- संगालोखबर सम्वाददाता

धनकुटा, २२ असोज । धनकुटाका एक जना कराते खेलाडी आठौं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागि हुँने भएका छन । भारतको जयपुरमा यहि असोज २५ देखि २८ गतेसम्म हुँने प्रतियोगितामा धनकुटा नगरपालिका–४ देव्रेवासका कराते खेलाडी सक्ती राई सहभागि हुँने भएका हुन ।

प्रतियोगितामा सहभागि हुँन भारत जाँन लागेका खेलाडी राईलाई जिल्ला खेलकुद विकास समितिले आईतबार विदाई गरेको छ ।

Advertisement
कराते खेलाडी राईको विदाई कार्यक्रम पश्चात सामुहिक तस्वीर खिचाईदै ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नविन प्रधान, कोषाध्यक्ष मनोज राई, प्रशिक्षक डिपलव राई लगायतले खेलाडी राईलाई विदाई गर्दै खेल सफलताको शुभकामना दिएका हुन ।

४२ केजी समुहको उक्त प्रतियोगितामा नेपालबाट राईसँगै टिम कोच, ब्यावस्थापसहित १५ जनाको टोली आईतबार वेलुकै त्यसतर्फ प्रस्तान गरेको छ । नेपाली टोलीमा धनकुटासँगै पूर्वको झापा, सुनसरी, ईलाम लगायत जिल्लाका खेलाडीहरु पनि सहभागि छन ।

कराते खेलाडी राईलाई विदाई गरिदै ।

प्रतियोगितामा नेपालसँगै भारत, वंगलादेश, भुटान, श्रीलंका लगायत देशका खेलाडी पनि सहभागि हुँने बताईएको छ । धनकुटाका खेलाडीले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा तेस्रो पटक सहभागिता जनाउँन लागेको प्रशिक्षक डिपलव राईले जानकारी दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!