- संगालोखबर सम्वाददाता

धनकुटा, १६ असोज । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवामा कुटपिटबाट एक युवा घाईते भएका छन । राम बजारमा आईतबार साँझ कुटपिट हुँदा स्थानीय २५ बर्षीय समिर पाण्डे घाईते भएका हुन ।

कुटपिटबाट घाईते पाण्डेलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ ।

Advertisement

पाण्डेलाई स्थानीय २७ बर्षीय किरण कुँवर र महालक्ष्मी–३ चानुवाका २२ बर्षीय मिलन खड्काले कुटपिट गरेको लेगुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रामकृष्ण बरुवालले संगालोखबरलाई जानकारी दिए ।

लेगुवाको राम बजार । फाईल तस्वीर

माधक पदार्थ सेवनका कारण घटना भएको प्रहरीको भनाई छ । कुटपिटमा संलग्न कुँवर र खड्कालाई लेगुवा प्रहरी चौकीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई सोमबार दिउँसो अभिभावकको रोहवरमा छाडिएको लेगुवाका प्रहरी सहायक निरीक्षक बरुवालले बताएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!