काठमाडौँ, १३ असार । टेकुको बागमती पुलमुनि कालो पाइन्ट र खैरो टिसर्ट लगाएकी अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको छ ।

Advertisement

पाँच फिट उचाई भएकी मंगोलियन वर्णकी उनको  निधारको माथिल्लो भागमा गहिरो चोट लागेको छ । सानेपा प्रहरीका अनुसार शवको प्रकृति हेर्दा उनको आजै राती मृत्यु भएको हुनसक्छ ।

अपराध महाशाखाका डिएसपी रुगम कुँवरका अनुसार युवतीको हातमा ‘आइलभ यु’ लेखेको ट्याटु देखिएको छ । शवको अझै सनाखथ हुन सकेको छैन ।

प्रहरीका अनुसार यसबारेमा अनुसन्धान हुँदैछ । थप विवरण आउन बाँकी ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!