पाँचथर, १८ माघ ।  पाँचथरको फिदिम नगरपालिका–५ बस्ने २६ वर्षीया कमला तुम्बापो (सुस्मिता) चार दिनदेखि बेपत्ता हुनुभएको छ ।

घरबाट फिदिमस्थित साम्दिन घुम्तीसम्म पुगेर आउने भनेर माघ १५ गते निस्केकी तुम्बापो नफर्किएपछि आफन्त र परिवारजनले खोजतलास गरे पनि पत्ता लाग्न नसकेको उहाँका श्रीमान् कुबेर तुम्बापोले बताउनुभयो ।

Advertisement

धेरै खोजतलास गरिए पनि उहाँ फेला पर्न नसकेपछि परिवारजनले जिल्ला प्रहरी कार्यालय पाँचथरमा खोजिदिन आग्रह गर्दै निवेदन दिएका छन् । बेपत्ता भएकी तुम्बापोको एक छोरा र एक छोरी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!