अब कोरियाबाट नेपालमा रकम पठाउन सहज

अब कोरियाबाट नेपालमा रकम पठाउन सहज

असोज,२४ असोज । दक्षिण कोरिया सरकारले साना मनि ट्रान्सफर कम्पनीलाई पनि रकम पठाउने अनुमति दिएको छ । साना कम्पनीलाई पनि रकम पठाउन अनुमति दिएसँगै अब कोरियाबाट रकम पठाउन सहज हुने प्रवासी मजदुर संगठन (एमटियु) का प्रचारप्रसार विभाग प्रमुख मधुसुदन ओझाले बताउनुभयो । यसअघि बैंकहरुलाई मात्रै रकम ट्रान्सफर गर्ने अनुमती थियो । अनुमती पाएसँगै ग्लोबल मनि एक्सप्रेस (जिएमई) ले मंगलबार बाटै सेवा सुरु गरेको छ । अ...
सरकार पुर्नगठन र चुनाव सार्ने काम अमान्य : रावल

सरकार पुर्नगठन र चुनाव सार्ने काम अमान्य : रावल

धनगढी, २४ असोज । नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले चुनावको मुखमा सरकार पुनर्गठन गरी चुनाव सार्ने काम भएमा आफूहरुलाई मान्य नहुने बताउनुभएको छ । एमाले प्रदेश नं ७ को निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एमाले ७ नं प्रदेशका सयोजक समेत रावलले वाम एकताको आलोचना गर्नुभन्दा अन्य दलसँग गठबन्धन बनाएर अगाडि बढ्न काँग्रेसलगायत दललाई सल्लाह दिनुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचन...
इलाममा दुई लाख १० हजार मतदाता

इलाममा दुई लाख १० हजार मतदाता

इलाम, २४ असोज । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि इलाममा दुई लाख १० हजार ५७५ मतदाता पुगेका छन् । जिल्ला निर्वाचन कार्यालय, इलामका अनुसार गत साउन १ गतेदेखि भदौै ३ गतेसम्म सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली संकलन कार्यबाट १७ हजार २७१ जना मतदाता थपिएका हुन् । निर्वाचन कार्यालयका अनुसार आठ हजार ७३८ पुरुष र आठ हजार ५३३ जना महिला मतदाता रहेका छन् । आगामी प्रदेश सभा र प्रतिनिधि ...
वामपन्थी दलबीचको एकता सकारात्मक : थापा

वामपन्थी दलबीचको एकता सकारात्मक : थापा

विराटनगर, २४ असोज ।  राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान सरकारको स्थायित्व र सुनिश्चितताका लागि आफ्नो पार्टीले समर्थन गरेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ‘नेकपा(माओवादी केन्द्र)ले विपक्षी दल नेकपा(एमाले)सँग चुनावी तालमेल र पार्टी एकीकरण गर्ने निर्णय गरेपछि वर्तमान सरकार अल्पमतमा पर्न सक्ने, मुलुकमा अस्थिरता उत्पन्न हुन सक्ने र निर्वाचन धरापमा पर्न सक्न...
प्रजातन्त्र बलियो भएमात्र मुलुक समृद्ध बन्छ :सिंह

प्रजातन्त्र बलियो भएमात्र मुलुक समृद्ध बन्छ :सिंह

काठमाडौँ, २४ असोज । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्र बलियो भएमात्र मुलुक समृद्ध हुने बताउनुभएको छ । गैरआवसीय नेपाली संघ (एनआरएन)को अन्तरराष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज आफ्नै निवास ठमेलस्थित चाक्सीबारीमा आयोजित चियापानमा नेता सिंहले प्रजातन्त्र बलियो बनाउन एनआरएनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको हो । “नेपालको राष्ट्रिय राजनीति चुनावी माहोलमा होमिए...
आगलागीबाट तीन लाखको क्षति

आगलागीबाट तीन लाखको क्षति

विराटनगर, २४ असोज । मोरङ र सुनसरीमा सोमबार साँझ आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ । मोरङको सुन्दरहरैंचा–९ पीपलचौर बस्ने रुद्र कार्कीको ग्वालीमा आगलागी हुँदा ग्वालीमा रहेका सम्पूर्ण सामान जली रु एक लाख ५० हजार बराबरको क्षति भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । त्यस्तै सुनसरीको इनरुवा–७ बस्ने हेमराज ढुंगानाको गाईगोठमा विद्युत् चुहिई आगलागी हुँदा रु एक लाख ५० हजार बर...
बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ घाईते

बाँकेमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ घाईते

वाँके, २४ असोज । वाँकेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको । दुर्घटनामा परी ११ जना घाईते भएका छन । काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको बस अनियन्त्रित भई बाँकेको राप्ती सोनारी गाउँपालिका १ लौकी खोलामा दुर्घटना भएको हाे। दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना यात्रु गम्भीर घाइते भएको प्रहरीले बताएको छ।  मंगलबार बिहान साढे १० बजेतिर बस सडकबाट १५ फिट तल खोलाम...
एमाले नेता साहको घाँटी रेटेर हत्या

एमाले नेता साहको घाँटी रेटेर हत्या

सिरहा । सिरहामा एमालेका स्थाानीय नेताको हत्या भएको छ । कर्जन्हा नगरपालिका १० प्रयोगपुरका ३८ वर्षीय शशिभूषण साहको गएराति हत्या भएको हो । घरमा सुतिरहेका साहको घाँटी काटेर अज्ञात समूहले हत्या गरेको सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले बताए । काठको दुई तल्ले घरको भुइँतल्ला कोठामा साह र माथिल्लो कोठामा घरका अन्य सदस्यहरु सुतेका थिए । कर्जन्हा नगरपालिका १० मा एमालेको तर्फबाट वडा सदस्य उम्मे...
एक लाख म्यादी प्रहरीका लागि भर्ना आव्हान

एक लाख म्यादी प्रहरीका लागि भर्ना आव्हान

काठमाडौं,२४ असोज । प्रदेश र केन्द्रको चुनावी सुरक्षाका लागि सरकारले करिव एक लाख हजार म्यादी प्रहरीको भर्ना गर्ने भएको छ । यसका लागि आज दरखास्त आह्वान गरिएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गरी निर्वाचन अवधिभर ५५ दिनका लागि ९८ हजार दुई सय ६८ म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो। दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेको उमेर हद ...
‘माथिको’ आदेश भन्दै प्रदेश राजधानी सिफारिस रोकियोः यस्तो छ प्रस्तावित राजधानी

‘माथिको’ आदेश भन्दै प्रदेश राजधानी सिफारिस रोकियोः यस्तो छ प्रस्तावित राजधानी

काठमाडौं,२४ असोज । अधिकारसम्पन्न संघीय प्रशासन पुनःसंरचना समितिले सोमबार सातवटै प्रदेशको सम्भावित राजधानी तोकेर सरकारसमक्ष सिफारिस गर्ने तयारी गरे पनि अन्तिम समयमा रोकिएको छ। समितिले केही दिनदेखि लगातार गृहकार्य गर्दै संघ र प्रदेशमा रहने मन्त्रालयको अन्तिम खाका र सातवटै प्रदेशको सम्भावित राजधानीसमेत तोकिसकेको थियो । समितिले सोमबार सातवटै प्रदेशको सम्भावित राजधानी तोकेर सरकारसमक्ष पठाउने अन्तिम त...
माछा मार्न गएका बालक खोलाले बगाएर बेपत्ता

माछा मार्न गएका बालक खोलाले बगाएर बेपत्ता

म्याग्दी,२४ असोज ।  माछा मार्न म्याग्दी खोलामा गएका एक बालक तीन दिनदेखि बेपत्ता भएका छन् । म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो दुखुका १२ वर्षीय सिमन पुन बेनपा–४ तातोपानीको फापरखेत पहिरोनजिक माछा मार्ने क्रममा आइतबार खोलाले बगाएर बेपत्ता भएका हुन् । सरस्वती मावि तातोपानीमा कक्षा ५ मा अध्ययनरत पुनसँगै खोलाले बगाएका अर्का बालक पौडी खेलेर बाहिर आएको स्थानीयवासी केशव कँडेलले जानकारी दिनुभयो । बेपत्...
रौतहटमा करेन्ट लागेर एकको मृत्युु

रौतहटमा करेन्ट लागेर एकको मृत्युु

रौतहट,२४ असोज । जिल्लाको कटहरिया नगरपालिकास्थित निर्माणाधीन बाबा बैजुुनाथ सुुगर एण्ड केमिकल्स मिलमा करेन्ट लागेर एकजना मजदुुरको मृत्युु भएको छ । कटहरिया नपा–९ डुुमरिया टोलस्थित निर्माणाधीन चिनी मिलमा तार जोड्ने क्रममा सोमबार राति वडा नं ७, फत्तेपुर घर भएका ३० वर्षीय प्रमोद यादवको करेन्ट लागेर घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको इलाका प्रहरी ...
तेह्रथुममा ६६ हजार ७०० मतदाता

तेह्रथुममा ६६ हजार ७०० मतदाता

तेह्रथुम,२४ असोज । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जिल्लाबाट साढे ६६ हजारभन्दा बढी मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन कार्यालयका अनुसार जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकाका ६६ हजार ७४१ जना मतदाताले प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि मतदान गर्ने भएका हुन् । जिल्लामा गत असारको स्थानीय तहको निर्वाचनमा भन्दा छ हजार २० जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्य...
प्रहरीले पूर्वसूचनालाई बेवास्ता गर्दा राजधानीमा मारिए व्यवसायी

प्रहरीले पूर्वसूचनालाई बेवास्ता गर्दा राजधानीमा मारिए व्यवसायी

काठमाडौं,२४ असोज । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई गत पुसमा गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका नौजना पुर्पक्षका लागि अहिले पनि जेलमा छन् । माघमा पक्राउ परेलगत्तै उनीहरुले प्रहरीलाई सूचना दिएका थिए, ‘मनोज पुन नेतृत्वमा रहेको हाम्रो समूहले अब काठमाडौं ताक्दैछ ।’ पुनका सहयोगीहरुले दिएको पूवसूचनालाई प्रहरीले सदुपयोग गर्न सकेन । यो समूहमाथि ९ महिनाअघि सार्थक हस्तक्षेप हुन नसक्द...
माओवादी मन्त्री हटाए समर्थन फिर्ता लिने फोरमको चेतावनी

माओवादी मन्त्री हटाए समर्थन फिर्ता लिने फोरमको चेतावनी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुनर्गठनका लागि संघीय समाजवादी फोरम बाधक रहेको बताएका छन् । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारसँगको छलफलमा देउवाले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट माओवादी मन्त्री हटाए आफ्नो पार्टीले समर्थन फिर्ता लिने चेतावनी दिएको गुनासो गरेको हुन् । यादवको भनाइ उद्धृत गर्दै देउ...
‘ए मेरो हजुर २’ पछि झरनाले ‘भागवत गीता’ बनाउने

‘ए मेरो हजुर २’ पछि झरनाले ‘भागवत गीता’ बनाउने

काठमाडौँ, २३ असोज। ‘ए मेरो हजुर २’ को सफलतापछि अभिनेत्री झरना थापाले फिल्म ‘भागवत गीता’ बनाउने घोषणा गरेकी छन्। चलचित्र पत्रकार संघ दाङले आयोजना गरेको सात्क्षाकार कार्यक्रममा झरनाले नयाँ फिल्म बनाउने घोषणा गरेकी हुन्। हरिहर अधिकारीको कथा रहेको ‘भगवत गीता’को कथा तयार भएको पनि कार्यक्रममा जानकारी दिइएको छ। होम प्रोडक्सनबाट सुनिल कुमार थापाले निर्माण गर्ने ‘भागवत गीता’ को यो बर्षको अन्त्यबाट छायाँ...
सरकारलाई कमल थापासहित १९ साँसदको समर्थन

सरकारलाई कमल थापासहित १९ साँसदको समर्थन

काठमाडौ,२३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित १९ जना साँसदले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन जनाएको छ । अध्यक्ष थापासहित १९ जना साँसदले सोमबार संसद सचिवालयमा सरकारलाई समर्थन जनाएको पत्र दर्ता गराएका हुन ।‘मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमको पृष्ठभूमिमा प्रतिनिधिसभा तथा प्रदेशसभाको आगामी चुनाव सुनिश्चित गर्न राप्रपाले बर्तमान सरकारलाई समर्थन...
गुगलको इयरफोनबाट नेपालीसहित ४० भाषाको अनुवाद

गुगलको इयरफोनबाट नेपालीसहित ४० भाषाको अनुवाद

बुधबार गुगलले आफ्नो नँया स्मार्टफोन पिक्सेल २ सार्वजनिक गर्‍यो। तर त्यो स्मार्टफोनसँगै सार्वजनिक गरिएको वायरलेस इयरफोनले भने बढी चर्चा पाएको छ। यसको खास कारण हो, त्यो इयरफोनको अनुवाद क्षमता। सो इयरफोनको सहयोगमा एकअर्काको भाषा नजानेका दुई व्यक्तिले सहजै कुराकानी गर्न सक्नेछन्। ‘पिक्सेल बड्स’ भनिएको सो इयरफोनले उही समयमै ४० भाषाको अनुवाद गर्न सक्दछ। र अर्को सुखद् पक्ष के छ भने भाषाहरुको सूचीमा ने...
राष्ट्रप्रति समर्पित हुन राष्ट्रकविको आह्वान

राष्ट्रप्रति समर्पित हुन राष्ट्रकविको आह्वान

काठमाडौं,२३ असोज । राष्ट्रकवि माधवप्रसाद घिमिरेले स्रष्टाहरुलाई राष्ट्रप्रति समर्पित हुन आह्वान गरेका छन् । राष्ट्रकवि घिमिरेले हरेक सचेत नागरिकहरु राष्ट्रप्रति जिम्मेवार हुनुपर्नेमा पनि जोड दिए । कालिका एफएमको १५ औं वार्षिकउत्सवको अवर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  साहित्य सृजनाको माध्यामबाट मुलुकलाई समृद्ध बनाउन सबै स्रष्टाहरुको ध्यान जानुपर्ने पनि उल्लेख गरे ...
यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

काठमाडौं,२३ असोज । प्रतिनिधिसभा र प्रदेशसभाका लागि मंसिर १० र २१ गते दुई चरणमा चुनाव हुँदैछ । निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ७३१ मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ । नयाँ क्षेत्र निर्धारणपछि हुन लागेको चुनाव भएकाले मतदाताहरुको निर्वाचन क्षेत्र हेरफेर पनि भएको छ । मतदाताका हिसावले सवैभन्दा बढी मतदाता रहेका १० जिल्लामा झापा, मोरङ, सुनसरी, धनुषा, सर्लाही, बारा, काठमाडौं, चितवन, रुपन्देह...
चाँदीका गहनासहित एक युवक पक्राउ

चाँदीका गहनासहित एक युवक पक्राउ

लहान,२३ असोज । प्रहरीको गस्ती टोलीले आज बिहान सिरहा नगरपालिका–१७ बाट चाँदीका गहनासहित एकजनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको स५प ६३३६ नंको मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका–९ निवासी ३६ वर्षीय राजेश्वर साहलाई अवैध चाँदीका गहनासहित पक्राउ गरेको हो । पक्राउ परेका साहको साथबाट मोती जडान भएको चाँदीको ब्रासलेट १३ थान, मोतीबिनाको चाँदीको ब्रासलेट छ थान, चाँदीको सिक्री २० थान, चाँदीक...
जिल्ला अदालत काभ्रेका नासु घूससहित रंगेहात पक्राउ

जिल्ला अदालत काभ्रेका नासु घूससहित रंगेहात पक्राउ

काठमाडौं,२३ असोज । जिल्ला अदालत काभ्रेका नायव सुब्बा राजेन्द्र खत्री घुस लिँँदै गर्दा पक्राउ परेका छन् । सेवाग्राहीसँग रकम मागेको सूचना आधारमा गएको अख्तियारको टोलीले खत्रीलाई १ लाख २५ हजार घुस लिँदै गर्दा पक्राउ गरेको हो । उनलाई धुलिखेल बसपार्कबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता जीवराज कोइरालाले बताए ।
शान्तिनगरमा गोली लागेका व्यावसायी गौचनको मृत्यु

शान्तिनगरमा गोली लागेका व्यावसायी गौचनको मृत्यु

काठमाडौं,२३ असोज । काठमाडौंको शान्तिनगरको प्रयागमार्गमा गोली प्रहार गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको निधन भएको छ। गोली लाग्नासाथ मिनभवनस्थित सिभिल अस्पताल पुर्याइएका गौचनको बाटोमै निधन भइसकेको डिएसपी रवि पौडेलले जानकारी दिए। प्रहरीका अनुसार उनलाई टाउको, बायाँ कोखा र छातीमा तीन गोली लागेको थियो। मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए। उनीहरुक...
सिट संख्या टुङ्ग्याउन ओलीलाई भेट्दै भट्टराई

सिट संख्या टुङ्ग्याउन ओलीलाई भेट्दै भट्टराई

काठमाडौं,२३ असोज । नयाँशक्तिले पाउने सिटका सम्बन्धमा छलफल आज नयाँशक्तिका संयोजक बाबुराम भट्टराई र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट हुने भएको छ। एमाले माओवादी केन्द्र र नयाँशक्तिबीच चुनावी तालमेल र एकताको घोषणा भएको हप्ता दिन बितिसक्दा पनि नयाँशक्तिले पाउने सिट संख्या तय नगरिँदा नयाँशक्ति असन्तुष्ट छ। तीन दलबीच १७ असोजमा चुनावी तालमेल र पार्टी एकताको निर्णय हुँदा एमाले र माओवादी केन्द्रबीच ६...
काठमाडौंको शान्तिनगरमा व्यवसायीमाथि गोली प्रहार

काठमाडौंको शान्तिनगरमा व्यवसायीमाथि गोली प्रहार

काठमाडौं ,२३ असोज । काठमाडौंको शान्तिनगरमा गोली चलेको छ। अज्ञात समूहले केहीबेर अघि मात्र निर्माण ब्यवसायी संघका अध्यक्ष शरदकुमार गौचन माथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ। गाेली लागेर घाइते भएका गौचनलाई निजामति अस्पतालमा उपचार हुँदै छ।गोलीकाण्डबारे छानबिन भइरहेको महानगरीय प्रहरीले जनाएको छ।
सुनको भाउ बढयो

सुनको भाउ बढयो

काठमाडौं,२३ असोज । आज पनि नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुन प्रतितोला २ सय रुपैयाँ बढेको छ भने चाँदी पाँच रुपैया बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन ५६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी ७ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो सात सय ६० रुपैयाँ थियो ।
धनकुटाबाट प्रधानमन्त्रीलाई राप्रपाको ज्ञापनपत्र

धनकुटाबाट प्रधानमन्त्रीलाई राप्रपाको ज्ञापनपत्र

धनकुटा, २३ असोज । नेपालमा हिन्दुराष्ट्र स्थापनाका लागि जनमत संग्रहको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी धनकुटाले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती मार्फत राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाईएको हो । ज्ञापनपत्र हस्तान्तरणका लागि जिल्ला अध्यक्ष बालानन्द भुर्तेलको नेतृत्वमा राप्रपाका नेता कार्यकर्ताहरु दिउँसो जिल्ला प्रशासन ...
सुन आयात ५० प्रतिशतले बढ्यो

सुन आयात ५० प्रतिशतले बढ्यो

काठमाडौं,२३ असोज । सरकारले झिटीगुन्टा अन्तर्गत सुन ल्याउन पाउने व्यवस्था हटाएपछि बैंकबाट सुन आयात ह्वात्तै बढेको छ । चालु आर्थिक वर्ष सुरु भएको ७७ दिनमा बैंकहरुले एक हजार पाँच सय ५० किलोे सुन आयात गरेका छन् । यो अघिल्लो आवको तुलनामा ५० प्रतिशतभन्दा बढी हो । गत वर्ष यही अवधिमा एक हजार किलो सुन आयात भएको थियो । सरकारले सुन आयात गर्न २० वाणिज्य बैंकलाई अनुमति दिएको छ । सरकारले पहिले वैदेशिक रोजग...
पाथिभरा दर्शन गरी फर्किएका तीर्थयात्री बोकेको जिप दुर्घटना,दुईजनाको मृत्यु

पाथिभरा दर्शन गरी फर्किएका तीर्थयात्री बोकेको जिप दुर्घटना,दुईजनाको मृत्यु

ताप्लेजुङ,२३ असोज । पाथिभरा दर्शन गरी फर्किएका तीर्थयात्री बोकेको जिप आज दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मे१ज १३०८ नंको जिप फुङ्लिङ नगरपालिका–१० भालुगौडे– सुकेटार पाथीभरा सडकखण्डमा दुर्घटना हुँदा जिपमा सवार उर्लाबारी–४ की २५ वर्षीया अनिता थापा घिमिरे र ३० वर्षीय होमराज घिमिरेको मृत्यु भएको हो । अनिताको घटनास्थलमै तथा होमराजको उपचारका क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यु भएको प्रहरी...
क्रम भंगता गर्न नयाँ इतिहास तय भएको छ : प्रचण्ड

क्रम भंगता गर्न नयाँ इतिहास तय भएको छ : प्रचण्ड

काठमाडौं,२३ असोज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले, माओवादी र नयाँ शक्तिबीच नयाँ गठबन्धन बन्नु क्रमभंगता भएको बताएका छन् । अध्यक्ष प्रचण्डले नेपालमा वामशक्तिहरुको धु्रविकरणसँगै नेपालमा कम्युनिष्ट केन्द्रको निर्माण गर्ने अभियान सुरु भएको पनि बताए । पार्टीको भातृ संगठन वाईसिएलको स्कुलिङ कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने ‘प्रकृतिमा होस् या योजनामा,...
तेह्रथुमसहित उच्च पहाडी भेगमा पाइने बहुमूल्य जडीबुटी पाँचऔंले अवैध चोरी निकासीले लोप हुँदै

तेह्रथुमसहित उच्च पहाडी भेगमा पाइने बहुमूल्य जडीबुटी पाँचऔंले अवैध चोरी निकासीले लोप हुँदै

तेह्रथुम,२३ असोज । तेह्रथुमसहित उच्च पहाडी भेगमा पाइने बहुमूल्य जडीबुटी पाँचऔंले लोप हुँदै गएको छ। अन्तर्राष्ट्रिय बजारमा यसकोे मूल्य अकासिएपछि अवैध चोरी निकासी बढेकाले यो वनस्पति लोप हुँदै गएको हो।  कोशी पहाडका तेह्रथुम र संखुवासभा, मेची पहाडका ताप्लेजुङ र पाँचथरका उच्च क्षेत्रमा पाइने पाँचऔंलेको मूल्य अकासिएकाले समय अगावै टिप्न थालेपछि जंगलमा बीउ समेत मासिन थालेको तीनजुरे हात्तीसार सामुदायिक ...
error: Content is protected !!