- संगालोखबर सम्वाददाता

धनकुटा, १८ असोज । धनकुटाको पाख्रीवासमा प्रहरीले आज छापा मारेर जुवाको खालबाट १२ जनालाई पक्राउ गरेको छ । जुवाको खालबाट ३ लाख ४५ हजार नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

गोप्य सुचनाको आधारमा पाख्रीवास बजारका दिलबहादुर गुरुङको घरमा छापा मारेर १२ जनालाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिएका छन ।

उनका अनुसार जुवाको खालबाट नगदसहित १६ वटा कौडा र तीन वुङ तास पनि बरामद भएको छ ।

जुवा खेल्नेहरुलाई नियन्त्रणमा लिएर जुवाको खालमा बरामद भएको नगद गन्दै प्रहरी ।

गुरुङको घरमा जुवा खेल्ने गरेको सुचना पाएपछि धनकुटाबाट प्रहरी प्रमुख राजभण्डारीको नेतृत्वमा गएको प्रहरी टोलीले घरमा छापा हानेर उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याईएको छ ।  उनीहरु विरुद्ध मुद्धा दायर गरी कारबाही प्रकृया सुरु गरिने प्रहरी प्रमुख राजभण्डारीले बताएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!