संगालोखबर सम्वाददाता

धनकुटा, १० असोज । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा बुधबारदेखि हुँने खुल्ला भलिवल प्रतियोगिताको तयारी पुरा भएको छ ।दशैको अवसर पारेर छथर जोरपाटी गाउँपालिका–३ पिङडाँडामा आयोजना गरिएको प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक शुभ–प्रभात यूथ क्लवले जनाएको छ ।

गतबर्ष आयोजित भलिवल प्रतियोगिता । फाईल तस्वीर

तीन दिनसम्म सञ्चालन हुँने प्रतियोगितामा ११ टिमवीच खेल हुँने आयोजक शुभ–प्रभात यूथ क्लवका सचिव बिजय लिम्बुले संगालोखबरलाई जानकारी दिए ।

Advertisement

उनका अनुसार प्रतियोगिताको बिजेता टिमले नगद २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र र द्धतिय हुँनेले १० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउँनेछ ।

मौलो मेला र नृत्य प्रतियोगिता

दशैको अवसरमा छथर जोरपाटी गाउँपालिका–३ पिङडाँडामा आगामी शुक्रवार मौलो मेला तथा निशान यात्रा र नृत्य प्रतियोगिता पनि हुँने भएको छ ।

हरेक बर्षझै यो बर्षपनि मन्दिरबाट निसान निकालेर मौलोडाँडा परिक्रमा गराई मन्दिरमा समापन गरिनेछ ।

निशान परिक्रमा गराईदै । फाईल तस्वीर

नवमीको दिन मेलासँगै नृत्य प्रतियोगिता र भलिवल प्रतियोगिताको पनि फाईनल खेल हुँने शुभ–प्रभात यूथ क्लवका सचिव बिजय लिम्बुले जानकारी दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!