अपहरणका मुख्य योजनाकार पत्रकार पुजन पक्राउ
काँकडभिट्टा,२२ असोज । जीवन विष्ट अपरहण काण्डका मुख्य योजनाकार रहेका पत्रकार पुजन घिमिरे पाँच महिनापछि पक्राउ परेका छन् ।
झापाको विर्तामोडमा रहेको विष्टको करोडौंँ मूल्य पर्ने जग्गा हडप्नका लागि अपहरणको योजना बनाएका घिमिरे हिजो अदालतमा उपस्थित भएपछि पक्राउ गरिएको हो ।
अदालतमा उपस्थित भएका उनले डेढ करोड रुपैयाँको धरौटी रकम बुझाउन नसकेपछि आइतबार नै उनलाई जिल्ला कारागार झापा चलान गरिएको छ ।
जिल्ला अ...



















