वायु प्रदूषणको कारण चीनमा १६ लाखको मृत्यु
काठमाडौं, २७ साउन । हामीकहाँ वायु प्रदूषणले कतिको मृत्यु हुन्छ ? यसको ठ्याक्कै तथ्यांक छैन । वायु प्रदूषणको कारण निम्तने रोग र त्यही रोगको कारण ज्यान गुमाउनेहरुको लेखाजोखा छैन । किनभने वायु प्रदूषणले एउटा मात्र रोग लाग्दैन । यसले नाक, कान, घाँटीमा समस्या ल्याउनेदेखि फोक्सोको क्यान्सरसम्म हुने गर्छ । छालामा समेत वायु प्रदूषणको सोझो असर पर्छ ।
काठमाडौं लगायत शहरी क्षेत्रमा वायुप्रदूषणको कारण उकुस...



























