- संगालोखबर सम्वाददाता

धनकुटा, २१ असोज । धनकुटाको पाख्रीवासमा जुवाको खालबाट पक्राउ परेका १२ जना विरुद्ध प्रहरीले मुद्दा दायर गरी कारबाही प्रकृया अघि बढाएको छ ।

गोप्य सुचनाको आधारमा पाख्रीवास बजारका दिलबहादुर गुरुङको घरमा गत बुधबार अपरान्ह प्रहरीले छापा मारेर जुवाको खालबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

Advertisement
धनकुटा जिल्ला अदालत । तस्वीर: संगालोखबर

पक्राउ परेकाहरु विरुद्ध जुवा ऐन अन्र्तगत मुद्दा दायर गरी कारबाही प्रकृया सुरु गरिएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिएका छन ।

उनीहरु विरुद्ध प्रहरीले जिल्ला अदालत धनकुटामा मुद्दा दायर गरी अनुसन्धानका लागि म्याद थप गरेको हो ।   जुवा खेलिरहेको अवस्थामा छापा हान्दा जुवाको खालबाट साँढे तीन लाख नगदसहित १६ वटा कौडा र तीन वुङ तास पनि बरामद भएको थियो ।

जुवा खेल्नेहरुलाई नियन्त्रणमा लिएर जुवाको खालमा बरामद भएको नगद गन्दै प्रहरी ।

गुरुङको घरमा जुवा खेल्ने गरेको सुचना पाएपछि धनकुटाबाट प्रहरी प्रमुख राजभण्डारीको नेतृत्वमा गएको प्रहरी टोलीले घरमा छापा हानेर उनीहरुलाई पक्राउ गरेको हो ।

चाडपर्वको समयमा अवैध रुपमा खेलिने जुवातास रोक्नका लागि कडाई गरिएको प्रहरी प्रमुख राजभण्डारीले बताएका छन ।

जुवाको खालबाट पक्राउ पर्नेहरुको नामावली : 

१. पाख्रीवास नगरपालिका–४ का ४४ बर्षीय कोपिन्द्र मानन्धर ।

२. पाख्रीवास नगरपालिका–४ का ३६ बर्षीय रामकुमार राई ।

३. पाख्रीवास नगरपालिका–४ का ५० बर्षीय पदमप्रसाद गुरुङ्ग ।

४. पाख्रीवास नगरपालिका–५ का ३६ बर्षीय गोपाल भनिने दुपिन्द्र कार्की ।

५. पाख्रीवास नगरपालिका–४ का २७ बर्षीय थर्कबहादुर राई ।

६. पाख्रीवास नगरपालिका–४ का ३४ बर्षीय शिव वरुवाल ।

७. पाख्रीवास नगरपालिका–४ का ४२ बर्षीय लालबहादुर पाख्रिन ।

८. पाख्रीवास नगरपालिका–४ का ५२ बर्षीय मेघराज राई ।

९. पाख्रीवास नगरपालिका–४ का ५० बर्षीय दिलबहादुर गुरुङ्ग ।

१०. पाख्रीवास नगरपालिका–४ का ३१ बर्षीय हरेम राउत ।

११. पाख्रीवास नगरपालिका–४ का ७४ बर्षीय राजमान सिंह राई ।

१२. भोजपुर हतुवागढी गाउँपालिका–६ का ३८ बर्षीय रोसन राई ।

 

यसअघि प्रकाशित समाचार पनि हेर्नुहोस्…

पाख्रीवासमा प्रहरीको छापाः जुवाको खालबाट १२ जना पक्राउ, साँढे तीन लाख वरामद 

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!