- संगालोखबर सम्वाददाता

धनकुटा, १९ असोज । धनकुटाको पाख्रीवासमा आज मारुती भ्यान दुर्घटना हुँदा चार जना घाईते भएका छन । मुगाबाट पाख्रीवास बजार तर्फ आउँदै गरेको ग.१ च २९८ नम्बरको मारुती भ्यान बिहान करिव साँढे १० बजे पाख्रीवास–४ कटेलडाँडामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी दुई जना गंभीर घाईते भएका छन भने दुई जनाको अवस्था सामान्य रहेको पाख्रीवासका प्रहरी नायव निरीक्षक युवराज गुरुङले संगालोखबरलाई जानकारी दिएका छन । उनका अनुसार भ्यानमा सवार करिव २५ बर्षीय रामकुमार राई र पाख्रीवास–१० चुङवाङकी ५० बर्षीया सरिता पोख्रेल गंभीर घाईते भएका छन ।

गंभीर घाईते दुवैलाई धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ । ठेगाना नखुलेका घाईते राईको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाईते मोरङ केरावारी–६ की ४६ बर्षीया चन्द्रमाया गिरी र एक वालकको पाख्रीवास पोलिक्लिनिकमा उपचार भईरहेको प्रहरीले जनाएको छ । भ्यानमा १२ जना सवार थिए ।

क्षमताभन्दा बढी यात्रु बोकेको भ्यान उकालो सडकमा अगाडी गुड्न नसक्दा पछाडी सरेर करिव १५ मिटर तल खोल्सीमा खसेको प्रत्यक्षदर्सी स्थानीय खेम घिमिरेले जानकारी दिएका छन । भ्यान चालक मोरङ उर्लावारी–२ का भानु पोख्रेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!