संगालोखबर सम्वाददाता

धनकुटा, १५ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा मतदान अधिकृत र सहायक मतदान अधिकृत कार्यस्थलमा खटाईने तयारी गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि मतदान तथा मतगणना कार्यविधिबारे प्रशिक्षण दिइरहेको जनाएको छ । प्रशिक्षण कार्य सकेपछि आईतवारदेखि कार्यस्थलमा खटाइने जिल्ला निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले संगालोखबरलाई जानकारी दिए ।

Advertisement

पहिलो चरणमा महालक्ष्मी नगरपालिकासहित चौबिसे र सॉगुरीगढी गाउ‘पालिका तथा दोस्रो चरणमा धनकुटा र पाख्रीबास नगरपालिकासहित खाल्सा छिन्ताङ सहिदभुमि तथा छथर जोरपाटी गाउ‘पालिकामा खटाइने कर्मचारीलाई प्रशिक्षण दिईएको निर्वाचन अधिकारी रेग्मीले बताए ।

मतदान अधिकृत र सहायक मतदान अधिकृतसहितको जनशक्तिलाई निर्वाचन कार्यालयले शनिवार र आइतवार नियुक्ती पत्र प्रदान गरेपछि कार्यस्थलमा खटाउने भएको छ ।

प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा १ लाख ५ हजार १ सय ८८ मतदाता छन् । जसमा ५३ हजार २ सय ५४ महिला र ५१ हजार ९ सय ३४ पुरुष छन् ।

१ सय १७ मतदान स्थल रहेको धनकुटामा १ सय ५३ मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी केशब पौडेलले जानकारी दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!