वैज्ञानिकले यमग्रहबारे गरेको अनुमान असत्य

वैज्ञानिकले यमग्रहबारे गरेको अनुमान असत्य

काठमाडौँ, २३ जेठ । वैज्ञानिकले यमग्रहका विषयमा गरेको अनुमान असत्य भएको त्यहाँ पठाइएको अन्तरिक्षयानले खिंचेर पठाएका तस्वीरबाट प्रमाणित भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी र साउथ वेष्टर्न स्टेट कलेजले आज आयोजना गरेको नासाका अनुसन्धाता डा हेन्द्री थ्रूपसँगको संवादमा यमग्रहमा वायुमण्डल र पर्वत शृङ्खला पाइएको जानकारी गराइयो । यसअघि यमग्रहमा वायुमण्डल र पर्वत शृङ्खलाजस्ता बनोट नभएको अनुमान गरिएको थ...
प्रतिव्यक्ति छ लाख ५० हजार ठगेको आरोपमा पक्राउ

प्रतिव्यक्ति छ लाख ५० हजार ठगेको आरोपमा पक्राउ

काठमाडौँ, २३ जेठ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले गैरकानूनी रुपमा टर्की, इजिप्टलगायत मुलुक पठाउने व्यक्तिलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले विभिन्न प्रलोभन पारेर गैरकानूनी रुपमा अष्ट्रेलिया र क्यानडासमेत जान मिल्ने भनी प्रतिव्यक्ति रु छ लाख ५० हजारका दरले ठगेर फरार चितवनका २९ वर्षीय निरञ्जन भट्टराईलाई मंगलबार भृकुटीमण्डपबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । भट्टराईले प्रतिमहीना...
फेवातालमा डुबेको दश दिनपछि शव फेला

फेवातालमा डुबेको दश दिनपछि शव फेला

पोखरा, २३ जेठ । फेवातालमा डुबेर बेपत्ता भएका रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका बस्ने १८ वर्षीय सुप्रिल लामा १० दिनपछि मृतावस्थामा भेटिएका छन् । यही जेठ १३ गते पाँच जना साथीसँग फेवातालमा आफैँ डुङ्गा चलाएर घुमिरहेको अवस्थामा अचानक चट्याङ पर्दा डुङ्गाबाट खसेर बेपत्ता भएका लामाको शव आज अपराह्न पोखरा १८ रातोडाँडा नजिक तालमा तैरिएको अवस्थामा भेटिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड...
प्रधानसेनापति क्षत्री भारत भ्रमणमा

प्रधानसेनापति क्षत्री भारत भ्रमणमा

काठमाडौँ, २३ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्री भारतको छदिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । भारतीय सेनाका सेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणामा उहाँ आज भारत प्रस्थान गर्नुभएको नेपाली सेनाले जनाएको छ । उहाँलाई बलाधिकृत रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो । भ्रमणमा रहँदा प्रधानसेनापति क्षत्रीले देहरादुनस्थित भारतीय सेनाको एके...
चट्याङमा परेर दुईको मृत्यु, चार घाइते

चट्याङमा परेर दुईको मृत्यु, चार घाइते

हेटौँडा, २३ जेठ । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–९ मा गएराति परेको चट्याङका कारण एक नाबालकसहित दुई जनाको मृत्यु भएको छ । बकैया गाउँपालिका–९ च्याउँच्याउँमा चट्याङले ५५ वर्षकी छलीमाया थिङ र १५ महिनाको देव थिङको मृत्यु भएको हो । सोही गाउँमा चट्याङमा परी बिमला ब्लोन, निमेष ब्लोन, निश्मा ब्लोन र रञ्जु थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मन्त्रालय मातहतमा अब ५४ विभाग मात्र हुने

मन्त्रालय मातहतमा अब ५४ विभाग मात्र हुने

काठमाडौँ, २३ जेठ । संघीय संरचनामा केन्द्रीय मन्त्रालय मातहतमा ५४ वटामात्र विभाग हुने भएका छन् । यसअघि ६४ वटा विभाग हुने गरेकामा अब ५४ वटामात्र विभाग हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । अहिले रहेका २१ मन्त्रालयको काम र प्रकृति अनुसार पहिले रहेका १० वटा विभागलाई गाँभेर ५४ वटा मात्र विभाग बनाइएको हो । मन्त्रालयका सहसचिव समेत रहनुभएका प्रवक्त...
२ अर्ब लगानीमा गोसाईंकुण्डमा केबलकार निर्माण हुने

२ अर्ब लगानीमा गोसाईंकुण्डमा केबलकार निर्माण हुने

रसुवा, २३ जेठ । धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गराउने प्रदेश सरकारकोे निर्णयबाट रसुवावासी उत्साहित भएका छन् । गोसार्इंकुण्डमा केबलकार निर्माण गर्नेे अवधारण २०६० सालदेखि नै ल्याइए पनि विद्युत्को अभावमा कार्यान्वयनमा आउन सकेको थिएन् । चिलिमे जलविद्युत् कम्पनीले रसुवामा पहिलो पटक २२ मेघावाट विद्युत् उत्पादन गरेसँगै गोसार्इंकुण्डमा केबलकार निर्माण गर्ने आवधारणाले मूर्...
श्रीमतीलाई छिट्टै आउने आस देखाएका गायक अमर जिसी फर्किए बाकसमा

श्रीमतीलाई छिट्टै आउने आस देखाएका गायक अमर जिसी फर्किए बाकसमा

गुल्मी, २३ जेठ । श्रीमतीलाई फोनमा ‘अलिकती बिरामी थिएँ, अहिले ठिक भएको छ , चिन्ता नगर्नु, छिट्टै घर आउँछु’, भनेका ३० गायक समेत रहेका वर्षीय अमर जिसीको मंगलबार घरमा वाकसमा शव आउँदा उनका परिवारसहित  सिंगो शोकमग्न बन्यो । धुर्कोट गाउँपालिका वडा नम्वर ३ , साविकको हाडहाडे १, वर्दवासका अमर जिसीको  ४३ दिन अघि साउदी अरवमा मृत्यु भएको थियो । साउदी अरब पुगेको एक वर्ष नपुग्दै उनको मृत्यु भएको हो ।  ‘मृत्यु...
मोदीको भ्रमणपछि पोखरामा भारतीय पर्यटक बढे

मोदीको भ्रमणपछि पोखरामा भारतीय पर्यटक बढे

पोखरा, २३ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर र मुक्तिनाथ भ्रमण अघिसम्म विशेषतः दक्षिण भारतबाट बढी मात्रामा धार्मिक पर्यटक आउने गरेका थिए । मोदीको भ्रमणपछि भने दक्षिण भारतबाट मात्र नभइ उत्तर भारतका पर्यटक पनि मुक्तिनाथ लगायतका तीर्थस्थलको दर्शनका लागि आउने क्रम वृद्धि भएको छ । पछिल्लो समयमा पोखरा आउने भारतीय पर्यटकको संख्या उत्साहजनक रुपमा बढेको छ । “मोदीको मुक्तिनाथ र जनकपुर भ्रम...
सुनकाण्डमा माछा मार्ने क्रम जारी छ, ठूला माछा पनि पर्छन् : गृहमन्त्री

सुनकाण्डमा माछा मार्ने क्रम जारी छ, ठूला माछा पनि पर्छन् : गृहमन्त्री

काठमाडौं, २३ जेठ । गृहमन्त्री रामबहादुर थापाले सुनकाण्डमा माछा मार्ने क्रम जारी रहेको बताएका छन् । बुधबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले साढे ३३ किलो सुन तस्करी काण्डमा संलग्नहरु एक पछि अर्को पक्राउ परिरहेका र नयाँ तथ्यहरु खुलिरहेको बताएका हुन् । ‘माछा मार्न क्रम जारी छ । साना र मझौला माछा परेका छन्’ उनले भने ‘अनु्सन्धान जारी छ । त्यसैले आशा गरौं ठूला माछा पनि पर्न सक्छन् ।’ गृ...
३१ लाख ८० हजार भारतीय रुपैयाँसहित २ जना पक्राउ

३१ लाख ८० हजार भारतीय रुपैयाँसहित २ जना पक्राउ

पर्सा, २३ जेठ ।  भारी परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ परेका दुई भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी भारत विहार पूर्वी चम्पारण बेलवा निवासी चितरञ्जन प्रसाद र विहारकै मोतियारी पलनवा निवासी रोहित केशरीलाई सार्वजनिक गरेको हो । वीरगञ्जको रजतजयन्ती चोकबाट ३१ लाख ८० हजार भारतीय रुपैयाँसहित दुबै जनालाई मंगलबार बेलुका प्रह...
सुलीबाट बिजुली

सुलीबाट बिजुली

स्याङ्जा, भालुडाँडा, २३ जेठ । कुखुरापालन व्यवसाय निकै फस्टाएसँगै कुखुराको मासुमा आत्मनिर्भर बने पनि यसबाट निस्कने सुलीको उचित व्यवस्थापन नहुँदा वातावरणीय समस्या झेल्दै आएकामा अब नेपालमै सुलीबाट विद्युत् उत्पादन गर्न सकिने प्रविधिको विकास भएको छ । सामान्यरुपमा खेतबारीमा मलका रुपमा सुलीलाई प्रयोग गरिए पनि ठूला व्यावसायिक फर्मका लागि यसको व्यवस्थापन ठूलै चुनौतीका रुपमा रहेकामा अब त्यसबाट जैविक मलस...
कतार संकटको एक वर्ष, कतारका विदेशमन्त्रीद्वारा वार्ताका लागि आह्वान

कतार संकटको एक वर्ष, कतारका विदेशमन्त्रीद्वारा वार्ताका लागि आह्वान

दोहा, २३ जेठ । कतारका विदेशमन्त्री मोहम्मद विन अब्दुल्लाहरहमान अल थानीले आफ्ना विरुद्धमा छिमेकी देशहरुले नाकाबन्दी लगाएर संकट सिर्जना गर्न खोजेपनि कतार कमजोर नभएको बरु झन बलियो भएको बताउनुभएको छ । कतार विरुद्ध साउदी अरब र उसका छिमेकी देशले नाकाबन्दी गरेको एक वर्ष पुगेको छ । यसलाई खाडी क्षेत्रमा पछिल्लो केही समयदेखिको सबैभन्दा ठूलो कूटनीतिक संकटका रुपमा हेरिएको छ । गत वर्षको जुन ५ देखि सुरु भएक...
बिद्यालय छुट्टी भएर घर जाँदै गरेको विद्यार्थी माथि छुरा प्रहार

बिद्यालय छुट्टी भएर घर जाँदै गरेको विद्यार्थी माथि छुरा प्रहार

सर्लाही,  २३ जेठ । सर्लाहीको बयलबासमा रहेको नारायण माध्यमिक विधालयमा अध्यनरत एक विद्यार्थी माथि आज छुरा प्रहार भएको छ । विधालयको कक्षा ९ मा अध्यनरत इश्वरपुर नगरपालिका ५ सखुवनी निवासी कमल गोले माथि धारिलो हतियार छुरा प्रहार भएको विधालयलाई उद्रित गर्दै प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार विधालयको छुट्टी भएर घर जाने बेलामा विधालयको कम्पाउण्ड भन्दा बाहिर गोले माथि छुरा प्रहार भएको थि...
नारायणगढ-मुग्लिन सडक कालोपत्रे गरेर सकियो, दैनिक ६ घण्टा बन्द हट्यो

नारायणगढ-मुग्लिन सडक कालोपत्रे गरेर सकियो, दैनिक ६ घण्टा बन्द हट्यो

चितवन, २३ जेठ । बहुप्रतिक्षित नारायणगढ-मुग्लिन सडकखण्डको ३३.२ किलोमिटर कालोपत्रेले जोडिएको छ । यससँगै हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुँदै आएको बन्द पनि हटेको छ । मंगलबार राति १२ बजे चेपाङ्ग डाँडाको घुम्तीको ६० मिटर सडकमा पहिलो तहको कालोपत्रे गरेपछि सबै सडक कालोपत्रेले जोडिएको हो । अब सडकखण्डमा कहिँ पनि खाल्डाखुल्डी, धुलो र हिलोको समस्या हुने छैन । ‘सडक निर्माणका लागि भन्दै विहान ...
ग्वाटेमालामा पुनः ज्वालामुखी बिस्फोटः अहिलेसम्म ७२ को मृत्यु

ग्वाटेमालामा पुनः ज्वालामुखी बिस्फोटः अहिलेसम्म ७२ को मृत्यु

  काठमाडौँ, २३ जेठ । ग्वाटेमालामा पुनः ज्वालामुखी विस्फोट हुन थालेको छ । ज्वालामुखी बिस्फोटपछि आपत्कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन् । बीबीसीका अनुसार फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ । आइतबार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गइसकेको छ भने  भने अन्य कैयौँ हराइरहेका छन् । ज्वालामुखी विस्फोटका कारण १७...
पाल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा, २२ जेठ । माथागढी गाउँपालिकास्थित रुप्सेमा आज भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा माथागढी गाउँपालिका–३ का जीवन कुमाल रहेका छन् । रुप्सेबाट खहरेखोलातर्फ जाँदै गरेको लु ३ त १९५३ नं को ट्र्याक्टर रुप्सेको मोहने भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सोही ठाउँका राहुल कुमाल घाइते भएका छन् । उनको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्र...
गोली प्रहार गरी साढे ९ लाख लुट्ने लुटेरा सार्वजनिक

गोली प्रहार गरी साढे ९ लाख लुट्ने लुटेरा सार्वजनिक

कैलाली , २२ जेठ । एक साताअघि कैलालीको धनगढी उपहानगरपालिका–१, मेनरोडमा दिनदहाडै गोली प्रहार गरी ९ लाख ५० हजार रुपैयाँ लुट्ने लुटेरालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले आज पत्रकार सम्मेलनको आयोजना गरी लुटेको रकम मध्ये पाँच लाख ४८ हजार ६ सय नगद सहित लुटपाटमा संग्लन पाँच जनालाई सार्वजनिक गरिएको हो । लुटपाट घटनाका मुख्य योजनाकार सहित उनीहरुले लुटपाटमा प्रयोग ग...
प्रधानमन्त्रीको चीन भ्रमणमा रसुवागढी–काठमाडौँ रेल मार्ग प्राथमिकता

प्रधानमन्त्रीको चीन भ्रमणमा रसुवागढी–काठमाडौँ रेल मार्ग प्राथमिकता

काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा रसुवागढीबाट काठमाडौँसम्म रेल मार्ग निर्माणलाई प्राथमिकता दिइने भएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले नेपालको स्रोतले रसुवागढीबाट काठमाडौँसम्म रेल ल्याउन नसक्ने भएकाले सहयोग माग गर्ने तयारी भइरहेको बताए । ‘अनुदान, सहुलियत दरको ऋण र ऋण तीन प्रक...
त्रिभुवन विमानस्थलमा दमकल अभाव, नयाँ खरिद प्रक्रिया शुरु

त्रिभुवन विमानस्थलमा दमकल अभाव, नयाँ खरिद प्रक्रिया शुरु

काठमाडौँ, २२ जेठ । मुलुकको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि राखिएको दमकल पुरानो भएका कारण अत्यावश्यक सेवाका लागि समस्या पर्ने देखिएको छ । विमानस्थलमा रहेका पाँच वटा दमकलमध्ये दुई वटा दमकल पुरानो छ । तीमध्ये एउटा २५ वर्ष पुरानो हो भने अर्को २२ वर्ष पुरानो हो । बाँकी रहेका तीन वटा दमकलले विमानस्थलको समग्र अग्नि नियन्त्रणको काम गर्नुपरेको छ । गत फागुन २८ गते बंगलादेशी वायु सेवा...
‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा सघाउन अन्तर्राष्ट्रिय श्रम संगठन सकारात्मक

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा सघाउन अन्तर्राष्ट्रिय श्रम संगठन सकारात्मक

काठमाडौँ, २२, जेठ । स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित सञ्चालन हुने ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लाई सघाउन नेपालले राखेको प्रस्तावमा अन्तर्राष्ट्रिय श्रम संगठन सकारात्मक देखिएको छ । संगठनको १०७ औंँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनका क्रममा स्वीट्जरल्याण्डको जेनेभामा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले संगठनका महानिर्देशक गाय राइडरलाई आज भेटी सो आग्रह गर्नुभएको ...
एशिया प्रशान्त क्षेत्रीय बालविकास सम्मेलन शुरु

एशिया प्रशान्त क्षेत्रीय बालविकास सम्मेलन शुरु

काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले एशिया प्रशान्त क्षेत्रीय बालविकास सञ्जाल तथा प्रारम्भिक बाल हेरचाह र शिक्षा नीति मञ्चको संयुक्त अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपालको संविधानले बालअधिकारलाई मौलिक हकका रुपमा राखेकाले उनीहरुको हेरचाह, विकास र स्वास्थ्यका लागि सरकारले आवश्यक प्रबन्ध गर्ने जानकारी दिनुभयो । उहाँले गत महीना भएको विद्यार्थी भर...
लोकसेवा आयोगः तीनवर्षीय रणनीतिक योजना

लोकसेवा आयोगः तीनवर्षीय रणनीतिक योजना

काठमाडौँ, २२ जेठ । लोकसेवा आयोगले सातै प्रदेशमा संगठनलाई व्यवस्थित बनाउन तीनवर्षीय ‘रणनीतिक योजना’ निर्माण गरेको छ । करीब एक वर्षमा आयोगका कर्मचारी र विज्ञको सुझाव र समन्वयमा उक्त योजना तयार गरिएको र आयोगको ६८ औंँ वार्षिकोत्सवका अवसरमा आगामी असार १ गते सार्वजनिक गरिने सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । संघीय परिवेशमा आयोगको विश्वसनीयतालाई कायम राख्ने, योग्यता प्रणाली निर्धारण ...
नेपाललाई फलफूल बगैँचा बनाइने: प्रधानमन्त्री

नेपाललाई फलफूल बगैँचा बनाइने: प्रधानमन्त्री

काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरियालीमय र फलफूलमय नेपाल बनाउने सरकारको अभियानमा सहयोग पु¥याउन सबै तह र तप्काका नागरिकसँग आग्रह गर्नुभएको छ । ‘सिंहदरबार बगैँचा’मा लिची र एबोगार्डाेको बिरुवा रोपेर ‘एक नेपाली एक फलफूल’को बिरुवा अभियानको आज शुभारम्भ गर्दै उहाँले नेपाललाई फलफूल र हरियाली बनाउने अभियानमा योगदान पु¥याउन सबैसँग आह्वान गर्दै भन्नुभयो, “वन जोगाऔँ, वन बढाऔँ, फलफूल लगाऔ...
प्रि मनसुनी वर्षा: केही दिनभित्रै मनसुन भित्रने

प्रि मनसुनी वर्षा: केही दिनभित्रै मनसुन भित्रने

काठमाडौँ, २२ जेठ ।  प्रि मनसुनी गतिविधि सक्रिय बनेका कारण देशका विभिन्न स्थानमा बदली र वर्षा भएको छ । उक्त प्रणालीको प्रभावले काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ४३ र ओखलढुंगामा २९ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम सिमरामा एक मिलिमिटर वर्षा भएको छ । मौसमविद्को भाषामा केही दिनयता नेपालको मौसममा आएको फेरबदल पनि मनसुन श...
प्रधानमन्त्रीले सिंहदरबारमै रोपे लिची र एभोकार्डोको विरुवा

प्रधानमन्त्रीले सिंहदरबारमै रोपे लिची र एभोकार्डोको विरुवा

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन पर्ने फलफूल कुन हो ? उनका कतिपय निकट सहयोगीलाई पनि थाहा थिएन । तर मंगलबार ओलीले भने-मलाई सबैभन्दा मन पर्ने फलफूल लिची र एभोकार्डो हुन् । विश्व वातावरण दिवसका अवसरमा एक नेपाली एक फलफूल विरुवा रोप्ने अभियान आरम्भ गर्दै ओलीले आफूलाई मन पर्ने दुई फलफूलका विरुवा रोपे । सिंहदरबारको खाली जमिनमा उनले लिची र एभोकाडो रोप्दै भने ‘फलजति जनतालाई फूल जति ...
ग्वाटेमालमा ज्वालामुखी विस्फोटबाट मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो

ग्वाटेमालमा ज्वालामुखी विस्फोटबाट मृत्यु हुनेको सङ्ख्या ६५ पुग्यो

ग्वाटेमाला, २२ जेठ । ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या ६५ पुगेको छ । राजधानी शहरनजिकै अवस्थित स्थानमा एक शताव्दियताकै शक्तिशाली विस्फोट भएको पुष्टि गरिएको छ । उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीहरुले जनाएका थिए । फोएगो ज्वालामुखी भन्दा तल रहेका भिरालो क्षेत्रमा थप शवहरू फेला परेका भए तापनि र दर्जनौँ मानिसहरू हराइरहेका उल्ले...
बाजुरामा ४.९ रेक्टरको भूकम्प

बाजुरामा ४.९ रेक्टरको भूकम्प

बाजुरा, २२ जेठ । बाजुरामा आज बिहान ७ः१९ बजे भूकम्प गएको छ । बाजुरा र हुम्ला जिल्लाको सिमानाको जंगलमा केन्द्रविन्दु बनाएर ४ दशमलव ९ रिक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्रविधि अधिकृृत तीर्थ दाहालले जानकारी दिए । आज देशभरी विश्व वातारण दिवस मनाउन थालिएका बेला भूकम्प र वर्षाका कारण वातावरण नराम्ररी बिग्रिएको छ ।
लोकसेवा परीक्षा केन्द्र पुग्न चार मिनेट ढिला हुँदा छात्रद्वारा आत्महत्या

लोकसेवा परीक्षा केन्द्र पुग्न चार मिनेट ढिला हुँदा छात्रद्वारा आत्महत्या

काठमाडौँ, २२ जेठ । आइतबार आयोजित लोकसेवा परीक्षामा प्रवेश नपाएपछि भारतका २८ वर्षे छात्रले झुण्डिएर आत्महत्या गरेका छन् । कर्नाटकका २८ वर्षे  छात्र वरुण उत्तर दिल्लीस्थित पहाडगंज परीक्षा केन्द्र पुग्न ढिला भएपछि उनलाई परीक्षामा समावेश हुन नदिएपछि उनले राजेन्द्र नगरस्थित भाडाको कोठामा आत्महत्या गरेको पुलिसले जानकारी दिएको छ । स्रोतका अनुसार वरुण आइतबार पहाडगंजको केन्द्रमा पुग्नुको साटो अन्य सेन्...
म्याग्दीको कुहुँमा १७ औँ शताब्दीको सुरुङमार्ग भेटियो

म्याग्दीको कुहुँमा १७ औँ शताब्दीको सुरुङमार्ग भेटियो

म्याग्दी, २२ जेठ । म्याग्दीको मंगला गाउँपालिका–१, कुहूँको शिरानमा कुहुँ मालिका मन्दिर नजिकै रहेको १७ औँ शताब्दीको ऐतिहासिक सुरुङमार्ग भेटिएको छ । जिल्लाकै सबैभन्दा पुरानो सुरुङमार्ग भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा सो सुरुङमार्ग ओझेलमा परेको छ । बाइसे/चौबिसे राज्यअन्तर्गत तत्कालीन समयमा शक्तिशाली मानिएका राजा डिम्ब मल्लले शत्रुसँग सुरक्षित रहन प्रयोग गर्ने गरेको सो सुरुङमार्गको प्रचारप्...
दक्षिण एशियाको दोस्रो लामो दोधारा-चाँदनी झोलुंगे पुल चुँडिदै

दक्षिण एशियाको दोस्रो लामो दोधारा-चाँदनी झोलुंगे पुल चुँडिदै

कञ्चनपुर, २२ जेठ । कञ्चनपुरको महाकाली नदीको मल्टीस्पान झोलुंगे पुल ठाउँठाउँमा चुँडिन थालेको छ । पुलमा बिछ्याइएका धातुका पाता, फलामे डोरी र मुख्य रड मर्मत सम्भारको अभावमा चुँडिन थालेका छन् । एक हजार ४५२ मिटरमा बिछ्याइएका पाता र फलामे डोरी चुँडिएका छन् । महाकाली नगरपालिका–६ का वडाध्यक्ष दिलबहादुर सिजालीले चाँडै पुल टुट्ने अवस्थामा पुगेको बताए । पुलको धेरैजसो स्थानमा बिछ्याइएका पाता टुटेका र चारैत...
error: Content is protected !!