काठमाडौं, १० असोज। लोकतान्त्रिक फोरमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देव र भूमिसुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहितलाई सरकारबाट फिर्ता बोलाउने भएको छ ।

Advertisement

कार्यसम्पादन समिति बैठकमा मन्त्रीद्वयले गरेको भूमिका सन्तोषजनक नभएको आवाज उठेपछि पार्टीले उनीहरुलाई दशैंलगत्तै फिर्ता बोलाउने तयारी गरेको छ ।

बैठकमा अधिकांश नेताहरुले मन्त्री हेरफेर गर्न माग गरेका थिए । त्यसपछि उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रीसमेत रहेका पार्टी अध्यक्ष विजयकुमार गच्छदारले मन्त्रीद्वय देव र दहितलाई दशैंलगत्तै फिर्ता बोलाउने जानकारी गराएका थिए ।

पार्टी उपाध्यक्ष रामजनम चौधरीले देव र दहितलाई दशैंलगत्तै मन्त्रीबाट फिर्ता बोलाइने बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!