अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाइने
काठमाडौँ, २२ साउन । युवा तथा खेलकूद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाउने निर्णय गरेको छ ।
आज मन्त्रालयमा सरोकारवाला निकायबीच भएको बैठकले यही साउन २४ देखि ३० गतेसम्म विभिन्न कार्यक्रम गरी सो दिवस साताव्यापी मनाउने निर्णय गरेको मन्त्रालयका सहायक प्रवक्ता महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए ।
कार्यक्रमअन्तर्गत सरोकारवाला संघसंस्थासँगको सहकार्यमा सरसफाइ, रक्तदान, सेवामूलक, चेतन...





























