- संगालोखबर सम्वाददाता

धनकुटा, १६ असोज । कोशी राजमार्गको भेडेटार–धनकुटा सडक खण्ड स्थित धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा सोमबार बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

Advertisement

धरानबाट धनकुटा तर्फ आउँदै गरेको को १ ख.५७६८ नम्बरको बसले दिउँसो बिपरित दिसाबाट आउँदै गरेको को २९ प.१०९३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।

ठक्करबाट गंम्भिर घाईते मोटरसाईकल चालक मोरङ लेटाङ नगरपालिका–८ बुधबारेका ५० बर्षीय कृष्ण श्रेष्ठलाई उपचारकालागी धरानस्थित बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो ।

घाईते श्रेष्ठको उपचारका क्रममा दिउँसो करिव २ बजे मृत्यु भएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले संगालोखबरलाई जानकारी दिए । ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!