अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु

अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु

जितपुर, कपिलवस्तु, १९ माघ ।  कपिलवस्तुमा अन्तर्राष्ट्रियस्तरको कुस्ती (दंगल) प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । शुद्धोधन गाउँपालिका लभनीको आयोजनामा तीनदिने ‘विराट अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता’ बिहीबारदेखि शुरु भएको हो । स्थानीयस्तरमा रहेका खेलाडीको विकास र शारीरिक विकास सँगसँगै नेपाल र भारतका खेलाडीबीचको आपसी मैत्रीभाव विस्तार गर्ने मुख्य उद्देश्यका साथ तीनदिने कुस्ती (दंगल) प्रतियोगिताको...
वाईफाई भन्दा सयौं गुणा फास्ट चल्ने इन्टरनेट प्रविधि लाईफाई आउदै

वाईफाई भन्दा सयौं गुणा फास्ट चल्ने इन्टरनेट प्रविधि लाईफाई आउदै

एजेन्सी : आधुनिक डिजिटलको संसारमा नयाँ इन्टरनेट सेवा आउने भएको छ। वाईफाई भन्दा सयौ गुना तिव्रगतिको इन्टरनेट सेवा भारतले परीक्षण गरिरहेको छ। नयाँ इन्टरनेट लाईफाईले एलईडी बल्ब मार्फत पनि काम गर्न सक्छ। एउटा प्रतिवेदन अनुसार भारत सरकारले परीक्षण गरिरहेको यो प्रविधिलाई छिटै प्रयोग ल्याउन सकिने छ। फाइबर नभएको स्थानमा लाईफाई प्रयोग ल्याउन सकिने छ। सुचना प्रविधि मन्त्रलायले लाईफाई पाईलट प्रोजेक्टमा पर...
‘ग्यालेक्सी ए८ प्लस’ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक

‘ग्यालेक्सी ए८ प्लस’ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक

काठमाडौं, १९ माघ । सामसङले ‘ग्यालेक्सी ए८ प्लस’ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन तथा धेरै विशेषताहरु भएको भनिएको उक्त फोनको मूल्य बजारमा ५९ हजार नौ सय ९० रुपैयाँ तोकिएको छ । यस ग्यालेक्सी ए८ प्लसमा ६ जिबी र्याम, ६४ जिबी इन्टरनल मेमोरी तथा अतिरिक्त मेमोरी कार्डको प्रयोग गरी दुई सय ५६ जिबीसम्म बढाउन सकिने क्षमता रहेको कम्पनीले जनाएको छ ।यो सामसङको पहिलो डुअल क्यामरायुक्त...
भारततर्फ निर्यात हुने वस्तुमा ५० प्रतिशतसम्म भन्सार

भारततर्फ निर्यात हुने वस्तुमा ५० प्रतिशतसम्म भन्सार

काठमाडौं, १९ माघ । भारतले नेपालका भारततर्फ निर्यात हुँदै आएका वस्तुमा उच्च दरले भन्सार बढाएको छ । यसले नेपाली वस्तुको निर्यात प्रभावित हुने भएको छ । भारतले जुस, जुत्ता, घिउ–तेललगायत आयातमा भन्सार बढाएको छ । यी वस्तुहरू नेपालबाट भारतमा निर्यात हुँदै आएका छन् । जुसमा भारतले यसअघि ३० प्रतिशत भन्सार लिँदै आएकोमा अब सुन्तलाको जुसमा ३५ प्रतिशत र अन्य जुसमा ५० प्रतिशत भन्सार लिने भएको छ । गत आर्थिक व...
‘छिमेकीसँग मिलेर काम गर्न नेपाल इच्छुक’

‘छिमेकीसँग मिलेर काम गर्न नेपाल इच्छुक’

काठमाडौँ, १९ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको शान्ति र समृद्धिका लागि छिमेकीसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताउनुभएको छ । भारतका विदेश मामिलामन्त्री सुष्मा स्वराजसँग  भएको भेटमा अध्यक्ष ओलीले आपसी हितका लागि प्राकृतिक स्रोतसाधनको उपयोग, सम्पर्क विस्तार, व्यापार, सूचना प्रविधिलगायत क्षेत्रमा भारतसँग सहकार्य गर्न आफू तयार रहेको बताउनुभयो । भेटमा उहाँले भारतसँग घनिष...
धनकुटाका प्यारालाइसिस पीडित दर्जीको उपचारमा विदेशबाट सहयोग

धनकुटाका प्यारालाइसिस पीडित दर्जीको उपचारमा विदेशबाट सहयोग

धनकुटा, १८ माघ । प्यारालाइसिस रोगबाट पीडित धनकुटाका एक बिरामीको उपचारका लागि विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । दयनीय आर्थिक अवस्थाका कारण उपचार गर्न नसकी रोगले थलिएर कष्टकर जिवन बिताईरहेका धनकुटा–३ का ६४ बर्षीय गंगबहादुर दर्जीको उपचारार्थ हङकङमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् । हङकङमा बस्दै आएका सुरेश याक्सो लिम्बूको अगुवाईमा उपचार सहयोगार्थ ७३ हजार रकम उपलब्ध गराईएको...
अफ्रिन आक्रमणमा ७९० लडाकू मारिए

अफ्रिन आक्रमणमा ७९० लडाकू मारिए

अङ्करा, टर्की, १८ माघ । सिरियाको अफ्रिन जिल्लामा टर्कीको सैनिकले गत जनवरी २० देखि गरेको सुरक्षा कारबाहीमा अहिले सम्म ७९० जना मारिएका छन् । मारिनेमा कुर्दीस डेमोक्र्याटीक युनियन पार्टी (पीवाईडी), पिपल्स प्रोटेक्सन युनियन (वाईपीजी) र इस्लामिक स्टेट (आइएस)का सदस्यहरू रहेको टर्कीका अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । बुधबार र विहीबार रातभरीमा टर्कीको सुरक्षा फौजले आश्रयस्थल, आतङ्कारीहरूको...
चीनद्वारा अमेरिकालाई व्यापार बिषयलाई ‘राजनीतिकरण’ नगर्न आग्रह

चीनद्वारा अमेरिकालाई व्यापार बिषयलाई ‘राजनीतिकरण’ नगर्न आग्रह

बेइजिङ, चीन, १८ माघ । चीनको वाणिज्यमन्त्रालयले अमेरिकालाई व्यापारिक बिषयलाई ‘राजनीतिकरण’ नगर्न बिहीबार आग्रह गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार देशवासीका नाममा सम्बोधन गर्दै रुस र चीनलाई पनि उनीहरूले अमेरिकी चाहना, अर्थतन्त्र र मूल्य मान्यतालाई चुनौती दिइरहेको आरोप लगाएकोप्रति लक्षित गर्दै चीनको पछिल्लो प्रतिक्रिया आएको हो । “व्यापार क्षेत्रमा हामीले संयुक्त राज्य अमेरि...
आहा रारा गोल्डकपको फाइनलमा नेपाल पुलिस र थ्रीस्टार

आहा रारा गोल्डकपको फाइनलमा नेपाल पुलिस र थ्रीस्टार

पोखरा, १८ माघ । पोखरा रङ्गशालामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र थ्रीस्टार क्लब भिड्ने भएका छन् । प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम सेमिफाइनलमा धरान फुटबल क्लब सुनसरीलाई १–० गोल अन्तरले हराउँदै पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो । यसअघि बंगलादेशको उत्तर बरिन्धरा क्लबलाई ५–० ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको थियो । आजको खेलमा पुलिसका सुमन लामाले ...
प्र.अ. ओलीलाई कारबाही गर्न माग

प्र.अ. ओलीलाई कारबाही गर्न माग

ललितपुर, १८ माघ । जोन तामाङका परिवारजन र आफन्तले प्रधानाध्यापक दुर्गाबहादुर ओलीको लापरबाहीका कारण घटना भएकाले उनलाई कारबाही हुनुपर्ने माग गरेका छन् । सात दिनसम्म हराएका बालक जोन तामाङ बुधबार फुलचोकीको जंगलमा भेटिएका हुन् । उनी भेटिनुभन्दा केही दिन पहिले नै प्रहरीले प्रधानाध्यापकलाई तारिखमा छाडिसकेको छ । जोनका ठूलोबुबा दीपक राईले जोन भेटिएकाले आफूहरु खुशी भए पनि प्रअलाई कारबाही हुने/नहुनेमा शंका...
“नेपाल र भारतबीचको सम्बन्ध मेरो भ्रमणले मजबुत बनाउने छ”: स्वराज

“नेपाल र भारतबीचको सम्बन्ध मेरो भ्रमणले मजबुत बनाउने छ”: स्वराज

काठमाडौँ, १८ माघ । भारतका बाह्य मामिलामन्त्री सुष्मा स्वराजले आफू नेपाल कुनै विशेष कार्यसूची लिएर आएको नभई सबैसँंग भेटघाट गर्न मात्रै आएको बताउनुभएको छ । अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुरा गर्र्दै उहाँले यसरी आउने जाने गर्दा दुई देशबीचको सम्बन्ध सुमधुर हुने बताउँदै भन्नुभयो, “नेपाल र भारतबीचको सुमधुर सम्बन्धलाई मेरो भ्रमणले अझै मजबुत बनाउने छ ।” नेपाल भ्र...
भारतमा आधा अर्ब जनसंख्यालाई स्वास्थ्य सेवा कार्यक्रम

भारतमा आधा अर्ब जनसंख्यालाई स्वास्थ्य सेवा कार्यक्रम

नयाँ दिल्ली, १८ माघ । भारतमा करिब आधा अर्ब जनसंख्यालाई स्वास्थ्य सेवा आयोजनाअन्तर्गत रकम प्रदान गरिने भएको छ । भारत सरकारको यस वर्षको बजेटमा यस्तो आयोजना राखिएको खुलासा भारतीय अर्थमन्त्री अरुण जेट्लीले गर्नुभएको छ । उहाँले यहाँका गरिब नागरिकलाई लक्ष्य गरेर यस्तो आयोजना ल्याउन लागिएको जानकारी नयाँ दिल्लीमा बिहीबार आयोजित एक कार्यक्रममा दिनुभएको हो । सरकारले ल्याउन लागेको सो स्वास्थ्य सेव...
सीमा मिचिने गरी सीमा स्तम्भ गाड्नुका कारण देखाउन आदेश

सीमा मिचिने गरी सीमा स्तम्भ गाड्नुका कारण देखाउन आदेश

काठमाडौँ, १८ माघ । सर्वोच्च अदालतले नेपाल–भारतको सीमामा नेपालको भू–भाग मिचिने गरी सीमा स्तम्भ गाड्नुका कारणबारे लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले आज भारतसँग जोडिएका हिमाली, पहाडी र तराईका दशगजामा नेपालको भूमि मिचिने गरी सीमा स्तम्भ गाडिनुका कारणवारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र ...
सडक दुर्घटनामा दुईको मृत्यु

सडक दुर्घटनामा दुईको मृत्यु

नेपालगञ्ज, १८ माघ । नेपालगञ्जबाट भारतको लखनउ जाँदै गरेको जीप आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भारत बहराइच जिल्लाको रिसिया सडकखण्डमा भएको सो दुर्घटनामा परी नेपालगञ्जका मुनब्बर हल्वाई र टीकापुरका रोशन शाहको मृत्यु भएको प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिनुभयो । युपी ४० एक्स ६८१४ भारतीय नम्बर प्लेटको महेन्द्रा जीप आज बिहान सोही स्थानमा रोकिराखेको युपी २१ ए एन ७०६२ नंको ...
चोरीका चार मोटरसाइकल बरामद

चोरीका चार मोटरसाइकल बरामद

मंगलबारे, इलाम, १८ माघ ।  इलाममा चोरी गरेर लैजाँदै गरेका दुई वटा मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान मेची राजमार्गको अस्थायी प्रहरी चौकी हर्कटे कार्यालय नजिकैबाट ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो । अस्थायी प्रहरी कार्यालयका प्रमुख सन्तोष निरौला र ट्राफिक प्रहरी हवल्दार चारुचन्द ठाकुरको नेतृत्वमा गएको संयुक्त प्रहरी गस्ती टोलीले दुई वटा नम्बर प्लेटबिनाको (अनटेस्ट) मोटरस...
भारतीय बाह्य मामिलामन्त्री स्वराज काठमाडौंमा

भारतीय बाह्य मामिलामन्त्री स्वराज काठमाडौंमा

काठमाडौँ, १८ माघ । भारतका बाह्य मामिलामन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणका क्रममा केही बेरअघि विशेष विमानबाट यहाँ आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विशिष्ट कक्षमा अर्थराज्यमन्त्री उदयशम्शेर राणा, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले स्वाग...
धनकुटामा ‘एकल महिला अवसर कोष’ स्थापना गरिने

धनकुटामा ‘एकल महिला अवसर कोष’ स्थापना गरिने

धनकुटा, १८ माघ । मानव अधिकारको लागि महिला, एकल महिला जिल्ला कार्यसमिति धनकुटाले ‘एकल महिला अवसर कोष’ स्थापना गर्ने भएको छ । विपन्न एकल महिलालाई आर्थिक रुपमा सवल बनाउने उद्धेश्यले कोष स्थापना गरिने भएको हो । असहाय, अशक्त, विपन्न तथा जोखिममा रहेका एकल महिलालाई सहयोग गर्न कोष स्थापना गर्न लागिएको संस्थाका अध्यक्ष मीना राईले जानकारी दिइन् । कोष स्थापनाको लागि माघ २४ गते देखि श्रीमद्भागवत महापुराण सप्...
अर्को वर्षदेखि एसइई प्रदेशस्तरबाट सञ्चालन गर्ने तयारी

अर्को वर्षदेखि एसइई प्रदेशस्तरबाट सञ्चालन गर्ने तयारी

काठमाडौँ, १८ माघ । सरकारले अर्को वर्षदेखि माध्यामिक विद्यालय परीक्षा (एसइई) प्रदेशस्तरमा गर्ने तयारी गरेको छ । विसं २०७५ देखि सात वटै प्रदेशका प्रदेश परीक्षा बोर्डको कार्यालयबाट एसइई सञ्चालन गर्ने तयारी भएको शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार चाँडै नै प्रदेशबाट परीक्षा सञ्चालन गर्ने भनेर मन्त्रालयबाट निर्णयसमेत हुने छ । “हामी अहिले सात वटै प्रदेशब...
अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगिता नेपालमा हुने

अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगिता नेपालमा हुने

काठमाडौँ, १८ माघ । अखिल नेपाल लन टेनिस संघको आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय आइटिएफ जुनियर (यु–१८) लन टेनिस प्रतियोगिता हुने भएको छ । यसै महिनादेखि सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो सर्किट यही माघ २२ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने दोस्रो सर्किट माघ २९ देखि फागुन ५ गतेसम्म सञ्चालन गरिने आयोजकका अध्यक्ष ज्योति राणाले जानकारी दिनुभयो । प्रतियोगितामा नेपालसहित जापान, भारत, थाइल्याण्ड, ची...
सात करोडको लगानीमा दरबारमार्ग प्रहरी वृत्त निर्माण

सात करोडको लगानीमा दरबारमार्ग प्रहरी वृत्त निर्माण

काठमाडौंँ, १८ माघ । दरबारमार्गस्थित महानगरीय प्रहरी वृत्तको भवन रु सात करोड एक लाख १७ हजारको लागतमा निर्माण गरिएको छ । विसं २०७० बोलपत्र आह्वान गरी निर्माण शुरु गरिएको छ तले भवन तीन वर्षमा निर्माण गरिएको हो । उक्त भवनमा महिलामैत्री ब्यारेक र आवास समेतको व्यवस्था छ । कार्यालय तथा ब्यारेक भवन आज शुभारम्भ गर्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नयाँ भवन निर्माणबाट प्रहरीलाई गुणस्तरीय सेवा प्रदान...
तेत्तीस लाखसहित छ जुवाडे पक्राउ

तेत्तीस लाखसहित छ जुवाडे पक्राउ

सुर्खेत, १८ माघ । सुर्खेत प्रहरीले रु ३३ लाखसहित छजना जुवाडेलाई बुधबार बेलुका पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले गणेशचोकमा जुवा खेल्दै गरेका वीरेन्द्रनगर–१ बाङ्गेसिमलका ज्ञानेन्द्रबहादुर विश्वकर्मा, वीरेन्द्रनगर–३ का टीका वली तथा ज्ञानेन्द्र नेपाली, वीरेन्द्रनगर–६ का दुर्गाप्रसाद सापकोटा तथा भद्रबहादुर क्षेत्री र सवीर मियाँलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्र...
अपाङ्ग बालिकालाई बलात्कार गरेर हाफपाइन्टमै फरार

अपाङ्ग बालिकालाई बलात्कार गरेर हाफपाइन्टमै फरार

काठमाडौं, १८ माघ । धादिङको गजुरीमा बोल्न नसक्ने १४ वर्षीया अपाङ्ग बालिकालाई ‘वनले आइज’ भन्ने उमेरका एकजना ७२ वर्षीय वृद्धले बलात्कार गरेका छन् । बालिकाको घरैमा पसेर बलात्कार गरेपछि उनी हाफपाइन्ट लगाएर फरार भएका छन् । इलाका प्रहरी कार्यालय, गजुरीका प्रमुख इन्स्पेक्टर सञ्जय तिमिल्सिनाले बलात्कारी वृद्धको खोजी भइरहेको बताए । ‘प्रतिवादी फरार छन्, हामीले अनुसन्धानपछि मुद्दा चलाइसकेका छौं’, तिमिल्सिना...
बालश्रममुक्त बन्दै सार्वजनिक सवारी साधन

बालश्रममुक्त बन्दै सार्वजनिक सवारी साधन

काठमाडौँ, १८ माघ ।  सरकारले सार्वजनिक सवारी साधनलाई बालश्रममुक्त बनाउने भएको छ । निकृष्ट तथा जोखिमपूर्ण श्रम क्षेत्रका रूपमा मानिएको सार्वजनिक सवारी साधनलाई बालश्रममुक्त बनाउन श्रम तथा रोजगार मन्त्रालय, केन्द्रीय बालकल्याण समितिलगायत अन्य संघसंस्थाको सहकार्यमा सचेतना अभियान सञ्चालन गरिँदै आएकामा अब बालश्रम मुक्त बनाउन लागिएको हो । बालश्रममुक्त सार्वजनिक यातायात (बस, मिनिबस, माइक्रोबस, टेम्पो, ...
डकैतीमा संलग्न चार जना पक्राउ

डकैतीमा संलग्न चार जना पक्राउ

भक्तपुर, १८ माघ । भक्तपुरको सिपाडोलमा गत १० गते भएको डकैतीमा संलग्न समूहमध्येका चार जनालाई महानगरीय अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भएका ४० वर्षीय भोजबहादुर थापामगर, सिन्धुलीका ४० वर्षीय रत्नाबहादुर तामाङ, काभ्रेका २६ वर्षीय अमृत तामाङ र काभ्रेकै २७ वर्षीय सानुकान्छा ब्लोन रहेका छन् । लुटेरा समूहले काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सूर्यविनायक ...
सुन्तला उत्पादनमा ३५ प्रतिशतले कमी

सुन्तला उत्पादनमा ३५ प्रतिशतले कमी

धनकुटा, १८ माघ ।  जिल्लामा यस वर्ष ३५ प्रतिशतले सुन्तला उत्पादनमा कमी आउने देखिएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अघिल्लो वर्ष जिल्लामा ५५५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकामा चार हजार ४०४ मेट्रिक टन उत्पादन भएको थियो । सुन्तलाका बोटमा सिट्रस ग्रिनिड र चाइनिज फ्रुटफ्लाइको प्रकोप बढेसँगै बगैँचा नष्ट हुन थालेपछि उत्पादनमा कमी आएको हो । रोग किराको संक्रमण, जलवायु परिवर्...
सिँचाइ सुविधाका लागि किसानलाई  स्यालो ट्युबवेल

सिँचाइ सुविधाका लागि किसानलाई स्यालो ट्युबवेल

लहान, १८ माघ । सिरहा, सप्तरी र उदयपुरका किसानलाई लक्षित गरी भूमिगत जलस्रोत विकास समिति लहानले दुई हजार ३९ स्यालो ट्युबवेल तथा १२ थान डिप ट्युबवेल जडान गरेको छ । सिँचाइ सुविधा पु¥याएर कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले आथिक वर्ष २०७३/७४ मा सिरहामा ९५०, सप्तरीमा ९५५ र उदयपुरमा १३४ थान स्यालो ट्युबवेल जडान गरिएको भूमिगत जलस्रोत विकास समिति लहानका प्रमुख कामेश्वर यादवले जानकारी दि...
कडा खालको रोगीको संख्यामा वृद्धि

कडा खालको रोगीको संख्यामा वृद्धि

भद्रपुर, १८ माघ ।  झापामा गएको तीन आवको लेखाजोखा गर्दा मानिसमा हुने कडा खालको रोगको संख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०७०/७१ मा मिर्गौला पीडित ५२ जना, मुटुरोगी ७७ जना र अर्बुद रोगी १८३ जना देखिए भने आव २०७१/७२ मा मुटु रोगी १२० जना, मिर्गौला रोगी ६५ जना र अर्बुद रोगी २३३ जनाले जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिश लिएको तथ्यांक शाखा...
इटहरीमा प्रदेश स्तरीय क्यान इन्फाेटेक मेला हुने

इटहरीमा प्रदेश स्तरीय क्यान इन्फाेटेक मेला हुने

इटहरी, १८ माघ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ सुनसरीले इटहरीमा एक नं प्रदेस स्तरीय क्यान इन्फोटेक मेला  फागुन २३ गते देखी २७ गते सम्म  गर्ने भएको छ। सूचना तथा सञ्चार प्रविधिकाे क्षेत्रमा काम गर्दै अाएकाे कम्प्युटर ब्यवसायिहरूकाे संगठन क्यान महासंघ सुनसरीले बुधबार पत्रकार सम्मेलनकाे अायाेजना गर्दै साे कुराकाे जानकारी गराएकाे हाे । इटहरी स्थित जनता  माविकाे खेल मैदानमा लाग्ने उक्त मेल...
गलगाड निवारणका लागि एक महिनासम्म आयोडिन महिना मनाइने

गलगाड निवारणका लागि एक महिनासम्म आयोडिन महिना मनाइने

काठमाडौँ, १८ माघ । आयोडिनयुक्त नूनको थप प्रवद्र्धन गर्दै यसको कमीबाट हुने रोगलाई निवारण गर्ने ध्येयले साल्ट ट्रेडिङ कर्पाेरेशनले भोलि शुक्रबारदेखि एक महिनासम्मअर्थात फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउने भएको छ । सन् १९९८ देखि सो महिनालाई आयोडिन महिनाका रुपमा मनाउँदै आइएको छ । चिकित्सकका अनुसार खासगरी आयोडिनको कमीले गलगाड हुने गर्दछ । लामो समयदेखि सरकारले नूनमा आवश्यक मात्रामा आयो...
चार दिनदेखि युवती बेपत्ता

चार दिनदेखि युवती बेपत्ता

पाँचथर, १८ माघ ।  पाँचथरको फिदिम नगरपालिका–५ बस्ने २६ वर्षीया कमला तुम्बापो (सुस्मिता) चार दिनदेखि बेपत्ता हुनुभएको छ । घरबाट फिदिमस्थित साम्दिन घुम्तीसम्म पुगेर आउने भनेर माघ १५ गते निस्केकी तुम्बापो नफर्किएपछि आफन्त र परिवारजनले खोजतलास गरे पनि पत्ता लाग्न नसकेको उहाँका श्रीमान् कुबेर तुम्बापोले बताउनुभयो । धेरै खोजतलास गरिए पनि उहाँ फेला पर्न नसकेपछि परिवारजनले जिल्ला प्रहरी कार्यालय पाँच...
प्रिमियर लिग फुटबल: म्यानचेस्टर सिटीको शानदार जीत, युनाइटेड र चेल्सी पराजित

प्रिमियर लिग फुटबल: म्यानचेस्टर सिटीको शानदार जीत, युनाइटेड र चेल्सी पराजित

लण्डन, १८ माघ ।  इङलिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यानचेस्टर सिटीले लिगमा १५ अंकको स्पष्ट अग्रता कायम गरेको छ । लिग  अन्तर्गत बुधबार राति भएको खेलमा सिटीले वेष्ट ब्रोमलाई ३–० ले हरायो । सिटीको जितमा खेलको १९ औं मिनेटमा फर्नान्डीनो, ६८ औं मिनेटमा केभिन डे ब्रुयन र ८९ औं मिनेटमा सर्जियो अग्युइरोले गोल गरेका थिए । जितपछि शिर्ष स्थानको सिटीको २५ खेलबाट ६८ अंक भएको छ। त्यस्तै रातिनै भएको अ...
error: Content is protected !!