महेन्द्रनगर, धनुषा, २५ साउन । मिथिला नगरपालिका– ८ जमुनिबासमा गए राति अज्ञात समूहले लाखौँको लुटपाट गरेको छ । लुटेराको गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् ।

Advertisement

लुटेराको गोली लागेर स्थानीयवासी ३८ वर्षीय पुष्पलाल श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बिहीबार राति डाँकाको समूहले श्रेष्ठको घरमा लुटपाट गर्नुका साथै उहाँँलाई गोली हानेको थियो ।

श्रेष्ठको तीघ्रामा गोली लागेको छ । उहाँलाई जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौँ लगिएको छ ।

लुटेराले श्रेष्ठको घरबाट सात तोला सुन, १५ तोला चाँदी र रु एक लाभन्दा बढी नगद लुटपाट गरेको छ । लुटपाटका क्रममा लुटेराको समूहले श्रेष्ठ परिवारका अन्य सदस्यलाई समेत कुटपिट गरेको वडा नं ८ का वडाध्यक्ष देवनारायण महतोले बताए ।

प्रहरी घटनास्थल पुग्नु अगावै लुटेरा भागेको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!