा अनुवंशिक परिवर्तन गरी यस्तो गुणको विकास गराएका हुन् जसबाट बिरुवाले फेरोमोन्स नामक रसायन पैदा गर्दछ । फेरोमोन्स यस्त...
ज्वाइँको हत्या गर्ने ससुरासहित तीनजना पक्राउ

ज्वाइँको हत्या गर्ने ससुरासहित तीनजना पक्राउ

राजविराज, १ असार । सप्तरीको राजविराजमा कुटपीट गरेर एक युवकको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले युवकका ससुरासहित तीनजनालाई विहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–९, मलेठ निवासी रामदयाल साह, उनका २५ वर्षीय छोरा जयप्रकाश साह र छोरी अन्जना साह रहेको सप्तरीका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए । दुई दिन अगाडि रामदयाल साहले आफ्नै ज्वाइँ २६ वर्षीय दीपेन्द्र मण्डललाई कुटपिट गर...
राष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा दायर

राष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा दायर

न्यूयोर्क, १ असार । अमेरिकाको न्यूयोर्क राज्यले राष्ट्रपति ट्रम्पसमेतलार्इ विपक्षी बनाउँदै अदालतमा मुद्दा दायर गरेकाे छ । ट्रम्प फाउन्डेसनद्वारा संचालित एउटा परोपकारी संस्थाविरूद्ध न्यूयाेर्कले मुद्दा हालेको हाे । एक दशकभन्दा बढी समयदेखि कानुन मिचेको भन्दै रााष्ट्रपति ट्रम्पकको संस्थालाई मुद्दा लगाइएकाे समाचार एजेन्सीहरूले जनाएका छन् । अदालतले यस विषयमा कारबाहीको प्रक्रिया अघि बढाएको समेत जनाइए...
७७ जिल्लामा प्राथमिक तहका शिक्षकका लागि रोजगारीको अवसर

७७ जिल्लामा प्राथमिक तहका शिक्षकका लागि रोजगारीको अवसर

काठमाडौँ, १ असार । सामुदायिक विद्यालयको स्वीकृत रिक्त दरबन्दीमा खुला प्रतियोगितात्मक लिखित परीक्षाको माध्यमबाट स्थायी रुपले पदपूर्ति गर्नका लागि शिक्षक सेवा आयोगले विज्ञापन प्रकाशित गरेको छ । देशका ७७ वटै जिल्लामा प्राथमिक तह तृतीय श्रेणीको रिक्त पद परपूर्तिका लागि आयोगले विज्ञापन प्रकाशित गरेको हो । देशभर रिक्त रहेका ५,४९८ वटा खुल्ला तथा आरक्षित ४,४९८ पदका लागि आयोगले विज्ञापन प्रकाशित गरे...
थप हवाईमार्गबारे द्विपक्षीय छलफल शुरु

थप हवाईमार्गबारे द्विपक्षीय छलफल शुरु

काठमाडौँ, ३१ जेठ । नेपाल र भातरबीच थप हवाईमार्ग उपलब्ध गराउने विषयमा आजदेखि द्विपक्षीय छलफल शुरु भएको छ । हवाई यातायात थप सहज र सरल बनाउने लक्ष्यका साथ नेपालले थप हवाईमार्ग उपलब्ध गराउन लामो समयदेखि प्रयास गर्दै आएका सन्दर्भमा नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) र भारतको ‘एयरपोर्टस् अथोरिटी अफ इन्डिया (एएआई) प्रतिनिधिबीच भएको वार्तामा नेपाली पक्षका तर्फबाट प्राधिकरणका उपमहानिर्देशक एवं एयर नेभ...
भारत अधिनस्थ काश्मिरमा दोहोरो गोली हानाहान, दुइको मृत्यु

भारत अधिनस्थ काश्मिरमा दोहोरो गोली हानाहान, दुइको मृत्यु

काश्मिर, ३१ जेठ । भारत अधिनस्थ काश्मिरमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा परी एक सैनिक र दुई आतङ्ककारीको मृत्यु भएको छ । सरकार अधिकारीहरुले बुधबार सो जानकारी दिएका छन् । श्रीनगर शहरबाट करिब ६५ किलोमिटर उत्तरमा रहेको बान्दिपोरा जिल्लाको पाना जङ्गलमा दोहोरो गोली हानाहान भएको सरकारी स्रोतले जानकारी दिएको छ । जङ्गलमा भएको यस दोहोरो गोली हानाहानमा परी दुई आतङ्ककारी ...
परराष्ट्रमन्त्री स्वदेश फिर्ता

परराष्ट्रमन्त्री स्वदेश फिर्ता

काठमाडौँ, ३१ जेठ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली मंगोलियाको राजधानी उलानबटारमा आयोजित भूपरिवेष्टित विकासशील देशहरुको अन्तर्राष्ट्रिय विद्वत वर्ग (थिंक ट्यांक)को उद्घाटन सम्मेलनमा भाग लिएर आज बिहान स्वदेश फर्कनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राससलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले नेपाल र मंगोलियाबीच परराष्ट्र मन्त्रालयस्तरमा द्विपक्षीय परामर्श संयन्त्र गठन गर्ने सम्बन्धी स...
प्रधानमन्त्रीको चीन भ्रमणका कार्यसूची निर्धारण, नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास

प्रधानमन्त्रीको चीन भ्रमणका कार्यसूची निर्धारण, नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास

काठमाडौँ, ३१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी असार ५ गतेदेखि हुने चीनको औपचारिक भ्रमणका अधिकांश कार्यसूची निर्धारण भएका छन् । प्रधानमन्त्री ओलीबाट दुई वर्षअघि भएको चीन भ्रमणका बेला गरिएका द्विपक्षीय सन्धि सम्झौताको कार्यान्वयनमा केन्द्रित रहने यो भ्रमण नेपालको परिवर्तित राजनीतिक सामाजिक सन्दर्भमा समृद्धितर्फको यात्रालाई सफल बनाउन भौतिक पूर्वाधार निर्माणका केही परियोजनाहरुमा चिनियाँ सह...
error: Content is protected !!