स्थानीय तहको चुनाव लाग्यो, मतदाता नामावलीमा नाम छ कि छैन हेर्नुहोस्
काठमाडौं । स्थानीय तहको चुनावको मिति घोषणा भएपछि केन्द्रदेखि गाउँठाउँ सम्म नै उत्साह छाएको छ । बुधबार निर्वाचन आयोगले कार्यतालिका नै सार्वजनिक गरेपछि चुनावको प्रक्रिया पनि सुरु भएको हो । स्थानीय चुनावले १४ वर्षदेखि स्थानीय निकायमा जनप्रतिनिधिबिहीन अवस्थाको अन्त्य सँगै विकास निर्माण, सार्वजनिक सेवा प्रवाह सहज बन्ने नागरिकको अपेक्षा छ । वैशाख ३१ गते हुने चुनावको तयारीका लागि आयोगका कर्मचारी काममा जु...
