पशुपतिमा बोल बम यात्रीसहित भक्तजनको भीड

पशुपतिमा बोल बम यात्रीसहित भक्तजनको भीड

काठमाडौँ, १४ साउन । साउन महिनाको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा बोल बम यात्रीसहित भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । उमाकुण्ड, जयवागेश्वरी र पिंगलास्थानबाट लाम लागेर पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनका लागि जान सकिने व्यवस्था गरिएको छ । लाम व्यवस्थित गरिएका...
आसाममा चालीस लाखसँग नागरिकता नरहेको विवरण सार्वजनिक

आसाममा चालीस लाखसँग नागरिकता नरहेको विवरण सार्वजनिक

गुवाहाटी, भारत, १४ साउन। भारतीय पूर्वोत्तर राज्य आसाममा ४० लाखसँग नागरिकता नरहेको सरकारी विवरण सार्वजनिक गरिएको छ । सन् १९५१ पश्चात् पहिलो पटक राष्ट्रिय नागरिक दर्ता एनआरसी कार्यालयले आज गुवाहाटीमा सार्वजनिक गरेको मस्यौदा विवरणमा यी व्यक्तिहरु छिमेकी बंगलादेशबाट आएका गैरकानुनी आप्रवासीहरु रहेको हुन सक्ने बताइएको छ । एनआरसीका संयोजक प्रतीक हजेलाका अनुसार रजिष्टरमा नामदर्ता गर्न राज्यका करिब ३ क...
सडक दुर्घटनामा एकै परिवारका १४ ले ज्यान गुमाए

सडक दुर्घटनामा एकै परिवारका १४ ले ज्यान गुमाए

हनोई, १४ साउन । मध्य भियतनामा सोमबार भएको एक सडक दुर्घटनामा एकै परिवारका १४ व्यक्तिले ज्यान गुमाएका छन् । विवाहको पार्टीको लागि गइरहेको एक भ्यानलाई ट्रकले ठक्कर दिंदा सो दुर्घटना भएको थियो । सो भ्यानमा बेहुला समेत रहेका प्रहरी स्रोतले जानकारी दिएको छ । मध्य भियतनाको क्वाङ नाम भन्ने स्थानमा भएको यस दुर्घटनामा बेहुला सहित एकै परिवारका अरु सदस्यको मृत्यु भएको थियो । उनीहरु स्थानीय समयाअनुसार सोमब...
त्रिभुवन विश्वविद्यालयद्वारा आर्थिक पारदर्शिता कायम राख्न सफ्टवेयर सञ्चालन

त्रिभुवन विश्वविद्यालयद्वारा आर्थिक पारदर्शिता कायम राख्न सफ्टवेयर सञ्चालन

काठमाडौंँ, १४ साउन । त्रिभुवन विश्वविद्यालयमा आर्थिक पारदर्शिता कायम गर्न ‘त्रिवि केन्द्रीय बेरुजु सूचना व्यवस्थापन सफ्टवेयर प्रणाली’ सञ्चालनमा ल्याइएको छ । सो सफ्टवेयरको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले आइतबार शुभारम्भ गरे । लेखापरीक्षण महाशाखाले आर्थिक पारदर्शिता कायम गर्न त्रिविका ३० शाखामा एकैसाथ सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याएको हो । ‘‘त्रिविको आर्थिक अनुशासन र पारदर्शिता कायम गर्...
विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको ज्यान गयो

विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको ज्यान गयो

काठमाडौँ, १४ साउन । चार महिनामा विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको ज्यान गएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ गतेदेखि साउन १२ सम्म डुबेर, आगलागी, डुंगा सवार, बाढी, पहिरो, लेक लाग्नु, चट्याङलगायतका विपद्का घटनाबाट मृत्यु भएको हो । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख शंकरहरि आचार्यका अनुसार यस अवधिमा डुबेर २७२, डुंगा पल्टिएर एक, आगालागीबाट १०, ब...
त्रिशूली जलविद्युत् केन्द्र पूर्णरुपमा सञ्चालन

त्रिशूली जलविद्युत् केन्द्र पूर्णरुपमा सञ्चालन

नुवाकोट, १४ साउन । आगलागीको कारण उत्पादन रोकिएको यहाँको त्रिशूली जलविद्युत् केन्द्रले पूर्णरुपमा विद्युत् उत्पादन गर्न थालेको छ । गत असार २६ गते आगलागी भएपछि पूर्णरुपमा विद्युत् उत्पादन गर्न नसकेको केन्द्रले आइतबारबाट पूर्णरुपमा उत्पादन गर्न थालेको केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिए। नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा २४ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्दको विद्युत् गृहको ज...
जोशीलाई प्रधानन्यायाधीश नबनाउने नेकपाको तयारी

जोशीलाई प्रधानन्यायाधीश नबनाउने नेकपाको तयारी

काठमाडौं, १४ साउन । सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्याधीश नबनाउने तयारी भइरहेको सत्तारुढ दल नेकपाका एक शीर्ष नेताले बताएका छन् । प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे निर्णय गर्न संसदीय सुनुवाई विशेष समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ । यसअघि दुई पटक बैठक स्थगित भएको थियो । आजको बैठकले भने जोशीबारे निर्णय गर्ने सुनुवाई समितिका एक सदस्यले बताए । स्रोतका अनुसार जोशीको सिफारिस...
बेपत्ता भएको ४७ वर्षपछि घर फिर्ता

बेपत्ता भएको ४७ वर्षपछि घर फिर्ता

लमजुङ, १४ साउन । लमजुङको बेसीसहर–२ भकुन्डे खत्रीगाउँका प्रेमबहादुर खडका बेपत्ता भएको ४६ वर्षपछि घर फर्केका छन् । मजदुरी गर्न बाल्यकालमै भारत गएका उनी २४ वर्षको उमेरमा घर आएका थिए । त्यसपछि पुन: भारत गएपछि बेपत्ता भएका थिए । भारत मेघालयस्थित गाई फार्ममा काम गरेका उनी ७० वर्षको बुढ्यौली उमेरमा शुक्रबार गाउँ फर्किएका हुन् । भकुन्डे क्षेत्रमा बसबाट ओर्लिएर उनी सोधखोज गर्दै गाउँसम्म आइपुगे । ‘खडका ग...
डोलेश्वर महादेब मन्दिरमा भक्तजनको भीड (फोटो फिचरसहित)

डोलेश्वर महादेब मन्दिरमा भक्तजनको भीड (फोटो फिचरसहित)

काठमाण्डौं, १४ साउन । भक्तपुरको सुर्यबिनायक नगरपालिका–८ सिपाडोलमा रहेको केदारनाथको शिर डोलेश्वर महादेब मन्दिरमा सोमबार भक्तजनको भीड लागेको छ । हिन्दू धर्मावलम्बीहरुका लागि बिशेष महत्वको दिन भएकाले पनि साउनको हरेक सोमबार डोलेश्वरमा भक्तजनको बिशेष भीड लाग्ने गर्छ । महादेब मन्दिर तथा सिवालयहरुमा साउन महिना भरनै पुजा आराधना गर्नेको भीड लाग्ने गरेको छ । डोलेस्वर महादेब मन्दिरमा पनि साउन महिनामा करिव...
धौलागिरि आधार शिविर पुग्ने पदमार्ग निर्माण

धौलागिरि आधार शिविर पुग्ने पदमार्ग निर्माण

म्याग्दी, १४ साउन । संसारको सातौँ अग्लो आठ हजार १६७ मिटर धौलागिरि हिमालको आधार शिविर पुग्ने पदमार्ग निर्माण भएको छ । पर्यटन विभागको सहयोगमा रघुगंगा गाउँपालिका–७ चिमखोलाका बासिन्दाले धौलागिरि आइसफल पदमार्गको कालीबराह खोलाको दोभानदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण गरेका हुन् । विभागको रु १० लाख सहयोगमा पहाडमा ढुंगाको सिँढीसहितको एक हजार ५०० मिटर पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका सदस्य ...
उत्तर कोरियालीमाथि निगरानी बढाउन सादा पोशाकमा प्रहरी

उत्तर कोरियालीमाथि निगरानी बढाउन सादा पोशाकमा प्रहरी

काठमाडौँ,१४ साउन ।  नेपालमा सञ्चालित उत्तर कोरियाली नागरिकका व्यापार–व्यवसाय बन्द गर्न संयुक्त राष्ट्रसंघले पत्राचार गरेपछि गृह मन्त्रालयले त्यसको यकिन विवरण उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । न्युयोर्कस्थित राष्ट्रसंघको स्थायी नियोगबाट परराष्ट्र मन्त्रालय हुँदै आएको पत्रबमोजिम गृह मन्त्रालयले उत्तर कोरियाली नागरिकले सञ्चालन गरेका होटल–रेष्टुरेन्टलगायतका व्यापार व्यवसाय त...
नेपालगञ्जमा हिन्दू संस्कारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु

नेपालगञ्जमा हिन्दू संस्कारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु

नेपालगञ्ज, १३ साउन । हिन्दू संस्कारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि यहाँ शुरु भएको छ । विश्व हिन्दू परिषद्ले आयोजना गरेको उक्त सम्मेलनमा हिन्दू संस्कार, नैतिक शिक्षालगायत विषयमा छलफल हुनेछ । सम्मेलनमा जर्मनी, भारत, अमेरिका, बहराइन, क्यानडालगायत ११ मुलुकका ७० जना धार्मिक विषयका ज्ञाता तथा नेपालका ५४ जिल्लाका करिब ३५० प्रतिनिधिको सहभगिता रहेको छ । हिन्दू संस्कारका लागि बाँके र बर्दियामा ...
उपत्यकाका पाँच नगर प्रमुखको भेला, चारबुँदे निर्णय सार्वजनिक

उपत्यकाका पाँच नगर प्रमुखको भेला, चारबुँदे निर्णय सार्वजनिक

भक्तपुर, १३ साउन । भूकम्पपछिको ऐतिहासिक सम्पदाहरुको पुनःनिर्माणका बारेमा काठमाडौँ उपत्यकाका ऐतिहासिक सम्पदा रहेको पुराना पाँच नगरपालिकाहरुको विशेष छलफलसहित चारबुँदे निर्णय गरेका छन् । आज इतिहास मै पहिलो पटक नगरपालिकाबीच सम्पदाको संरक्षण, पुनःनिर्माण र विकासका लागि नगरप्रमुखहरुले एकै ठाउँमा भेला भई गम्भीर छलफल गरी भएको चारबँुदे निर्णय सार्वजनिक गरेका हुन् । भक्तपुर नगरपालिकाले आयोजना गरेको काठम...
मिर्गाैला तस्करी गरेको आरोपमा पाँच पक्राउ

मिर्गाैला तस्करी गरेको आरोपमा पाँच पक्राउ

चितवन, १३ साउन । मिर्गाैला तस्करी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज जारी गरेको विज्ञप्तिमा विभिन्न मिति र स्थानबाट उनीहरुलाई पक्राउ गरेको उल्लेख गरिएको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्लाको पन्चकन्या गाउँपालिका–४ बस्ने ४१ वर्षीय हरि परियार भन्ने दुर्गाबहादुर दर्जी, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ बस्ने ३५ वर्षीय विक्रम पहरी, मकवानपुर जिल्...
विदेश पठाइदिने भन्दै ४२ लाख ठगी गर्ने तीन पक्राउ

विदेश पठाइदिने भन्दै ४२ लाख ठगी गर्ने तीन पक्राउ

काठमाडौँ, १३ साउन । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै पाँच व्यक्तिसँग रु ४२ लाख ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले उत्तर कोरियास्थित कृषि फार्ममा राम्रो रोजगारीको अवसर छ भनेर पाँच जना व्यक्तिसँग जनही रु सात लाख लिने सिन्धुलीका ३० वर्षीय रामबहादुर थापा, मकवानपुरका २७ वर्षीय दिनेश श्रेष्ठ र ३१ वर्षीया कल्पना ढुंगानालाई कपन र मह...
विश्व बाघ दिवसः वन्यजन्तुको प्राकृतिक मृत्युबारे चिन्ता

विश्व बाघ दिवसः वन्यजन्तुको प्राकृतिक मृत्युबारे चिन्ता

चितवन, १३ साउन । प्राकृतिक रुपमा बाघलगायत वन्यजन्तुको मृत्युबारे संरक्षणकर्मीले चिन्ता प्रकट गरेका छन् । विश्व बाघ दिवसको अवसरमा आज बिहान चितवनको रत्ननगरमा भएको अन्तक्र्रिया तथा सचेतनामूलक कार्यक्रममा सहभागीले वन्यजन्तुको प्राकृतिक मृत्युबारे चिन्ता व्यक्त गर्दै त्यसको कारण पत्ता लगाउनुपर्नेमा जोड दिए । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाल...
कर्मचारी समायोजन एक महीनापछि, पहिलो प्राथमिकता स्थानीय तह

कर्मचारी समायोजन एक महीनापछि, पहिलो प्राथमिकता स्थानीय तह

काठमाडौँ, १३ साउन । सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी परिपूर्तिका लागि सबैभन्दा पहिलो प्राथमिकतामा स्थानीय तहमा राखेको छ । स्थानीय तहमा जनताको प्रत्यक्ष काम हुने भएकाले कर्मचारी पठाउने पहिलो प्राथमिकतामा स्थानीय तहलाई राखिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले एक महीनापछि शुरु हुने कर्मचारी समायोजनमा सबैभन्दा पहिले स्थानीय तहमा कर्मचारी परिपूर्त...
चितवन राष्ट्रिय निकुञ्जमा ३ वर्षमा ११ बाघ मरे

चितवन राष्ट्रिय निकुञ्जमा ३ वर्षमा ११ बाघ मरे

चितवन, १३ साउन । चितवन राष्ट्रिय निकुञ्जमा विगत तीन आर्थिक वर्षमा विभिन्न कारणबाट ११ वटा बाघ मरेका छन् । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार मरेका बाघमध्ये आर्थिक वर्ष २०७२/७३ मा एउटा, २०७३/७४ मा एउटा र २०७४/७५ मा चारवटा बाघ जुधेर मरेका थिए । उक्त अवधिमा एउटा बुढो भएर, एउटा उपचारको क्रममा एउटा विषादी परेर मरेका थिए भने दुई वटा मर्नुको कारण खुल्न सकेको थिएन । पछिल्लो तथ्यांकअनुसा...
भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या छ सय पुग्यो

भारतमा बाढीका कारण मृत्यु हुनेको संख्या छ सय पुग्यो

नयाँदिल्ली, १३ साउन । भारतमा दुई हप्ताको अवधिमा बाढीका कारण मृत्यु हुनेहरुको संख्या छ सय पुगेको छ । स्थानीय सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार, हजारौँ घर डुबानमा परेका, बगेका र क्षतिग्रस्त भएका छन् । त्यसैगरी दशौँ लाख मानिस घरबारविहीन भएका छन् भने देशका छ प्रदेशमा बाढी र पहिरोको प्रकोप बढी देखिएको छ । भारतमा जुलाई र अगस्ट महिनामा अत्यधिक वर्षा हुने गर्दछ । भारतका टेलिभिजन च्यानलहरुले का...
किशोरी बलात्कारमा जानकारी दिन सरकारलाई निर्देश

किशोरी बलात्कारमा जानकारी दिन सरकारलाई निर्देश

काठमाडौँ, १३ साउन । सभामुख कृष्णबहादुर महराले कञ्चनपुरमा किशोरी बलात्कारका विषयमा सदनलाई जानकारी दिन सरकारलाई निर्देश दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य र विशेष समयमा सांसदले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको र शव उखुबारीमा फालिएको भन्दै दोषीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । सांसदको मागपछि सभामुख महराले सो घटनाका ...
इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प, १० को मृत्यु

इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प, १० को मृत्यु

जकार्ता, १३ साउन । इन्डोनेसियाको लोम्बोक प्रायःद्वीपमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पका कारण १० जनाको मृत्यु र ४० जना घाइते भएका छन् । बाली नजिकको लोकप्रिय पर्यटकीय गन्तव्य रहेको लोम्बोकमा ६.४ रिक्टर स्केलको भूकम्प गएको अधिकारीहरुले बताएका छन् । भूकम्पबाट दर्जनौं एकतले र ठूला घरहरु भत्किएका छन् । भूकम्पको धक्का बाली समेत धेरै टाढाटाढासम्म अनुभव गरिएको थियो । अमेरिकी जियालजिकल सर्भेका अनुसा...
जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय सोमबार हुने

जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय सोमबार हुने

काठमाडौँ, १३ साउन । भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय दिन आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक सोमबार दुई बजे बस्ने भएको छ । समितिको बैठक आज बिहान बस्ने भनिएता पनि दुई सांसदहरु पुष्पा भूसाल र जीतेन्द्र देव बाहिर हुनुभएको र समितिमा आवश्यक छलफल गर्न पनि बाँकी भएको हुँदा बैठक स्थगित भएको समितिका सदस्य सांसद निरु पालले जानकारी दिनुभ...
३६ लाख घुससहित रुपन्देहीका भवन तथा शहरी विकास कार्यालय प्रमुख इन्जिनियर पक्राउ

३६ लाख घुससहित रुपन्देहीका भवन तथा शहरी विकास कार्यालय प्रमुख इन्जिनियर पक्राउ

रुपन्देही,१२ साउन । रुपन्देहीका भवन तथा शहरी विकास कार्यालय प्रमुख इन्जिनियर सुरेश ठाकुर ३६ लाख रुपैयाँ घुससहित पक्राउ पररेका छन्। ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयलले पक्राउ गरेको अख्तियारका शाखा अधिकृत सुरेश भुसालले जानकारी दिएका छन् । आयोगको टोलीले ठाकुरलाई भैरहवाबाट पक्राउ गरेको हो। ठाकुरसहित उनकी श्रमीतलाई समेत नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। ठाकुर घुस वापतको ...
पौने तीन करोड राजश्व संकलन

पौने तीन करोड राजश्व संकलन

त्रिशूली, नुवाकोट, १२ । जिल्ला प्रशासन कार्यालय गत आर्थिक वर्षमा झण्डै रु पौने तीन करोड राजश्व असुल गर्न सफल भएको छ । कार्यालयले आव २०७४/७५ मा रु दुई करोड ६९ लाख ४० हजार ८९५ राजश्व संकलन गरेको जनाएको छ । शुक्रबार सार्वजनिक विवरणअनुसार प्रशासन कार्यालयले सबैभन्दा बढी राहदानीबाट राजश्व असुल गरेको छ । चार हजार ९६८ राहदानी वितरण गरेको जिप्रकाले राहदानीवापत रु दुई करोड ६० लाख दुई हजार ५०० राजश्व संक...
त्रिशूली बस दुर्घटना अपडेट: ६ को मृत्यु १६ घाइते, २३ जनाको उद्धार

त्रिशूली बस दुर्घटना अपडेट: ६ को मृत्यु १६ घाइते, २३ जनाको उद्धार

चितवन, ११ साउन । काठमाडौंबाट पोखरा हिँडेको बसलाई ट्रकले ठक्कर दिँदा बस त्रिशूलीमा खसेको छ। शुक्रबार दिउँसो यात्रुवाहक बस त्रिशूलीमा खस्दा १६ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको उद्दारमा खटिएका इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्मबहादुर केसीले बताए । उनका अनुसार ५/६ जनाको मृत्यु भएको हुनसक्ने भए पनि पुष्टि भने नभएको उनले बताए । अहिलेसम्म २३ जनाको उद्धार गर...
इरानको अमेरिकालाई चेतावनीः तिमी युद्ध सुरु गर, अन्त्य हामी गर्छौं

इरानको अमेरिकालाई चेतावनीः तिमी युद्ध सुरु गर, अन्त्य हामी गर्छौं

काठमाडौँ, ११ साउन । इरान र अमेरिकाबीचको तनाव लगातार बढिरहेको छ । यी दुई देशले एक अर्कालाई लगातार धम्की दिइरहेको छ । बिहिबार इरानले अमेरिकालाई अर्को धम्की दिएको छ । इरानको विशेष सेनाका एक कमान्डरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई धम्की दिएका छन् । उनले भने, ‘यदि अमेरिकाले इरानमाथि हमला गरे अमेरिकाको सबैकुरा ध्वस्त पारिदिन्छौं ।’ मेजर जनरल कासिम सुलेमानीको भनाई उद्धृत गर्दै इरानी समाचार एजेन...
पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो

पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो

चितवन,११ साउन । पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ । शुक्रबार दिउँसो चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल बस खसेको हो । दुर्घटनामा परेको ना ६ ख २५०६ नम्बरको बस नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या

१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या

काठमाडौँ, ११ साउन । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। भीमदत्त नगरपालिका–१८ निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको हो। बिहीबार उनको घर नजिकै उखुबारीमा बलात्कारपछि हत्या भएको बुझिएको छ। उनको हत्या गरिएको अवस्थामा शुक्रबार बिहान मात्रै शव फेला परेको छ। घरदेखी १ किलोमिटरको दुरीमा खोलापारी रहेको उखुबारीभित्र उनको हत्या गरेर फालिएको अवस्थामा शव भ...
भक्तपुर पोखरा सिधा बस सेवा शुरु, सेवा उद्घाटन

भक्तपुर पोखरा सिधा बस सेवा शुरु, सेवा उद्घाटन

भक्तपुर, ११ साउन । आजबाट भक्तपुर–पोखरा सिधा बस सेवा सञ्चालन भएको छ । आज बिहान सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले बस सेवा शुभारम्भ गर्नुभएको हो । उहाँले यस क्षेत्रलाई नगरपालिकाले पर्यटकीय गन्तव्य क्षेत्रका रुपमा घोषणा गर्न लागेको जानकारी दिँदै सूर्यविनायक नगरपालिकामा पर्यटन विकासको मुख्य आधार बनाउने कार्यक्रम अगाडि ल्याइरहेको बेलामा पर्यटक बस सेवा सञ्चालनले पर्यटन विकासमा थप मद्दत पुग...
आज राति खग्रास चन्द्रग्रहण लाग्ने, यि राशि भएका व्याक्तिलाई लाभ मिल्ने

आज राति खग्रास चन्द्रग्रहण लाग्ने, यि राशि भएका व्याक्तिलाई लाभ मिल्ने

काठमाडौँ, ११ साउन ।  २०७५ साल साउन ११ गते राति  पूर्णिमा तिथिका दिन तदनुसार २०१८ जुलाई २७/२८ मा खग्रास चन्द्र ग्रहण लाग्नेछ । एक्काईसौ शताब्दिको सबैभन्दा लामो चन्द्रग्रहण नेपाल लगाएत भारत, एशिया, रुस, युरोप, अस्ट्रेलिया,  लगायत केहि अफ्रिका र उत्तरी अमेरिका सहित विश्वका अधिकांश ठाउँबाट देखिनेछ । केहि समय फिक्का रातो र केहि समय पुरै रातो देखिने भएकोले यसलाई ब्लडमुन पनि भनिएकोछ । यो संयोग लगभग १००...
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता

नवलपरासी, ११ साउन । भारतसँग सिमाना जोडिएको पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले उच्च सतर्कता अपनाएको जनाएको छ । सीमा क्षेत्रमा शान्ति सुरक्षासहित दशगजा क्षेत्रको अतिक्रमण रोक्ने र सीमा स्तम्भ (पिलर) को समेत रेखदेखका साथै आपराधिक क्रियाकलाप, चोरी तथा तस्करी नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको सशस्त्र प्रहरी उपरीक्षक गाहारधन राईले जानकारी दिनुभय...
error: Content is protected !!