धनकुटा, १० असोज । धनकुटामा मंगलबार सम्पन्न ‘पूर्वाञ्चल सिङगिङ्ग स्टार’ को पहिलो चरणको अडिसनबाट ८ जना छनौट भएका छन । ‘युवा प्रतिभा गायन, खोजी हाम्रो अभियान’ भन्ने नाराका साथ सञ्चालित ‘पूर्वाञ्चल सिङगिङ्ग स्टार’ को पहिलो अडिसन पार गर्दै छ महिला र दुई पुरुष दोस्रो चरणमा प्रवेश गरेका हुन ।

पहिलो अडिसन पार गर्दै अदिति अधिकारी, कविता बस्नेत, सारदा बिश्वकर्मा, योगेन्द्र लिम्बु, तारादिप लिम्बु, जुनु खालिङ राई, अप्सरा बिष्ट र लिला भट्टराई दोस्रो अडिसनका लागि छनौट भएको ‘पूर्वाञ्चल सिङगिङ्ग स्टार’ का निर्णायक तथा गायिका हेमु स्मृती चोङवाङले संगालोखबरलाई जानकारी दिईन् ।

Advertisement
पहिलो अडिसनबाट छनौट भएका प्रतियोगिहरु । तस्वीर: संगालोखबर

जसमध्ये अदिति अधिकारी उत्कृष्ट छनौट भएकी छन । प्रतियोगीहरु छनौटका लागि गायिका हेमु स्मृती चोङवाङ र गायक ईन्द्र सुसिल चोङवाङ निर्णायकको भूमिकामा थिए । अव कात्तिक ११ गते धरानमा दोस्रो चरणको अडिसन हुँदैछ ।

पूर्वाञ्चल बागीना कला केन्द्र धरानको आयोजनामा गायन प्रतिभाको खोजि गर्ने उद्धेश्यले भदौ ३० गतेबाट ‘पूर्वाञ्चल सिङगिङ्ग स्टार’ सुरु भएको हो ।

यसअघि पूर्वका ताप्लेजुङ पाँचथर, इलाम, झापा, मोरङ, संखुवासभा, भोजपुर र तेह्रथुममा भएको पहिलो चरणको अडिसन पार गर्दै १ सय ९ जना छनौट भएका छन ।

अडिसनमा गीत गाउँदै प्रतियोगि अदिति अधिकारी । तस्वीर: संगालोखबर

यसपछि खोटाङ, उदयपुर, सोलुखुम्वु, ओखलढुंगा र सुनसरीमा असोज ३१ गतेसम्ममा पहिलो चरणको अडिसन सम्पन्न हुँने आयोजक सस्थाका प्रमुख भक्तिराज राईले बताए ।

उनका अुनसार यसअघि चार पटक ‘पूर्वाञ्चल सिङगिङ्ग स्टार’ छनौट गरिएको थियो । अव बिजेता बन्ने ‘पूर्वाञ्चल सिङगिङ्ग स्टार’–५ हुनेछन ।

पहिलो अडिसनका थप तस्वीरहरु हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!