झापा, १९ असोज । झापा र मोरङमा भारतीय पिकअप र ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन ।
झापाको कमल गाउँपालिका–५ साबित्रा चौकमा आज बिहान भारतीय नम्बरको पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको एस.के.०१ जे.१७७० नम्बरको पिकअपले ‘मर्निङ वाक’ का क्रममा कमल गाउँपालिका–५ आइतबारेका ४५ बर्षीय खेम चौलागाइलाई विहान ४ बजे ठक्कर दिएको हो ।
ठक्करबाट गम्भिर घाइते चौलागाईको लाईफ लाईन अस्पताल दमकमा उपचारका क्रममा करिव साँढे चार बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ठक्कर दिने पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङमा भारतीय ट्रकको ठक्करबाट मोटरसाईकल चालक घाईते
यता मोरङको पथरी–शनिश्चरे नगरपालिका–२ हरीयाली वन कार्यालय अगाडी भारतीय ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक घाईते भएका छन ।
भारतीय नम्बर एच र ३३ ई ५७१५ नम्बरको ट्रकले को.१७ प. ९३१ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालक पथरी–शनिश्चरे नगरपालिका–२ का ४५ बर्षीय बिरकुमार राई घाइते भएका हुन् ।
घाइते राईको न्युरो अस्पताल विराटनगरमा उपचार भइरेहको छ । घटना पश्चात फरार भएका ट्रक चालकको खोजी भईरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।