काठमाडौँ, २७ साउन । प्रतिनिधिसभाको आजको बैठकले लोकतन्त्र एवं गणतन्त्र स्थापनाका लागि सङ्घर्षरत प्रथम संसद्का प्रमुख प्रतिपक्षी दलका नेता भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

Advertisement

बैठकमा सभामुख कृष्णबहादुर महराले शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले उहाँको चीरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो ।

उहाँ विसं २०१५को पहिलो आमनिर्वाचनमा गोर्खा परिषद्का तर्फबाट धादिङ जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएका थियो । उहाँ नेपालको प्रथम संसद्मा प्रमुख प्रतिपक्षी दलका नेतासमेत हुनुभएको थियो ।

नेपाली काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य राणाको ९१ वर्षका उमेरमा भारतको कोलकातामा यही साउन २५ गते हृदयाघातबाट निधन भएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही साउन २८ गते अपराह्न १ बजे बस्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!